सोमबार, श्रावण ११,२०८३ 10:19:57
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 10:19:57
Bizshala
Global IME Bank Limited

शुक्रबार पनि सेयर बजार खुलाउने निर्णय, स्टक डिलरलाई सहज हुने संसोधन पनि पास

शुक्रबार पनि सेयर बजार खुलाउने निर्णय, स्टक डिलरलाई सहज हुने संसोधन पनि पास
New Office

काठमाण्डौ । सेयर बजार अब शुक्रबार पनि खुल्ने भएको छ ।  

नेप्सेका एक सञ्चालकका अनुसार यो विषयमा आज बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

आज बसेको मन्त्रिपरिषद बैठकले इन्धनको समस्याबाट जुध्ने उद्देश्यले साताको दुई दिन शनिवार र आइतबार सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरुमा विदा दिने निर्णय गरेको थियो । 

त्यसलगत्तै नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले समेत आइतबार विदा भएको अवस्थामा सेयर बजार सातामा ४ दिन मात्र सञ्चालन गर्ने वा शुक्रबार समेत सञ्चालन गरी ५ दिन नै बनाउने भन्ने विषयमा अनौपचारिक छलफल गरेको थियो ।  

नेप्सेको उच्च व्यवस्थापनले शुक्रबार समेत सेयर कारोबार खोल्न सकिने विगतको नजिर समेत उल्लेख गर्दै सञ्चालक समितिमा सिफारिस गरेको थियो । आइतबार नेप्सेको सञ्चालक समितिको नियमित बैठक बसेको थियो । बैठकको सुरुवातमै विशेष प्रस्तावको रुपमा शुक्रबार पनि बजार खुलाउने विषय प्रवेश भएको थियो । सञ्चालक समितिको बहुमतले शुक्रबार बजार खुलाउने निर्णय गरेको हो । 

'अब सेयर बजार प्रत्येक साता सोमबारदेखि शुक्रबारसम्म खुल्ने निश्चित भएको छ ।' नेप्सेका ती सञ्चालकले बिजशालासँग भने- 'सोहीअनुसार आवश्यक व्यवस्था मिलाउनका लागि हामीले सम्बन्धित सबै निकायलाई निर्देशन दिइसकेका छौं ।'  

यसैबीच, नेप्सेको आजकै सञ्चालक समितिको बैठकले स्टक डिलरसँग सम्बन्धित कार्यविधिमा केही बुँदाहरुमा संसोधनको प्रस्ताव पारित गरेको छ । स्टक डिलरको  कारोबारलाई थप सहज बनाउने हिसाबले कार्यविधि संसोधन भएको हो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.