काठमाण्डौ । बुधबार सुनको मूल्य दुई साताकै उच्च नजिक पुगेको छ । अमेरिकी ताजा आर्थिक तथ्यांकका कारण केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदरमा कटौती गर्नसक्ने उच्च सम्भावना र अमेरिकी डलर कमजोर बनेसँगै सुनको भाउमा गिरावट आएको हो ।
सुनको मूल्य यतिबेला १.७८ प्रतिशत अर्थात ७३.२२ डलरले बढेर प्रतिऔंस ४ हजार १६८ डलरमा कारोबार भईरहेको छ । मंगलबार प्रकाशित अमेरिकी आर्थिक तथ्यांकअनुसार अमेरिकामा सेप्टेम्बर महिनामा अपेक्षा गरेभन्दा कमले खुद्रा बिक्री बढेको छ । यस्तै उपभोक्ता मूल्य सूचकांक अगस्टकै जति अर्थात २.७ प्रतिशतले बढेको छ ।
यस्तै डलर समेत एक साताकै कमजोर बनेको छ । लगानीकर्तामा अब आउने फेडका नयाँ अध्यक्षले अमेरिकी मौद्रिक नीतिमा खासै सुधार गर्न नसक्ने भय भएका कारण डलर अन्य मुद्राको तुलनामा सस्तो बनेको छ ।
यस्तै चाँदीको मूल्य पनि १.३४ डलरले बढ्दै प्रतिऔंस ५१.९७ डलरमा कारोबार भईरहेको छ ।

