शनिबार, जेष्ठ २,२०८३ 11:57:02
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 11:57:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेशनल लाइफ इन्स्योरेन्सले “चेयरपर्सन क्लब” अन्तर्गत उत्कृष्ट अभिकर्ताहरूलाई सम्मानित गर्‍यो

Laxmi Sunrise Bank Limited
नेशनल लाइफ इन्स्योरेन्सले “चेयरपर्सन क्लब” अन्तर्गत उत्कृष्ट अभिकर्ताहरूलाई सम्मानित गर्‍यो
Shivam Cement

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूको योगदान र उपलब्धिलाई सम्मानित गर्दै “एलाइट लिडर्स कन्क्लेभ” शीर्षकमा तीनदिने विशेष कार्यक्रम सम्पन्न गरेको छ। ललितपुरस्थित होटल रोयल टुलिपमा आयोजित उक्त कार्यक्रम “चेयरपर्सन क्लब-प्रशिक्षण तथा सम्मान समारोह” शीर्षकमा सञ्चालन गरिएको थियो।

कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ का लागि तोकिएको बिक्री लक्ष्य सफलतापूर्वक पूरा गर्न सफल ५२६ जना अभिकर्ताहरूलाई कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको प्रमुख आतिथ्यतामा सम्मान र चेयरपर्सन क्लब सदस्यता प्रदान गरिएको थियो।

Bizshala
New Office
CG Motors

सो अवसरमा पूर्वबैंकर तथा चर्चित मोटिभेशनल स्पीकर अनिल केशरी शाहले अभिकर्ताहरूलाई व्यवसायिक नेतृत्व र व्यक्तिगत क्षमता विकाससम्बन्धी प्रेरणादायी प्रशिक्षण दिएका थिए। उनले जीवनका हरेक क्षेत्रमा सफलता नेतृत्व क्षमतासँग जोडिएको बताउँदै अभिकर्ताहरूलाई आत्मविश्वास र निरन्तर प्रयासमा केन्द्रित रहन सुझाव दिएका थिए।

त्यस्तै, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदम प्रसाद सोडारीले सम्पत्ति शुद्धिकरण (AML) र आतंकवादविरुद्धको वित्तीय नियन्त्रण सम्बन्धी कानुनी दायित्वबारे अभिकर्ताहरूलाई अवगत गराउँदै बीमा क्षेत्रको पारदर्शिता र विश्वसनीयता कायम राख्नुपर्नेमा जोड दिएका थिए।

कम्पनीकी अध्यक्ष सिंहले लक्ष्य हासिल गरी क्लब सदस्य बन्न सफल सबै अभिकर्ताहरूलाई बधाई ज्ञापन गर्दै बीमा व्यवसायमा उनीहरूको भूमिकालाई कम्पनीको सफलताकाे मेरुदण्डका रूपमा व्याख्या गरिन्। उनले कम्पनीले अभिकर्ता सञ्जालको व्यावसायिक विकासलाई सधैं प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाइन्।

Garima Development Bank
Shivam Cement
IME remit

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नेशनल लाइफका संरचना र बोनस दरहरू बजारमा आकर्षक रहेको बताउँदै कम्पनी अभिकर्ता सञ्जालमा अझ लगानी गरी यसलाई थप दक्ष र व्यवसायिक बनाउन निरन्तर अग्रसर रहेको जानकारी दिए।

कार्यक्रममा देशभरका उत्कृष्ट सात अभिकर्तालाई विशेष सम्मान प्रदान गरिएको थियो। उनीहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र र ट्रफीद्वारा सम्मान गरिएको थियो।

विविध मनोरञ्जनात्मक प्रस्तुति र सांगीतिक माहोलबीच सम्पन्न समारोहमा सम्मानित अभिकर्ताहरूले आफूले गरेको मिहिनेतको कदर पाउँदा गौरव महसुस भएको प्रतिक्रिया दिएका थिए।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.