शनिबार, फाल्गुन १०,२०८१ 09:38:10
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:38:10
IME remit
Global IME Bank Limited

अर्थमन्त्री तातेसँगै सामूहिक लगानीकोषका सञ्चालक उत्साहित, सेयर बजारमा लगानी बढाउन थाले

सेयर कर्जाको जोखिमभार घटाएर पूँजीगत लाभकरमा सहुलियत दिए बजार निकै माथि जाने विश्लेषण

Hyundai Nepal
अर्थमन्त्री तातेसँगै सामूहिक लगानीकोषका सञ्चालक उत्साहित, सेयर बजारमा लगानी बढाउन थाले
Nabil Bank Limited

काठमाण्डौ । विगत ३० महिनादेखि घट्दो अवस्थामा रहेको नेपाली पुँजीबजार सुधारिने संकेत देखिन थालेको छ । नयाँ सत्ता समिकरणसँगै अर्थमन्त्री फेरबदलले बजार उकासिने सम्भावना बढ्दै गएको हो । 

अर्थमन्त्रीमा वर्षमान पुनको आगमनसँगै सेयरबजारमा क्रमशः सुधार देखिन थालेको छ ।  

अर्थमन्त्री पुनले सेयरबजारसँग सम्बद्ध प्रमुख तीनवटै सरकारी निकायसँग बजारका समस्या, तिनको समाधान र यो क्षेत्रको विकासका लागि गर्नुपर्ने कामहरुको विषयमा ७ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् ।  

नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सीडीएससी एण्ड क्लियरिङ लिमिटेडलाई अर्थमन्त्री पुनले सरोकारवालाहरुसँग समेत छलफल गरी कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन् । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

पुँजीबजारमा संस्थागत लगानीकर्ता र सामूहिक लगानी कोष तथा म्युचुअल फण्डहरुको ठूलो लगानी तथा भूमिका हुन्छ । बजारमा यस्ता लगानीकर्ताहरुले लगानीको दायरा घटबढ गर्ने बित्तिकै पुँजीबजारमा उतारचढाव आउनसक्ने सम्भावना हुन्छ । 

मर्चेण्ट बैकिङ्गहरुले सञ्चालनमा ल्याएका ४३ वटा म्युचुअल फण्डहरुको सेयरबजारमा साढे २९ अर्ब रुपैयाँ लगानी छ । पछिल्लो समय म्युचुअल फण्डहरुले बजारमा सुधार देखिन थालेसँगै लगानी पनि बढाउँदै लगेका छन् ।  

बजारको अवस्था हेरेर संस्थागत लगानीकर्ता तथा सामूहिक लगानी कोषहरुले लगानी थपघट गर्ने गरेका छन् ।  

अर्थमन्त्री पुनले सरोकारवालाहरुसँग समेत छलफल गरी पुँजीबजारका समस्या तथा तिनको समाधान र विकासका लागि सुझावहरु पेश गर्न भनेसँगै मर्चेण्ट बैंकरहरु पनि सुझाव पेश गर्ने तयारीमा छन् ।  

समग्र पुँजीबजार सुधारका लागि चाल्नुपर्ने कदम र म्युचुअल फण्डहरुको अवस्थालाई समेत सुधार्न मर्चेण्ट बैकर्स संघले भोलि छलफल समेत गर्दैछ ।  

मर्चेण्ट बैंकर्स संघका अध्यक्ष तथा सनराईज क्यापिटल लिमिटेडका सीईओ बिजयलाल श्रेष्ठले सेयरबजारमा म्युचुअल फण्डलाई विशेष प्राथमिकतामा राख्नुपर्ने सुझाव पेश गर्ने बताए ।  

