बिहीबार, कार्तिक १२,२०८३ 06:08:49
  • बिहीबार, कार्तिक १२,२०८३ 06:08:49
Global IME Bank Limited

सेयरबजारमा फर्कियो कन्फिडेन्स, विश्लेषक भन्छन् 'बुलिस ट्रेन्ड नजिक'

Bizshala
सेयरबजारमा फर्कियो कन्फिडेन्स, विश्लेषक भन्छन् 'बुलिस ट्रेन्ड नजिक'
New Office

-सुजता थापा 

 

काठमाण्डौ । दशैंपछि सेयरबजारमा देखिएको सुधारले लामो समयदेखि कमजोर बनेको लगानीकर्ताको मनोबल फेरि उठ्न थालेको छ। नेप्से परिसूचकसँगै कारोबार रकममा आएको सुधारले बजारमा नयाँ र पुराना दुवै प्रकारका लगानीकर्ता सक्रिय हुन थालेका छन्।

पछिल्ला कारोबारमा परिसूचक मात्र नभई कारोबार रकमसमेत बढ्न थालेपछि बजारले पुनः लय समात्न खोजेको संकेत देखिएको लगानीकर्ताहरु बताउँछन्। बैंकिङ प्रणालीमा पर्याप्त तरलता, घट्दो ब्याजदर, नियामक निकायबाट सुधारका प्रयास र संस्थागत लगानीकर्ताको सक्रियताले बजारको मनोविज्ञान सकारात्मक बन्दै गएको उनीहरुको बुझाइ छ।

यसैबीच बजारका जानकार तथा लगानीकर्ताले अब नेप्से विस्तारै ‘बुलिस ट्रेन्ड’तर्फ जान सक्ने आकलन गर्न थालेका छन्।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले केही समयअघि लगानीकर्तामा देखिएको कन्फिडेन्सको अभाव अहिले क्रमशः हट्न थालेको बताए।

‘बजारमा पहिले कन्फिडेन्स थिएन। अहिले विस्तारै लगानीकर्ताको कन्फिडेन्स फर्किन थालेको छ,’ ढकालले भने, ‘नेपाल धितोपत्र बोर्डले विभिन्न योजना र नीतिगत सुधार अघि बढाइरहेको छ। लगानीकर्ताको हितमा व्यवस्था आउन थालेपछि मनोबल पनि बलियो हुँदै गएको छ।’

उनका अनुसार यसअघि क्लोजिङसम्बन्धी व्यवस्थाको प्रभाव तथा बजारप्रतिको अनिश्चितताका कारण लगानीकर्ता आक्रामक हुन सकेका थिएनन्। तर अहिले बजारमा नयाँ तथा साना लगानीकर्ताको प्रवेश बढ्न थालेको छ। लामो समय ‘पर्ख र हेर’को अवस्थामा बसेका लगानीकर्ता पनि पुनः सक्रिय हुन थालेका छन्।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता र सस्तो ब्याजदर रहेको अवस्थाले सेयर बजारमा थप रकम प्रवेश गर्न सक्ने सम्भावना पनि बढाएको ढकालको भनाइ छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेपाल सेयरबजार लगानीकर्ता संघका अध्यक्ष हरिबहादुर केसीले नेप्सेले विस्तारै आफ्नै लय समात्न थालेको बताए।

‘संस्थागत लगानीकर्ता पनि विस्तारै सक्रिय देखिन थालेका छन्। बजारमा भोल्युम बढ्दै गएको छ,’ उनले भने, ‘यदि दैनिक कारोबार रकम १० अर्ब रुपैयाँभन्दा माथि टिक्न थाल्यो भने बजारले अझ स्पष्ट रूपमा लय समात्न सक्छ।’

तर उनले परिसूचकभन्दा बढी लगानीकर्ताको मनोबल महत्वपूर्ण हुने बताए। बजारको दिगो वृद्धिका लागि कारोबार रकमसँगै लगानीकर्ताको आत्मविश्वास बलियो हुनुपर्ने उनको धारणा छ।

त्यस्तै, सेयर विश्लेषक खोमनाथ प्याकुरेलले सेक्टरगत गतिविधि हेर्दा बजार माथिल्लो दिशातर्फ जान खोजेको संकेत देखिएको बताए।

‘दशैंपछि बजारमा राम्रै भोल्युम आइरहेको छ। कमर्सियल बैंक समूहमा समेत चमक देखिएको छ,’ उनले भने, ‘फन्डामेन्टल रूपमा बलिया स्टक चल्न थालेका छन्। त्यसैले भोल्युमसहित नेप्से परिसूचक पनि बढिरहेको देखिन्छ।’

उनका अनुसार बजारमा यसअघि सीमित समूहका कम्पनीमात्रै चल्ने प्रवृत्ति देखिए पनि अहिले आधारभूत रूपमा बलिया कम्पनीतर्फ समेत लगानीकर्ताको आकर्षण बढेको छ।

प्याकुरेलले अहिलेको अवस्थाबाट बजार ठूलो गिरावटतर्फ जान सक्ने सम्भावना कम देखिएको बताए। सरकार पूँजीबजारप्रति सकारात्मक देखिएको र बैंक तथा संस्थागत लगानीकर्ता पनि बजारमा सक्रिय हुन थालेकाले बजारको आधार बलियो बन्न सक्ने उनको विश्लेषण छ।

Garima Development Bank
Bizshala
IME remit

यसका साथै बजार विश्लेषक सुवास भट्टराईले पनि पछिल्लो समय लगानीकर्ताको कन्फिडेन्स क्रमशः बढ्दै गएको बताए।

सरकारले पूँजीबजार सुधारका लागि विभिन्न नीतिगत व्यवस्था अघि बढाइरहेको तथा आधारभूत रूपमा बलिया कम्पनीमा समेत कारोबार बढ्न थालेकाले बजारको गति सुधार हुँदै गएको उनको भनाइ छ।

‘अहिले अधिकांश आधार सकारात्मक देखिएका छन्। लगानीकर्ताको कन्फिडेन्स पनि विस्तारै बढिरहेको छ,’ भट्टराईले भने, ‘यदि यही अवस्था कायम रह्यो भने बजार विस्तारै बुलिस ट्रेन्डतर्फ जान सक्छ।’

बजारका जानकारका अनुसार अबको यात्रामा सबैभन्दा महत्वपूर्ण पक्ष कारोबार रकम हुनेछ। परिसूचक बढे पनि कारोबार रकम साथमा नआए वृद्धि दिगो नहुन सक्छ। तर परिसूचकसँगै कारोबार रकम पनि लगातार बढ्दै गए बजारमा नयाँ पैसा प्रवेश गरिरहेको र लगानीकर्ताको मनोबल मजबुत भइरहेको संकेतका रूपमा लिन सकिने उनीहरुको भनाइ छ।

घट्दो ब्याजदर पर्याप्त तरलता संस्थागत लगानीकर्ताको सक्रियता र पूँजीबजार सुधारका नीतिगत प्रयासले अहिले बजारका लागि सकारात्मक वातावरण बनाएको छ। यही वातावरण टिकिरहे दशैंपछिको सुधार सामान्य ‘रिबाउन्ड’मा सीमित नभई नयाँ बुलिस यात्राको आधार बन्न सक्ने बजारका जानकारको आकलन छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.