शनिबार, फाल्गुन १०,२०८१ 09:42:31
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:42:31
IME remit
Global IME Bank Limited

सीडीएसीको सेन्ट्रल केवाईसीलाई मर्चेन्ट बैंकले गरे बहिस्कार, भिडियो केवाईसीमा जोड दिंदा फ्रड हुने जोखिम

Hyundai Nepal
सीडीएसीको सेन्ट्रल केवाईसीलाई मर्चेन्ट बैंकले गरे बहिस्कार, भिडियो केवाईसीमा जोड दिंदा फ्रड हुने जोखिम
Nabil Bank Limited

काठमाण्डौ । देशमा सञ्चालित बैंक तथा वित्तीय संस्था र उनीहरुका सहायक कम्पनीको रुपमा खुलेका मर्चेन्ट बैंकहरुले धितोपत्र बोर्डको निर्देशनमा अघिल्लो वर्ष सीडीएसीले ल्याएको सेन्ट्रल केवाईसीलाई बहिस्कार गरेका छन् ।  

डेटा सुरक्षाको हिसाबले निकै परिस्कृत मानिएको सेन्ट्रल केवाईसीमा आबद्ध गराउन शुल्क लिन नपाउने भएपछि बैंक तथा मर्चेन्ट बैंकहरुले आफ्नै, तर जोखिमपूर्ण भिडियो केवाईसीलाई जोड दिने गरेका भेटिएको छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

सिडिएसी पनि बैंक तथा मर्चेन्ट बैंकहरुले आम्दानी नहुने देखेपछि आफ्नै भिडियो केवाईसी ल्याएका, तर आफूहरुले तयार गरेको सुरक्षित सिस्टम बहिस्कार गरेकोमा असन्तुष्ट देखिएको छ ।  

धितोपत्र बोर्डको निर्देशनमा अघिल्लो वर्ष सीडीएसीले सेन्ट्रल केवाइसी ल्याएको थियो । हालसम्म सेन्ट्रल केवाईसी लिनेको संख्या ५२ वटा पुगेको छ । जसमा अधिकांश ब्रोकरहरु मात्रै छन् । यसलाई डिजिटल केवाईसी पनि भनिन्छ ।  

डिजिटल केवाईसीमा कन्ट्री कोड, स्टेट कोड, डिस्ट्रिक्ट कोड, लोकल कोड र ७ डिजिटको नम्बरसहित जम्मा १५ नम्बरको डिजिटल केवाईसीको युनिक आइडी हुन्छ ।  

ग्राहकले एक ठाउँमा एउटा आईडी लिएपछि ठाउँपिच्छे केवाईसी भरिरहनुपर्ने आवश्यकता हुँदैन । यही सुविधा होस् भनेर धितोपत्र बोर्डको निर्देशनमा सीडीएससीले ४ वर्षभन्दा बढी समय लगाएर सेन्ट्रल केवाईसी लागू गरेको थियो ।  

सिडिएससीका एक उच्च अधिकारीका अनुसार यसको उद्देश्य बिस्तारै ब्रोकर तथा क्यापिटलहरुको डीपीमार्फत लागू गरेर बैंकहरुमा पनि लागू गर्ने भन्ने थियो ।  

हाल ५२ वटा ब्रोकरहरुले जसोतसो यो नीति लागू गरेतापनि बैंक तथा उनीहरुका सहायक कम्पनी(मर्चेन्ट बैंक)हरु भने सेन्ट्रल केवाईसी लिन अझै तयार छैनन् । बरु उनीहरु उल्टै आ–आफ्नै ढंगले भिडियो केवाईसीमा केन्द्रीत छन् ।

आफ्नै भिडियो केवाईसीमा जोड दिइरहेका संस्थाहरुको उदाहरण दिंदा सिडिएसीका अधिकारीहरु एनआईसी एशिया क्यापिटल र कामना सेवा विकास बैंकको नाम बढी लिने गर्छन् । स्रोतकाअनुसार क्यापिटलहरुले सेन्ट्रल केवाईसीमा डीम्याटमा जस्तै प्रतिवर्ष ग्राहकबाट निश्चित शुल्क लिन चाहन्थे । जसलाई धितोपत्र बोर्डले लिन नमिल्ने बताएपछि बैंक तथा क्यापिटल(मर्चेन्ट बैंक) सिडीएससीको सेन्ट्रल केवाईसीमा आबद्ध हुन अनिच्छुक देखिएका हुन् ।  

स्रोत भन्छ–‘हाल डीम्याटमार्फत लगानीकर्ताबाट प्रत्येक वर्ष असूल्ने गरिएको एकसय रुपैयाँ पनि एकपटक लिएपछि सधैं लिन आवश्यक छैन । तर यस्तो लूटलाई कसैले चासो दिएको छैन । लगानीकर्ता पनि चूपचाप तिरिरहेका छन् ।  

एनआइसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले सेन्ट्रल केवाईसीको बिषयमा सीडीएसीसँग एकपटक छलफल भएको, तर पछि औपचारिक रुपमा नबोलाइएकोले आफूहरु नगएको दाबी गरे ।  

उनले भिडियो केवाईसीमा हाल एआई प्रविधिमार्फत कागजपत्र प्रमाणित  हुने भएकोले फ्रड हुन नसक्ने दाबी गरे ।  

सीडीएसीका एक अधिकारीले भने सेन्ट्रल केवाईसीको विषयमा  क्यापिटलहरुलाई पत्र पठाएर पटक–पटक बोलाइएको तर उनीहरु नै अनिच्छुक रहेको जानकारी दिए ।  

पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले क्यापिटल तथा बैंकहरुले सुरु गरेको भिडियो केवाईसीमार्फत नक्कली खाता खोलिनसक्ने जोखिम रहेको र यदि त्यसबाट कुनै फ्रड भई कसैलाई कुनै क्षति पुगेको खण्डमा त्यसको पूर्ण जिम्मेवारी सम्बन्धित बैंक तथा मर्चेन्ट बैंकले लिनुपर्ने प्रष्ट पारे ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.