आईतवार, असार १४,२०८३ 03:35:03
Bizshala
  • आईतवार, असार १४,२०८३ 03:35:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेका सीइओ भन्छन्–‘हाम्रो सिस्टम दैनिक ६० अर्बमाथिको कारोबार धान्ने गरी अपग्रेड भइसकेको छ’

Laxmi Sunrise Bank Limited
नेप्सेका सीइओ भन्छन्–‘हाम्रो सिस्टम दैनिक ६० अर्बमाथिको कारोबार धान्ने गरी अपग्रेड भइसकेको छ’

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आफूहरुले विकास गरेको मजबुत कारोबार सिस्टमका कारण एकैदिन २२ अर्ब हाराहारीमा सेयर कारोबार सम्भव भएको बताएका छन् ।  

दैनिक कारोबारमा बुधबार नयाँ रेकर्ड बनेपछि बिजशालासँग कुरा गर्दै सीइओ कार्कीले दैनिक २२ अर्ब हाराहारीमा कारोबार हुँदा समेत नेप्सेले बनाएको कारोबार प्रणालीको न्यून प्रतिशत क्षमता मात्र खर्च भएको उल्लेख गर्दै दैनिक ६० अर्बभन्दा बढी कारोबार हुँदा समेत धान्ने प्रणाली विकास गरिएको दाबी गरेका छन् । 

New Office
CG Motors
Garima Development Bank

'म आएपछि नेप्सेको कारोबार प्रणाली अपग्रेड गर्ने काम भएको छ । यो क्रममा हामीले निकै मजबुत कारोबार प्रणाली र अन्य आइटी पूर्वाधार विकास गरेका छौं ।' सीइओ कार्कीले भने-'यहीकारण बुधबार २२ अर्ब हाराहारीसम्म कारोबार हुँदा समेत प्रणालीमा केही समस्या देखिएन ।'  

उनले दैनिक कारोबार ६० अर्बभन्दा बढी हुँदा समेत थेग्ने प्रणाली बनाइसकिएको भन्दै लगानीकर्ताहरुलाई ढुक्क भएर कारोबार गर्न आह्वान गरेका छन् ।  

अहिले थप मजबुत बनाइएको प्रणालीले प्रतिसेकेण्डमा लाखौं सेल तथा बाई अर्डर थेग्नसक्छ ।

'हामीसँग अहिले ६० अर्बभन्दा बढीको दैनिक कारोबार सहजै धान्ने प्रणाली छ । त्यसकारण नेप्सेले विकास गरेको सिस्टमकै कारण कारोबार गर्दा कुनै पनि लगानीकर्ताले दुःख पाउनेछैनन् ।' उनले थपे-'बजारको बढोत्तरीमा हामी उत्साहित छौं । एकपछि अर्को रेकर्ड बन्ने क्रम सुरु भएको छ । सबै लगानीकर्ता र बजारका सबै सरोकारवालाप्रति हामी आभार प्रकट गर्न चाहन्छौं।'  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.