बिहीबार, आश्विन २९,२०८३ 08:47:10
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 08:47:10
Bizshala
Global IME Bank Limited

जथाभावी लिमीट दिने ब्रोकरलाई कारबाही गर्ने नेप्सेको चेतावनी, कृत्रिम माग सिर्जना गर्नेमाथि पनि कारबाही हुने

Bizshala
जथाभावी लिमीट दिने ब्रोकरलाई कारबाही गर्ने नेप्सेको चेतावनी, कृत्रिम माग सिर्जना गर्नेमाथि पनि कारबाही हुने
New Office

काठमाण्डौ । लगानीकर्ताको मनोबल लगातार घटेर बजार अधोगतितर्फ लागेको बेला नेपाल स्टक एक्सचेञ्जले कोल्याटरलको लिमीट सम्बन्धी व्यवस्थामा कडाई गरेको छ ।  

लगानीकर्ताको मनोबल उकास्ने सुधारका कामहरु छाडेर नेप्सेले केही ठूला खेलाडीहरुले ब्रोकरले दिएको लिमीटबिना नै ठूलो परिमाणमा सेयर कारोबार गरेका र उधारोमा ठूलो कारोबार गरेका घटनाहरुको पर्दाफास भएपछि त्यसमै केन्द्रीत रहेर नेप्सेको सुपरीवेक्षण विभागले चेतावनीयुक्त सूचना जारी गरेको हो । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कारोबार सदस्यहरुलाई बुधबार एक लिखित निर्देशन गर्दै सुपरीवेक्षण शाखाले लगानीकर्ताहरुको वास्तविक कोल्याटरल लिमीट रकमभन्दा बढी गुणामा खरीद आदेश प्रविष्ट गर्न दिने, अस्थायी खरीद आदेश प्रविष्ट गरी माग उच्च देखाउने लगायतका कार्य नगर्न र हुन नदिन भनेको हो । यस्ता कार्य गरी बजारमा नकारात्मक क्रियाकलाप गरेको देखिएमा धितोपत्रको प्रचलित कानूनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

नेप्सेले दुई बुँदे निर्देशन दिंदै धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को  विनियम८-१) अन्तर्गत कारोबार सदस्यले खरीद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा पच्चीस प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिम रुपमा लिनुपर्ने प्रष्ट पारेको छ ।  

'धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम(८)को व्यवस्था विपरीत लगानीकर्ताको कोल्याटरल लिमीट रकमभन्दा बढी रकम खरीद तथा बिक्री आदेश रद्द गर्ने उद्देश्यले प्रविष्टी गर्नका लागि उपलब्ध गराउने कार्य नगर्ने नगराउने ।'- निर्देशनको दोश्रो बुँदामा भनिएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.