मंगलवार, असार ९,२०८३ 10:55:35
Bizshala
  • मंगलवार, असार ९,२०८३ 10:55:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्वकै प्रदूषित शहर बन्यो काठमाण्डौ

Laxmi Sunrise Bank Limited
विश्वकै प्रदूषित शहर बन्यो काठमाण्डौ

काठमाण्डौ । देशको राजधानी काठमाण्डौ विश्वकै प्रदूषित शहरको सूचीको शीर्ष स्थानमा परेको छ । आज बिहान साढे ७ बजेसम्मको एयर क्वालिटी इन्डेक्स’ को तथ्यांकअनुसार २३२ एक्युआई वायु प्रदूषणका साथ काठमाण्डौ विश्वकै प्रदूषित शहरको रुपमा रहेको छ ।  

सूचीको दोस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली छ । जहाँको वायु प्रदुषण २०७ एक्युआई रहेको छ । यस्तै भियतनामको हानोई तेस्रो, चीनको बेईजिङ चौथो र थाईल्याण्डको चियाङ माई पाचौं स्थानमा छन् ।  

New Office
CG Motors
Garima Development Bank

पछिल्लो समय काठमाण्डौमा वायु प्रदुषणको स्तर निरन्तर वृद्धि भईरहेको छ । एक सातासम्म पनि वर्षा हुने सम्भावना नभएकाले अवस्थामा तत्कालै सुधार आउने सम्भावना न्यून रहेको मौसमविज्ञहरुले बताएका छन् । ठूलो हावा चलेर प्रदुषित वायुलाई उडाएर लैजाने अवस्था नभएको समेत उनीहरुको भनाई छ ।  

नेपालमा रहेका मापन केन्द्रहरू धेरैजसो पीएम २.५ भनिने निकै नै मसिना कण मापन गर्ने गरी राखिएको जनाउँदै विज्ञहरू तिनमा यस बेला विश्व स्वास्थ्य सङ्गठनले तोकेभन्दा ३० गुणासम्म बढ्ता खतरनाक अवस्था पाइने गरेको बताएका छन् ।  

नेपालमा वायु प्रदुषणको मुख्य कारणको रुपमा डढेलो रहेको छ । काठमाण्डौ उपत्यकाको भूगोलकै कारण आसपासमा भएका डढेलोको असर यहाँ थिग्रिएको विज्ञहरू बताउँछन्। नेपालमा चैत–वैशाख महिनामा डढेलोका धेरैजसो घटना देखा पर्ने गरेका पाइन्छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बढ्दो वायु प्रदुषणका कारण विभिन्न स्वास्थ्य समस्या आउने चिकित्सकहरुले बताएका छन् । डब्ल्यूएचओको मापदण्डअनुसार एक्यूआईको मान १०० भन्दा कम भएको वायु सास फेर्न सुरक्षित हुन्छ। तर ४००–५०० पुग्दा त्यसलाई ‘गम्भीर’ मानिन्छ।  

डब्ल्यूएचओका अनुसार वायुमा हुने ‘पार्टिक्युलेट म्याटर’ र अन्य प्रदूषक तत्त्वले श्वासनली र फोक्सोमा सुजन गराउँदै प्रतिरक्षा प्रणाली कमजोर पार्छ र रगतको अक्सिजन बोक्ने क्षमतालाई कमजोर पार्छ।

त्यस्तो प्रदूषित हावाले श्वासप्रश्वासमा सङ्क्रमण, हृदयरोग, स्ट्रोक र फोक्सोको क्यान्सर गराउँछ। त्यसको असर खास गरी बालबालिका, वृद्धवृद्धा र न्यून आय भएका मानिसहरूमा पर्ने गर्छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.