शनिबार, फाल्गुन १०,२०८१ 09:48:48
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:48:48
IME remit
Global IME Bank Limited

‘बजारमैत्री अर्थमन्त्री आउने भए, अब राष्ट्रबैंक र अर्थमन्त्रालयबीच ट्यूनिङ मिल्छ’

Hyundai Nepal
‘बजारमैत्री अर्थमन्त्री आउने भए, अब राष्ट्रबैंक र अर्थमन्त्रालयबीच ट्यूनिङ मिल्छ’
Nabil Bank Limited

काठमाण्डौ । प्रतिनिधिसभाको पहिलो ठूलो दल नेपाली कांग्रेस र दोश्रो ठूलो शक्ति नेकपा एमालेबीच सत्ता सहकार्यको सहमति भएसँगै सेयर बजारका लगानीकर्ताको अभूतपूर्व उत्साह देखिएको छ ।  

विगतको तुलनामा आगामी दिनमा स्थिर सरकार बन्ने, नीतिगत स्थिरता हुने र सेयरबजारमैत्री अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको पुनरागमन हुने खबरका कारण लगानीकर्तामा उत्साह देखिएको हो । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

यही उत्साहका कारण मंगलबार बजार खुलेदेखि नै सर्किट माथि सर्किट लागेको छ । बजार खुलेको १ मिनेटमै ४ प्रतिशतभन्दा बढीले नेप्से परिसूचक बढेपछि सर्किट ब्रेकर लगाई २० मिनेटका लागि कारोबार रोकिएको थियो ।  

त्यसपछि पुनः खुलेको बजार पुनः १ मिनेटमै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार स्थगन गरिएको छ ।  

नेप्सेमा लगानीकर्ताहरुको आक्रामक खरीदारी र सेयर बेच्न कोही पनि इच्छुक नहुँदा उच्च माग भई एकपछि अर्को सर्किट लागेको देखिन्छ ।  

बजारमा अभूतपूर्व उत्साहसँगै अरुबेला सुनसान झै हुने ब्रोकर हाउसहरुमा लगानीकर्ताको भीडभाड बढ्न थालेको हाम्रा संवाददाता अर्जुन तिमिल्सिनाले जानकारी दिएका छन् । उनका अनुसार ब्रोकर हाउसमा भेटिएका लगानीकर्तामा निकै राम्रो उत्साह देखिएको छ । उत्साह आउनु पछाडिको मुख्य कारण अर्थमन्त्री एमालेले पाउने र अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको पुनरागमन हुने विषय नै रहेको देखिएको तिमिल्सिनाले जानकारी दिए ।  

उनले केहीबेर अघि ब्रोकर नम्बर ४६ मा पुगेर त्यहाँका केही लगानीकर्ताहरुसँग कुराकानी पनि गरेका छन् ।  

त्यहाँ भेटिएका लगानीकर्ताहरु सुमन रिजाल, मदन पन्त र सरोज पहाडीले बिजशालासँग कुरा गर्दै संसदका दुई ठूला शक्ति मिल्दा राजनीतिक अस्थिरता नहुने बुझाईका कारण आफूहरु उत्साहित भएको बताएका छन् ।  

उनीहरु तीनैजनाको एउटै स्वर छ-'एमालेको भागमा अर्थमन्त्रालय पर्ने कुरा बाहिर आएको छ । अर्थमन्त्रीको रुपमा विष्णु पौडेल नै आउने देखिन्छ । अर्को कुनै पात्र आए पनि एमालेले सेयर बजारप्रति सकारात्मक दृष्टिकोण राख्ने भएका कारण समेत हामी लगानीकर्ताहरुमा आशा बढेर गएको हो ।' 

यसअघिका अर्थमन्त्रीसँग नेपाल राष्टबैंकका गभर्नरको ट्यूनिंग नमिल्ने समस्या थियो । जसका कारण सरकारको फिस्कल पोलिसी एकातिर हुन्थ्यो भने मनिटरी पोलिसी भने अर्कोतर्फ । यही द्वन्द्वका कारण सेयर बजारमा प्रभाव पर्दै आएको लगानीकर्ताको बुझाई छ । एमालेबाटै अर्थमन्त्री हुँदा सोही दलका क्याडरको रुपमा हेरिएका गभर्नर महाप्रसाद अधिकारीले पनि बजारमा नकारात्म प्रभाव पर्ने नीति नल्याउने लगानीकर्ताको विश्लेषण छ ।  

उनीहरु तीनैजनाले पुनः थपे-'यसअघिका अर्थमन्त्रीहरु बजारमैत्री थिएनन् । अब भने बजारका प्रिय अर्थमन्त्री आउँदैछन् । कांग्रेस र एमालेले लगानीमैत्री वातावरण निर्माण गर्नेमा पनि बढी आशावादी छौं ।'

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.