आईतवार, असार १४,२०८३ 06:38:32
Bizshala
  • आईतवार, असार १४,२०८३ 06:38:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डेढ वर्षसम्म पनि हुन सकेन नेप्से बुलको उद्घाटन, भुक्तानी नपाएको कालीगढको गुनासो

Laxmi Sunrise Bank Limited
डेढ वर्षसम्म पनि हुन सकेन नेप्से बुलको उद्घाटन, भुक्तानी नपाएको कालीगढको गुनासो

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको प्राङ्गणमा तयार भएको नेप्से बुलको उद्घाट्न डेढ वर्षदेखि हुन सकेको छैन । निवर्तमान प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीको कार्यकालमा नेप्सेमा बुल बनाउने काम भएको थियो । तर ठेकदार र नेप्सेको विवादको कारण नेप्सेको प्राङ्गणमा लगानीकर्ताहरुको माग अनुसार तयार भएको बुलको उद्घाट्न हुन सकेको छैन ।  

नेप्सेले ठेकेदार सिताराम श्रेष्ठलाई २०८१ को असार मसान्तसम्म सक्नेगरी नेप्सेमा बुल बनाउने ठेक्का दिएको थियो । तर ठेकदारले समयमा नै काम नसकेको भन्दै नेप्सेले ठेकदारलाई कालो सूचिमा राख्न सिफारिस गरेको छ । ठेकदारलाई नेप्सेले कालो सूचिमा पठाएसँगै ठेकदार पनि काम सकेको तर भुक्तानी नपाएको भन्दै अदालत गएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

यो विषय हाल अदालतसम्म पुगेको छ । ठेकदार श्रेष्ठले भने कालीगढ विष्णु बरालले समयमा बुल तयार गर्न नसक्दा आफू समस्यामा परेको बताउछन् । श्रेष्ठले भने ‘मैलै पर्खाल लगाउने लगायतका बाँकी काम समयम नै सकेको थिएं । तर समयमा नै बुल तयार भने हुन सकेन । यहि कारण देखाउँदै मेरो ११ लाख जमानात नै नेप्सेले खोसेर कालो सूचिमा राख्यो । म समस्यामा परे ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उता कालीगढ बरालले भने आफूले समयमा नै भने अनुसार बुल तयार पारेको तर नेप्से र ठेकदारको विवादका कारण आँफ्नो भुक्तानी रोकिएको बताउँदै आएका छन् । यसै विषयमा बोल्दै नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले यो विषय अदालतमा पुगेको कारण अब अदालतले टुङ्गो नलगाएसम्म केही अघि बढ्न नसक्ने प्रतिक्रिया दिए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.