शुक्रबार, फाल्गुन १५,२०८२ 05:18:34
Bizshala
  • शुक्रबार, फाल्गुन १५,२०८२ 05:18:34
Bizshala
Global IME Bank Limited

बीमा पोलिसी सरेण्डर गर्नेको संख्या घट्दै, १९% ले घट्यो समर्पण रकम

बीमा पोलिसी सरेण्डर गर्नेको संख्या घट्दै, १९% ले घट्यो समर्पण रकम
Shivam Cement

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी सरेण्डरदर घट्दै गएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा क्षेत्रमा पोलिसी सरेण्डर रकम १९.०७ प्रतिशतले कम भएको छ ।  

गत आवको ७ महिनासम्ममा ८ अर्ब ५९ करोड २ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएकोमो चालु आवको सोही अवधिसम्म १९ प्रतिशतले घटेर ६ अर्ब ९५ करोड १७ लाख रुपैयाँ बराबरको पोलिसी मात्रै सरेण्डर भएको छ ।  

प्राधिधकरणका अनुसार चालु आवको माघ महिनासम्ममा ५९ हजार ६७२ वटा पोलिसी त्याग भएका छन् । जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा ४.५६ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म भने ६२ हजार ५२३ वटा पोलिसी त्याग भएका थिए ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

पछिल्लो समय जीवन बीमा कम्पनीहरुमा पोलिसी समर्पण गर्नेको संख्या घट्दै गएपछि सरेण्डरमार्फत बाहिरिने रकम नियन्त्रण हुँदै गइरहेको छ । बीमा कम्पनीसँगै नियामक निकाय बीमा प्राधिकरणले यस्तो दर घटाउन विभिन्न खालका पहल गर्दै आइरहेको छ ।  

जीवन बीमा कम्पनीहरुको पोलिसी त्याग गर्ने संख्या र रकम घट्दै गएपनि बीमालेख नविकरण नभएको पोलिसी रकम भने तीव्र बढ्दै गइरहेको छ । चालु आवको ७ महिनासम्म नविकरण नभएको बीमा पोलिसी रकम ३७ अर्ब ७० करोड ८२ लाख रुपैयाँ पुगेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा २.९७ प्रतिशत बढी हो । गत आवको माघ मसान्तसम्म यस्तो रकम ३६ अर्ब ६२ करोड ६ लाख रुपैयाँ रहेको थियो ।  

प्राािधकरणका अनुसार माघ मसान्तसम्म १२ लाख २६ हजनार २७५ वटा पोलिसी नविकरण हुन बाँकी रहेको छ । यस्तो दर गत आवको तलनामा सामान्य कम भएको छ । गत आवको सोही अवधिसम्म नविकरण नभएको बीमा पोलिसी संख्या १२ लाख ३४ हजार ९८३ रहेको थियो ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.