शनिबार, फाल्गुन १०,२०८१ 10:13:18
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:13:18
IME remit
Global IME Bank Limited

'सरप्राइज भिजिट'मा आएका अर्थमन्त्रीलाई नेप्सेको २७ पेजको प्रेजेन्टेसन, यत्ति काम गरे सरकारको खातामा ५० अर्ब पक्का !

इन्ट्रा डे कारोबार, नेप्सेमा वैदेशिक साझेदार भित्र्याउनेदेखि ब्रोकरको कार्यक्षेत्र बिस्तारसम्मका माग

Hyundai Nepal
'सरप्राइज भिजिट'मा आएका अर्थमन्त्रीलाई नेप्सेको २७ पेजको प्रेजेन्टेसन, यत्ति काम गरे सरकारको खातामा ५० अर्ब पक्का !
Nabil Bank Limited

काठमाण्डौ । स्वार्थ समूहको सुझावअनुसार सेयर बजार बढाउने उद्देश्यले आकस्मिक भ्रमणमा आएका अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल स्टक एक्सचेञ्जले बग्रेल्ती मागहरु राखेको छ ।  

नेप्सेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले २७ पृष्ठ लामो पावर प्वाइन्ट प्रेजेन्टेसन दिएका थिए । सो क्रममा उनले बजारको विस्तार, विकास र नेप्से स्वयम्को क्षमता बढाउनका लागि गर्नुपर्ने कामहरुको विषय समेटेका थिए । 

सीईओ कार्कीले अर्थमन्त्रीलाई प्राकृतिक श्रोत प्रयोग गर्ने, राज्यको कर लगायतका सुबिधा प्राप्त गर्ने सबै सेवा वा व्यवसाय सम्बन्धी संस्थालाई पुँजी बजारमा अनिवार्य गर्ने नियम बनाइदिन, सूचीकरण, कारोवार लगायतका विनियमावली समयसापेक्ष बनाउन सहयोग गर्न, सदस्यता तथा सुपरिवेक्षण सम्बन्धी विनियमावली, सूचिकृत कम्पनीका लागि पारदर्शिता तथा सूचना प्रवाह सम्बन्धी निर्देशिका, वित्तीय अपराध लगायत पूँजी बजारमा हुनसक्ने अन्य नकारात्मक कार्यहरुलाई निरुत्साहित गर्न र अनुसन्धान गर्न  कार्यविधि तयारीका लागि सहयोग गर्न अनुरोध गरेका थिए ।  

उनले सो क्रममा बजारमा हुनसक्ने जोखिम सम्बन्धी जानकारी दिन कार्यविधि तयार समेत गर्नुपर्ने सुझाएका थिए । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

सीईओ कार्कीले नेप्सेमा उपयुक्त वैदेशिक रणनीतिक साझेदार भित्र्याइनुपर्नेमा समेत जोड दिएका थिए । 'हालैका वर्षमा ढाका एक्सचेन्ज र पाकिस्तान एक्सचेन्जमा संघाई स्टक एक्सचेन्ज लगायतले पार्टनरसिप गरेका छन्, हामीले पनि यस्तै बलियो रणनीतिक साझेदार भित्र्याउनुपर्छ ।'-उनले भने ।  

छिमेकि एक्सचेन्ज जस्तै नेप्से तथा सिडियसको पनि सर्वसाधारणमा सेयर जारी गर्ने बाटो खोलिदिन समेत अर्थमन्त्रीलाई आग्रह गरिएको थियो । सीईओ कार्कीले भारतको बीएसई र एनएसई, पाकिस्तान स्टक एक्सचेञ्ज, ढाका एक्सचेञ्ज लगायत एक दशकमा विश्वका धेरै एक्सचेञ्जले आईपीओ जारी गरेका उदाहरण सो क्रममा पेश गरेका थिए ।  

सीईओ कार्कीले नेप्से तथा सिडियसको निगमीकरण गर्नसके हालको मूल्यांकनमा सरकारले करिब रु ४०–५० अर्ब भन्दा बढी रकम संकलन गर्नसक्ने सुझाव समेत दिएका थिए ।  

