काठमाण्डौ । नेप्से परिसूचक २७ सय विन्दु पार पुगेको छ । कारोबार खुलेको केही मिनेटमा नै ५६ अंकले बढेर नेप्सेले २७ सय विन्दु पार गरेको हो ।
आज नेप्से परिसूचक प्रि–ओपन सेसनमा ०.९३ प्रतिशत अर्थात २५.१६ अंकले बढेको थियो ।
प्रि–ओपन सेसनमा वृद्धिका साथ कारोबारको थालनी गरेको नेप्सेमा कारोबार खुलेको केही मिनेटमा ५६ अंकको वृद्धि देखिएको थियो । नेप्से परिसूचक २७ सय ३७ विन्दुसम्म पुगेको थियो । तर केही समयपछि घट्न थालेको नेप्से पुनः उकालो लाग्न थालेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १.४० प्रतिशत अर्थात ३७.६६ अंकले बढेर २७ सय १९ विन्दुमा कारोबार भईरहेको छ । अघिल्लो दिन जस्तै आज पनि वाािण्ज्य बैंकहरुको सेयरमूल्यमा उछाल आईरहेको छ । शीर्ष १० कम्पनीको सूचीमा ९ वटा कम्पनी बैंकका रहेका छन् । कारोबार खुलेको करिब २० मिनेटमा २ अर्ब १६ करोड बढीको कारोबार भएको छ ।