शनिबार, श्रावण २,२०८३ 08:49:38
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:49:38
Bizshala
Global IME Bank Limited

पूँजीबजार सुधार कार्यदलले दिएका सुझावको शीघ्र कार्यान्वयनका लागि लगानीकर्ताले दवाब दिने

पूँजीबजार सुधार कार्यदलले दिएका सुझावको शीघ्र कार्यान्वयनका लागि लगानीकर्ताले दवाब दिने
New Office

काठमाण्डौ । दशैं विदा सकिएर सेयर कारोबार खुल्ने दिन नजिकिँदै गर्दा अर्थमन्त्रीबाट गठित पूँजीबजार सुधार कार्यदलले सुझाएका सुझाव शीघ्र कार्यान्वयनको माग उठेको छ ।  

धितोपत्र बोर्डका कामू कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित पूँजीबजार सुधार कार्यदलले तत्कालै गर्नुपर्ने सुधार, मध्यकालमा गर्नुपर्ने र दीर्घकालमा गर्नुपर्ने सुधार गरी तीन खालका सुधार कार्ययोजना अर्थमन्त्रीलाई बुझाइसकेको छ । 

सो समितिले पूँजीबजार सुधारका लागि तत्कालै राष्ट्रबैंकमार्फत सेयर धितो कर्जाको व्यक्तिगततर्फ राखिएको २५ करोडको सीमा हटाउनेदेखि लिएर बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर कारोबारमा तोकिएको १ वर्षको सीमा खारेज लगायतका महत्वपूर्ण सुझावहरु पेश गरेको छ।  

ती सुझावहरु अर्थमन्त्री डा. रामेश्वर खनालले बुझे पनि कार्यान्वयनतर्फ भने ढिलाई भएपछि लगानीकर्ताहरुले चौतर्फी दवाब बढाएका हुन् ।  

सेयर बजारको मनोबल बिस्तारै बढ्दै गरेकोले यसलाई दिगो बनाउनका लागि सुधार कार्यदलले सुझाएका सुझावहरुको अक्षरंश कार्यान्वयन हुनुपर्ने लगानीकर्ताको माग छ । तत्काल गर्नुपर्ने कामहरुका लागि विलम्ब गर्न नहुने र सरकारले तत्काल ती कामहरु गरेर लगानीकर्ताहरुको मनोबल मजबुत बनाएको खण्डमा नेप्से परिसूचकले अलटाईम हाई ब्रेक गर्ने कतिपयको बुझाई छ । 

तत्काल गर्नूपर्ने सुधारहरुमध्ये अधिकांश नेपाल राष्टबैंकसँग जोडिएकोले अर्थमन्त्रीले केन्द्रीय बैंक नेतृत्वलाई विश्वासमा लिएर सुधार कार्यदलले सुझाएअनुसारको नीतिगत संसोधनका लागि तत्काल कदम चाल्नुपर्नेमा लगानीकर्ताहरुले जोड दिएका छन् ।

विगतमा पनि यस्ता कार्यदल बनेका र बग्रेल्ती सुधारका कार्ययोजना पेश भए पनि कार्यान्वयनका क्रममा केन्द्रीय बैंकले सहयोग नगर्दा लगानीकर्ताहरु निराश बन्ने गरेका थिए । विगतको त्यही तीतो अनुभवका कारण यसपटक पनि लगानीकर्ता विश्वस्त हुन सकिरहेका छैनन् । विगतको भन्दा अहिलेको सरकार र केन्द्रीय बैंकको नेतृत्व पनि फरक छ तथा लगानीकर्ताको समस्याको विषयमा उनीहरु गम्भीर छन् भन्ने पुष्टि गर्नका लागि पनि सुधार कार्यदलले दिएका सुझाव शीघ्र कार्यान्वयन गर्नु उपयुक्त देखिने जानकारहरुको भनाई छ ।  

यसैबीच, सुधार कार्यदलले सुझाएका विषयहरुको शीघ्र कार्यान्वयनका लागि सेयर लगानीकर्ता दवाब समूहले दशैंको विदा सकिएलगत्तै दवाब दिन सुरु गर्ने सो समूहका एक सदस्य नयन बास्तोलाले जनाएका छन् ।  

'अर्थमन्त्रीले बुझेको कार्ययोजना तु लागू गराउन सेयर लगानीकर्ता दवाब समूहले दशैंलगत्तै दवाब दिंदैछ, सबै जुटौं ।'-बास्तोलाले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.