बुधबार, असार १०,२०८३ 05:13:32
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:13:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अनलाइनमार्फत कारोबार गर्ने लगानीकर्ताको संख्या करिब २२ लाख पुग्यो, ९० प्रतिशत सक्रिय

Laxmi Sunrise Bank Limited
अनलाइनमार्फत कारोबार गर्ने लगानीकर्ताको संख्या करिब २२ लाख पुग्यो, ९० प्रतिशत सक्रिय

काठमाण्डौ । हाल नेप्सेमा ६२ लाख ६८ हजार १०९ वटा डिम्याट खाता रहेका छन् । जसमा मेरो सेयर लिनेको संख्या ३५ लाख ७६ हजार ३७९ पुगेको छ । नेप्सेले उपलब्ध गराएको तथ्यांकअनुसार हाल नेप्सेको टीएमएस सेवा लिएर अनलाईनमार्फत सेयर कारोबार गर्नेको संख्या २१ लाख ९५ हजार ९९९ पुगेको छ । यो संख्या कुल डिम्याट खाताको ३५ प्रतिशत हुन आउँछ ।  

यस्तै अफलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या १५ लाख २४ हजार ४४६ रहेको छ । अनलाइनमार्फत कारोबार गर्ने कुल संख्या २१ लाख ९५ हजारमा २० लाख ५३ हजार ४०२ सक्रिय लगानीकर्ता रहेका छन् ।  यस आधारमा दोस्रो बजारमा टीएमएस लिएर अनलाइन कारोबार गर्ने सक्रिय लगानीकर्ताको संख्या ९० प्रतिशत पुगेको छ ।  

New Office
CG Motors
Garima Development Bank

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार एक वर्षभित्र एक पटक टीएमएस चलाउने लगानीकर्तालाई सक्रिय लगानीकर्ताको रुपमा लिइएको छ । यस्ता सक्रिय लगानीकर्ता भनेको एक वर्षमा एक पटक टीएमएस चलाउने अथवा दैनिक चलाउने दुबै खालका लगानीकर्ता पर्छन ।  

हाल नेप्सेमा व्यक्तिगत लगानीकर्ताको संख्या ३७ लाख ११ हजार ८९५ जना रहेका छन । त्यसैगरि संस्थागत लगानीकर्ताको संख्या ८ हजार १०८ पुगेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.