शुक्रबार, असार २०,२०८२ 06:02:50
  • शुक्रबार, असार २०,२०८२ 06:02:50
Global IME Bank Limited

खुलेको एक मिनेटमै बजारमा सर्किट, कांग्रेस-एमाले सत्ता सहकार्यलाई हरियो कार्पेट

Hyundai Nepal
खुलेको एक मिनेटमै बजारमा सर्किट, कांग्रेस-एमाले सत्ता सहकार्यलाई हरियो कार्पेट
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजार खुलेको १ मिनेटमै अपर सर्किट लागेको छ ।  

नेप्से परिसूचक ८२.४८ अंक(४.०१) प्रतिशतले बढेपछि सर्किट ब्रेकर लगाई नेपाल स्टक एक्सचेञ्जले २० मिनेटका लागि कारोबार रोकेको हो ।  

बजार खुलेको केवल एक मिनेटमा  २१९ कम्पनीको सेयर कारोबार भएकोमा २१६ कम्पनीको सेयरमूल्य बढेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

केवल एक मिनेटमा बजार करिब ९ करोड कारोबार भएको छ ।

कांग्रेस एमालेको सत्ता समीकरण बन्ने निश्चित भई अर्थमन्त्रीको रुपमा सेयरबजारमैत्री नेता विष्णु पौडेलको पुनरागमन हुने भएसँगै लगानीकर्ताहरुमा उत्साहको अवस्था देखिएको हो ।

बजारले कांग्रेस एमालेबीचको सत्ता सहकार्यलाई हरियो कार्पेट बिछ्याएर स्वागत गरेको रुपमा आजको बजारको उछाललाई हेरिएको छ ।  

हाल सेयर बजारमा नियमित कारोबार सुरु भएको पहिलो घण्टाभित्र नेप्से परिसूचक ४ प्रतिशत घटबढ भएमा २० मिनेटका लागि कारोबार स्थगित हुने व्यवस्था छ । त्यसपछि खुल्ने बजारमा दोश्रो घण्टाभित्र ५ प्रतिशतले नेप्से घटबढ भएमा दोश्रो सर्किट लागी ४० मिनेट कारोबार स्थगित गर्ने गरिन्छ ।

त्यसपछि सुचारु हुने बजार परिसूचक ६ प्रतिशत घटबढ भएमा सो दिनका बाँकी अवधिको सबै कारोबार स्थगन गर्ने व्यवस्था छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.