शनिबार, फाल्गुन १०,२०८१ 10:06:06
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:06:06
IME remit
Global IME Bank Limited

लगानीकर्ताले आत्महत्या गर्दा नबोल्नेहरु बजार हरियो हुँदा किन तर्सन्छन् ? कसको आँखा लाग्यो नेप्सेमा ?

Hyundai Nepal
लगानीकर्ताले आत्महत्या गर्दा नबोल्नेहरु बजार हरियो हुँदा किन तर्सन्छन् ? कसको आँखा लाग्यो नेप्सेमा ?
Nabil Bank Limited

-प्रकाश सापकोटा

 

विशेषगरी सोमबार गरिमामय संसदमा एक माननीयले पूँजीबजारको गरिमा र सम्वेदनशीलतालाई ख्याल नगरी दिएको अभिव्यक्तिको आज बजारमा गम्भीर नकारात्मक प्रभाव देखिएको छ । आफू जानकार नभएको विषयमा यसरी कहीँकतैबाट प्राप्त चिटलाई आधार मानी बाचन गर्नुले लाखौं सेयर लगानीकर्ताको भावनामाथि गम्भीर चोट पर्न गएको छ ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

संसदको गरिमामय बैठकमा, त्यसमाथि पनि कारोबार समयमा कुनै स्टकको नाम र लगानीकर्ताको नामै तोकेर बोल्नु गम्भीर अपराध हो, नीति निर्माणको मुख्य भूमिकामा हुनुपर्ने सांसदबाटै यस्तो अपराध हुनु क्षम्य हुन्न ।  

पूँजीबजार विगत ३४ महिनादेखि बियरिसमा जाँदा सयौं लगानीकर्ता घरबारविहीन भए । अझ कति लगानीकर्ताले आत्महत्या समेत गर्नुभयो भन्ने सुनियो ! यस्तो बिकराल अबस्थामा कोहीकसैबाट सहानुभूतिसम्म पनि व्यक्त भएन । उल्टो नीति निर्माताबाट समेत पीडित भई लगानीकर्ताहरु अभिभावकविहीन अवस्थामा राम्रा दिन गन्दै बसे । आज बजार सकारात्मक हुन थालेको छ र लगानीकर्ताले बिस्तारै हिजोको पीडा भुल्दै जाँदा बजारमा केही सकारात्मक माहौल सिर्जना भयो। त्यसको फलस्वरुप बजारमा केही बढोत्तरी देखियो। पूँजीबजार बढ्नु, निजी क्षेत्र चलायमान हुनु देशका लागि पनि फाइदाकै विषय हो । यति सामान्य कुरा सांसदजस्तो व्यक्तिले नबुझ्नु बिडम्बनापूर्ण छ ।  

बिडम्बना नै मान्नुपर्छ, यहाँ त बजार बढ्यो कि सबको टाउको दुखाई बन्न थाल्छ। जनताले कमाउँदा किन यति धेरै आपत्ति माननीय ज्यूहरुलाई ?

हाम्रो पूँजीबजारमा केही समस्या पक्कै छन् । त्यस्ता समस्या समाधानका लागि सांसदहरुले नै नीतिगत तहमा सुधारका विषय उठाउन सक्नुहुन्थ्यो । त्यसप्रति ध्यान दिन छाडेर कसैले दिएको चिर्कटोलाई सांसदजस्तो जनताका प्रतिनिधिहरुको सहभागिता हुने पवित्र ठाउँमा प्रस्तुत गर्नु र कानूनविपरीतको अभिव्यक्ति दिनु आपत्तिजनक छ ।  

बिडम्बना नै मान्नुपर्छ, यहाँ त बजार बढ्यो कि सबको टाउको दुखाई बन्न थाल्छ। जनताले कमाउँदा किन यति धेरै आपत्ति माननीय ज्यूहरुलाई ?

सदैब नियमनको बहानामा नियन्त्रण भइरहेको हाम्रो पुँजीबजारको समस्या भनेकै बिना सुझबुझ कसैले थमाएको चिटको भरमा माइक अगाडि जिम्मेवारहरुले बोल्नु हो ।  

छिमेकी कम्युनिष्ट देशहरु वा प्रजातान्त्रिक मुलुक यी सबै ठाउँमा लगानीकर्ता पूजिन्छन्, अप्ठ्यारा नियमहरुलाई खुकुलो बनाइन्छ । अनि पो देश बन्छ, नागरिक समृद्ध बन्छन् । हाम्रा नीति निर्माताहरुले यो कुरा कहिले बुझ्ने ? सुखी नेपाली समृद्ध नेपालको नारा लगाएर मात्र देश बन्छ ? जनताले गरेको लगानी खरानी हुने गरी संसदमा जथाभावी बोल्ने र पूँजीबजारलाई ध्वस्त बनाउन खोज्नेहरुलाई लगाम लगाउनुपर्दैन ? सरकारले यसतर्फ किन ध्यान नदिएको ?  

बजारमा घटबढ हुन्छ । बढेको बजार घट्छ, घटेको बजार बढ्छ, यो सर्वमान्य सिद्धान्त हो । यो आर्टिकल लेखिरहँदा पनि हाम्रो बजार बढाइदेऊ पक्कै भनेको होइन । कमसेकम बजारलाई आफ्नो गतिमा हिँड्न चाहिँ दिनुपर्छ भन्ने आशय मात्र हो । बनाउने हिम्मत र ल्याकत छैन भने बिगार्ने छुट पनि कसैलाई छैन। एउटा माननीय भइसकेको व्यक्तिले कस्तो ठाउँमा के बोल्नुपर्छ, कति बोल्नु पर्छ, जस्ता अति सामान्य कुराहरुको समेत हेक्का नराख्दा आज लाखौं लगानीकर्ताले अरबौं रुपैयाँ गुमाएका छन् । यसको जिम्मा कसले लिने ? पूँजीबजार सुधार गर्छौ भन्दै कसम खाने र बजारको बढोत्तरीमा आफ्नो साखलाई जोड्न खोज्ने सत्तासीनहरु किन मौन ? अर्काको सम्पत्तिमाथि यसरी खेलवाड गर्न मिल्छ ? अनि कसैले खुलेआम खेलवाड गरिरहँदा सरकार रमिते बन्न मिल्छ ?  

यदि माननीयको नाममा जनताको लगानी ध्वस्त पार्न तम्सिएकाहरु बेलैमा नसुध्रिने हो भने लाखौं लगानीकर्ताले पनि हिसाबकिताब पक्कै राख्ने नै छन् । यस्तो बेलामा लगानीकर्ताले पनि कुनै सुझबुझ नै नभएको सांसदको भाषणको पछि लागेर त्रसित हुनुको साटो कारोबारको सही निर्णय गर्न आवश्यक छ । बढेको आत्मबललाई दृढ बनाई बजारमा टिक्न आवश्यक छ । हामीले बनाएको बजार हो यो, हामीले नै यसको साख टिकाइराख्न आवश्यक छ ।  

(लेखक सेयर लगानीकर्ता हुन् ।)

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.