बुधबार, श्रावण ६,२०८३ 03:47:42
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:47:43
Bizshala
Global IME Bank Limited

सुनको मूल्य दुई साताकै उच्च नजिक, एकैदिन ७३ डलरले वृद्धि

सुनको मूल्य दुई साताकै उच्च नजिक, एकैदिन ७३ डलरले वृद्धि
New Office

काठमाण्डौ । बुधबार सुनको मूल्य दुई साताकै उच्च नजिक पुगेको छ । अमेरिकी ताजा आर्थिक तथ्यांकका कारण केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदरमा कटौती गर्नसक्ने उच्च सम्भावना र अमेरिकी डलर कमजोर बनेसँगै सुनको भाउमा गिरावट आएको हो ।

सुनको मूल्य यतिबेला १.७८ प्रतिशत अर्थात ७३.२२ डलरले बढेर प्रतिऔंस ४ हजार १६८ डलरमा कारोबार भईरहेको छ । मंगलबार प्रकाशित अमेरिकी आर्थिक तथ्यांकअनुसार अमेरिकामा सेप्टेम्बर महिनामा अपेक्षा गरेभन्दा कमले खुद्रा बिक्री बढेको छ । यस्तै उपभोक्ता मूल्य सूचकांक अगस्टकै जति अर्थात २.७ प्रतिशतले बढेको छ ।

यस्तै डलर समेत एक साताकै कमजोर बनेको छ । लगानीकर्तामा अब आउने फेडका नयाँ अध्यक्षले अमेरिकी मौद्रिक नीतिमा खासै सुधार गर्न नसक्ने भय भएका कारण डलर अन्य मुद्राको तुलनामा सस्तो बनेको छ ।  

यस्तै चाँदीको मूल्य पनि १.३४ डलरले बढ्दै प्रतिऔंस ५१.९७ डलरमा कारोबार भईरहेको छ ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.