लगानीकर्ताले आत्महत्या गर्दा नबोल्नेहरु बजार हरियो हुँदा किन तर्सन्छन् ? कसको आँखा लाग्यो नेप्सेमा ?
-प्रकाश सापकोटा विशेषगरी सोमबार गरिमामय संसदमा एक माननीयले पूँजीबजारको गरिमा र सम्वेदनशीलतालाई ख्याल नगरी दिएको अभिव्यक्तिको आज बजारमा गम्भीर नकारात्मक प्रभाव देखिएको छ । आफू जानकार नभएको विषयमा यसरी कहीँकतैबाट प्राप्त चिटलाई आधार मानी बाचन गर्नुले लाखौं सेयर लगानीकर्ताको भावनामाथि गम्भीर चोट पर्न गएको छ ।