‘पछिल्लो समय पुँजीबजारमा म्युचुअल फण्डहरुको इकाईको अवस्था खस्किदै गइरहेको छ, सर्वसाधारणलाई बिक्री गरेको फण्डले सोचेजस्तो नाफा कमाउन सकिरहेको छैन, यसकारण केही म्युचुअल फण्डहरु इकाईधनीलाई लाभ दिन सक्ने अवस्थामा छैनन्’ उनले भने, ‘म्युचुअल फण्डहरुको पोर्टफोलियो बढाउन र इकाईधनीलाई समेत लाभ प्राप्त हुनेगरी पुँजीबजार सुधार्न आवश्यक छ ।’  

साथै इकाईधनीलाई पुँजीगत लाभकरमा सहुलियत दिएमा म्युचुअल फण्डप्रति सर्वसाधारणको आकर्षण बढ्नसक्ने श्रेष्ठले बताए ।

‘मर्चेण्ट बैंकहरुले नयाँ योजना वा फण्ड बिक्रीमा ल्याउँदा पछिल्लो समय सर्वसाधारणमा खासै उत्साह देखिदैन, दोस्रो बजारमा समेत म्युचुअल फण्डलाई प्राथमिकतामा राखिएको छैन’ उनले भने, ‘म्युचुअल फण्डप्रति सर्वसाधारणको आकर्षण बढ्नेगरी पुँजीबजारमा फण्डहरुलाई विशेष प्राथमिकता दिन आवश्यक छ, फण्डको इकाई अन्य कम्पनीको स्टक जसरी सहज तरिकाले खरिदबिक्री गर्न वातावरण सिर्जना हुन जरुरी छ ।’

साथै समग्र पुँजीबजार बढे म्युचुअल फण्डहरुको न्याभ, मुनाफा र लगानीको दायरा समेत बढ्दै जाने श्रेष्ठले बताए । ‘सामूहिक लगानी कोषहरुको सेयरबजारमा अर्बौ रकम लगानी छ, पुँजीबजार चलायमान बनाउन लगानीको वातावरण सहज बनाउन जरुरी छ’ उनले भने, ‘सम्बन्धित निकायहरुले संस्थागत वा सामूहिक लगानी कोषको लगानीमा सहजता गरिदिनुपर्छ ।’  

सेयरबजार उकास्न नेपाल राष्ट्र बैंकले समेत खुकुलो नीति अपनाउनुपर्ने श्रेष्ठले बताए । ‘सेयरधितो कर्जामा बैंकहरुले सहुलियत प्रदान गर्न सके यसको डिमाण्ड बढ्दै जाने सम्भावना हुन्छ र बजारमा अर्बौ रकम लगानीका रुपमा भित्रिन सक्छन्’ श्रेष्ठले भने, ‘मार्जिन लेन्डिङको जोखिमभार घटाएमा संस्थागत लगानीकर्ताले समेत पुँजीबजारमा लगानी बढाउन सक्छन्, यसले समग्र सेयरबजारको अवस्था सुध्रिन सक्छ ।’  

अर्थमन्त्रीमा वर्षमान पुनको आगमनसँगै दोस्रो बजारमा अब लगानीको वातावरण सिर्जना भएको बजार जानकारहरु बताउँछन् । अर्थमन्त्री पुनले पुँजीबजारको विकास र विस्तार तथा यहाँको समस्या समाधानका लागि कार्यभार सम्हालेको दिनदेखि नै कामहरु तीव्र गतिमा अगाडि बढाइरहेका छन् ।  

मर्चेण्ट बैंकिङ्गद्वारा सञ्चालित म्युचुअल फण्डहरुले पनि सेयरबजारमा लगानी थप्ने तयारी गरिरहेको मर्चेण्ट बैंकर्स संघका अध्यक्ष श्रेष्ठले बताए ।  

‘केही महिनायता प्राय सबै म्युचुअल फण्डहरुको लगानी बढ्दै गइरहेको छ, नयाँ अर्थमन्त्रीले पुँजीबजार सुधार्न सो खालका नीतिहरु ल्याउने बताउनुभएको छ, अधिकांश लगानीकर्ताहरु उत्साहित छन्, यदि नेप्से इन्डेक्स माथि उक्लिदैं जाने हो भने फण्डहरुको न्याभसँगै नाफा पनि बढ्दै जान्छ’ उनले भने, ‘बजार विश्लेषण गरी म्युचअल फण्ड म्यानेजरहरुबाट लगानीको लागि योजना बन्नेछ, फरक–फरक मापदण्ड बनाई सिस्टमेटिक ढंगबाट कम्पनी ग्रेडिङको आधारमा लगानीको दायरा बढ्नेछ ।’ 