वर्तमान कारोबार प्रणालीलाइ प्रतिस्थापन गरी नयाँ अन्तर्राष्ट्रिय स्तरको कारोबार प्रणाली विकास गर्ने, आइटीको लगत उच्च हुने भएकोले एक्सचेन्ज, डिपोजिटरी, ब्रोकर लगायत बजारका सबै निकायको साझा आइटी पूर्वाधार तथा एचआर तयार गर्नुपर्ने विषय समेत सो क्रममा प्रस्तुत भएको थियो ।  

सीईओ कार्कीले नेप्से स्वयम्को क्षमता समेत विस्तार गर्नुपर्नेमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए । कामको आधारमा साँगठनिक पुनर्संरचना गर्ने, कर्मचारीहरुको नियमित नियुक्ति, बढुवा लगायत कर्मचारी व्यवस्थापन सम्बन्धी कार्य गर्ने, प्राविधिक तथा व्यवसायिक क्षेत्रका दक्ष जनशक्तिलाई अनुबन्ध गर्ने, कर्मचारीहरुलाई नियमित रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिममा सहभागी गराउने विषय समेत समेटिएका थिए । हाल नेप्सेमा ३७ स्थायी र १० करार गरी कुल ४७ कर्मचारी कार्यरत छन् । 

सीईओ कार्कीले पुँजी बजार सेवा विस्तारका लागि अर्थमन्त्रीलाई निम्नअनुसारका सुझाव दिएका छन्:

-सबै स्थनीय निकायमा ब्रोकर शाखा विस्तार (कारोबारको लागत घट्ने)

-प्रविधियुक्त मार्जिन लेण्डिङको सुविधा उपलब्ध गराउने (यस व्यवस्थाबाट हालको मार्जिन लोन सम्बन्धी समस्या समाधान हुने)

-ब्रोकरको कार्यक्षेत्र विस्तार जस्तै पोर्टफोलियो म्यानेजमेन्ट, एड्भाइजरी

-धितोपत्रको लेण्डिंग र बरोइङ सेवा संचालन  

-एमबीए ग्राजुएट्समार्फत एड्भाईजरी सेवा प्रदान  

-एनआरएन फण्डमार्फत विदेशमा रहेका नेपालीसम्म पूँजीबजार सेवा विस्तार  

-डिलरको संख्या एवम् सेवा विस्तार गर्ने, प्रोप्राइटरी ट्रेडिङको व्यवस्था गर्ने  

पुँजी बजार पूर्वाधारका लागि दिइएका सुझाव:

-फ्यूचर एण्ड अप्सनको छुट्टै सेग्मेन्ट सुरु गर्ने

-अन्तरदिवसीय कारोबार संचालन गर्ने  

-अक्सन मार्केटको व्यवस्था गर्ने (यसबाट बजारमा जोखिम कम हुने)

-एसएमईका लागि छुट्टै प्राविधिक सहयोगसहितको प्ल्याटफर्म प्राप्ति प्रक्रिया सुरु गर्ने  

-क्यापिटल मार्केट अकाडेमी स्थापना गर्ने  

-सरकारी ऋणपत्रलाई डिजीटाइजेसन गरी कारोबार सहज गर्ने  

-प्रदेशस्तरीय पूर्वाधार लगानीमा आवश्यक पर्ने पुँजी ऋणपत्रमार्फत जुटाउन सहजीकरण गरी प्रविधियुक्त प्राथमिक तथा दोश्रो बजारको व्यवस्था गर्ने  

-सामुहिक लगानी कोष जस्तै पूर्वाधार कोष, इण्डेक्ससँग सम्बन्धित कोष, एनआरएन फण्ड, इटीएफ  सञ्चालनमा ल्याउने

छुट्टै ओटिसी बजार सञ्चालन गर्ने  

-कम्पनी रजिष्टार कार्यालयमा करिब ७ लाख कम्पनी दर्ता भए पनि २२१ ले मात्र एक्सचेन्जवाट तरलता प्राप्त गरेकोले साना तथा मझयौला कम्पनीलाई ओटिसी  बजारमार्फत पुंजी जुटाउन सकिने र यसका लागि नेप्से सहितको लगानीमा छुट्टै कम्पनी स्थापना गरी सेवा प्रदान गर्ने  

-ओटिसीमा दर्ता भएका कम्पनीलाई डिपोजिटरी तथा क्लियरिंग हाउससँग जोड्ने  

-साना कम्पनीका लागि क्राउडिंग फण्डमार्फत पूँजी संकलन गर्ने व्यवस्था गर्ने

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.