दोस्रो बजारमा आईपीओकै मूल्यमा पाइन्छ २२ कम्पनीको सेयर, कुनमा लगानी गर्दा उचित ?
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा करिब दुई दर्जन कम्पनीको सेयरभाउ अंकित मूल्यकै हाराहारीमा पुगिसकेको छ । जसमा अधिकांश हाइड्रोपावर कम्पनी र वाणिज्य बैंकहरु छन् । धितोपत्र दर्ता तथा निष्कासन नियमावली बमोजिम कुनै पनि संस्था वा कम्पनीले प्राथमिक सेयर (आईपीओ)निष्कासन गर्दा अंकित मूल्य १०० रुपैयाँ तोक्नुपर्ने व्यवस्था छ । कम्पनीहरुले आईपीओ निष्कासन गर्दा सर्वसाधारण...