साथै लगानीको दायरा बढेसँगै म्युचुअल फण्डहरुको न्याभ पनि बढ्ने श्रेष्ठले बताए । ‘नेप्से इन्डेक्स अहिले २ हजारको विन्दुमा छ, नयाँ अर्थमन्त्रीको आगमन र सेयरबजार प्रतिको रौनक हेर्दा बजार अझै माथि उक्लिने सम्भावना बढी छ’ उनले भने, ‘अहिलेको समयमा १० रुपैयाँ वा सो भन्दा कम भएका फण्डहरुको न्याभ इन्डेक्ससँगै बढ्ने देखिन्छ ।

मर्चेण्ट बैकर्स संघ नेपालका सचिव तथा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडका सीईओ मनिषनारायण जोशीले पनि अहिलेको समय पुँजीबजारमा लगानीको लागि उचित हुन सक्ने बताए । ‘नयाँ अर्थमन्त्री आउनुभएको हिसाबले मात्रै नभई समग्र अर्थतन्त्र सुधारिदै गएको छ र पुँजीबजार अब विस्तारै बढ्ने सम्भावना देखिन्छ, यसकारण अहिलेको समय लगानीका लागि उचित समय हुन सक्छ’ जोशीले भने, ‘नयाँ अर्थमन्त्रीले समग्र देशको अर्थतन्त्र विस्तारका कार्ययोजनालाई अघि बढाउन आवश्यक देखिन्छ, देशको अर्थतन्त्र बलियो भएपछि पुँजीबजार स्वतः सुधारिंदै जानेछ ।’  

बजारको अवस्था हेरेर मात्रै म्युचुअल फण्डहरुले सूचीकृत सेयरमा लगानी थप्ने वा घटाउने निश्कर्ष निकाल्ने जोशीले बताए । ‘अधिकांश पुराना म्युचुअल फण्डहरु बजारमा इन्भेष्टेबल छन्, तथ्यांक हेर्दा पनि म्युचुअल फण्डहरुले पछिल्लो महिनामा लगानी थप्दै आइरहेका छन्, नयाँ अर्थमन्त्री आउँदा बजार ओभर रियाक्सनमा आउँछ, यसआधारमा लगानी तत्कालै थपघट गर्नु भन्दापनि बजारको सही विश्लेषण गर्न आवश्यक हुन्छ’ उनले भने, ‘तर मार्केटको अवस्था हेर्दा अहिले लगानी थप्नुपर्ने जस्तो देखिएको छ, समग्र पुँजीबजारको समस्या र समाधान तथा सुझावका लागि भोलि मर्चेण्ट बैंकर्स संघको छलफल पनि बस्दैछौं, लगानीका विषयमा पनि अवश्य छलफल हुनेछ ।’  

साथै पुँजीबजार नियामक धितोपत्र बोर्ड अध्यक्षबिहीन हुँदा यसको प्रत्यक्ष प्रभाव पुँजीबजारमा परेको जोशी बताउँछन् । ‘बोर्डमा अध्यक्ष नहुँदा पनि पोलिसी इस्यु, प्रोडक्ट लेभल लगायतका कामहरु हुनुपर्छ’ उनले भने, ‘बजार चलायमान बनाउन नियामक निकायका कुनै पनि कार्यहरु रोकिनु हुँदैन, बोर्डबाट धेरै काम रोकिंँदा लगानीकर्ता, संस्थागत लगानीकर्ता र सामूहिक लगानी कोष तथा म्युचुअल फण्डहरु मर्कामा परेका छन् ।’

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.