आईतवार, श्रावण १०,२०८३ 03:08:12
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 03:08:12
Bizshala
Global IME Bank Limited

‘बजारमैत्री अर्थमन्त्री आउने भए, अब राष्ट्रबैंक र अर्थमन्त्रालयबीच ट्यूनिङ मिल्छ’

‘बजारमैत्री अर्थमन्त्री आउने भए, अब राष्ट्रबैंक र अर्थमन्त्रालयबीच ट्यूनिङ मिल्छ’
New Office

काठमाण्डौ । प्रतिनिधिसभाको पहिलो ठूलो दल नेपाली कांग्रेस र दोश्रो ठूलो शक्ति नेकपा एमालेबीच सत्ता सहकार्यको सहमति भएसँगै सेयर बजारका लगानीकर्ताको अभूतपूर्व उत्साह देखिएको छ ।  

विगतको तुलनामा आगामी दिनमा स्थिर सरकार बन्ने, नीतिगत स्थिरता हुने र सेयरबजारमैत्री अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको पुनरागमन हुने खबरका कारण लगानीकर्तामा उत्साह देखिएको हो । 

यही उत्साहका कारण मंगलबार बजार खुलेदेखि नै सर्किट माथि सर्किट लागेको छ । बजार खुलेको १ मिनेटमै ४ प्रतिशतभन्दा बढीले नेप्से परिसूचक बढेपछि सर्किट ब्रेकर लगाई २० मिनेटका लागि कारोबार रोकिएको थियो ।  

त्यसपछि पुनः खुलेको बजार पुनः १ मिनेटमै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार स्थगन गरिएको छ ।  

नेप्सेमा लगानीकर्ताहरुको आक्रामक खरीदारी र सेयर बेच्न कोही पनि इच्छुक नहुँदा उच्च माग भई एकपछि अर्को सर्किट लागेको देखिन्छ ।  

बजारमा अभूतपूर्व उत्साहसँगै अरुबेला सुनसान झै हुने ब्रोकर हाउसहरुमा लगानीकर्ताको भीडभाड बढ्न थालेको हाम्रा संवाददाता अर्जुन तिमिल्सिनाले जानकारी दिएका छन् । उनका अनुसार ब्रोकर हाउसमा भेटिएका लगानीकर्तामा निकै राम्रो उत्साह देखिएको छ । उत्साह आउनु पछाडिको मुख्य कारण अर्थमन्त्री एमालेले पाउने र अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको पुनरागमन हुने विषय नै रहेको देखिएको तिमिल्सिनाले जानकारी दिए ।  

उनले केहीबेर अघि ब्रोकर नम्बर ४६ मा पुगेर त्यहाँका केही लगानीकर्ताहरुसँग कुराकानी पनि गरेका छन् ।  

त्यहाँ भेटिएका लगानीकर्ताहरु सुमन रिजाल, मदन पन्त र सरोज पहाडीले बिजशालासँग कुरा गर्दै संसदका दुई ठूला शक्ति मिल्दा राजनीतिक अस्थिरता नहुने बुझाईका कारण आफूहरु उत्साहित भएको बताएका छन् ।  

उनीहरु तीनैजनाको एउटै स्वर छ-'एमालेको भागमा अर्थमन्त्रालय पर्ने कुरा बाहिर आएको छ । अर्थमन्त्रीको रुपमा विष्णु पौडेल नै आउने देखिन्छ । अर्को कुनै पात्र आए पनि एमालेले सेयर बजारप्रति सकारात्मक दृष्टिकोण राख्ने भएका कारण समेत हामी लगानीकर्ताहरुमा आशा बढेर गएको हो ।' 

यसअघिका अर्थमन्त्रीसँग नेपाल राष्टबैंकका गभर्नरको ट्यूनिंग नमिल्ने समस्या थियो । जसका कारण सरकारको फिस्कल पोलिसी एकातिर हुन्थ्यो भने मनिटरी पोलिसी भने अर्कोतर्फ । यही द्वन्द्वका कारण सेयर बजारमा प्रभाव पर्दै आएको लगानीकर्ताको बुझाई छ । एमालेबाटै अर्थमन्त्री हुँदा सोही दलका क्याडरको रुपमा हेरिएका गभर्नर महाप्रसाद अधिकारीले पनि बजारमा नकारात्म प्रभाव पर्ने नीति नल्याउने लगानीकर्ताको विश्लेषण छ ।  

उनीहरु तीनैजनाले पुनः थपे-'यसअघिका अर्थमन्त्रीहरु बजारमैत्री थिएनन् । अब भने बजारका प्रिय अर्थमन्त्री आउँदैछन् । कांग्रेस र एमालेले लगानीमैत्री वातावरण निर्माण गर्नेमा पनि बढी आशावादी छौं ।'

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.