बुधबार, चैत्र २०,२०८१ 02:05:21
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:05:21
IME remit
Global IME Bank Limited

बोटलर्स नेपालको दादागिरी: लाभांश नदिने निर्णय गरेको एकमहिनापछि मात्र नेप्सेलाई जानकारी

Hyundai Nepal
बोटलर्स नेपालको दादागिरी: लाभांश नदिने निर्णय गरेको एकमहिनापछि मात्र नेप्सेलाई जानकारी
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजारमा सूचीकृत कम्पनीहरुले कमजोर नियमनको फाइदा कसरी उठाउँछन् र हाम्रा नियामकहरुलाई कतिसम्म नजरअन्दाज गर्छन् भन्ने पछिल्लो उदाहरण बनेको छ बोटलर्स नेपाल लिमीटेड ।  

नेप्सेमा सूचीकृत यो कम्पनीले २०८१ मंसिर ५ गते सञ्चालक समितिको बैठक बसी आर्थिक वर्ष २०८०-८१ का लागि  सेयरधनीलाई कुनै लाभांश नदिने भनी गरेको निर्णय करिब एकमहिनापछि मात्र जानकारी गराएको छ । 

Shivam Cement
Bizshala
CG Motors

मंसिर ५ गते भएको लाभांश नदिने निर्णयसम्बन्धी लिखित जानकारी नेप्सेलाई भने पुस २ गते मात्र पठाइएको भेटिएको छ।

जति नै नियम नमान्ने कम्पनीलाई समेत स्पष्टीकरण सोधेर कारबाही फुकुवा गरिहाल्ने र कडा कारबाही नगर्ने नेप्सेको कर्मकाण्डी शैलीकै कारण बोटलर्स नेपालले यो हदसम्मको हेपाहा प्रवृति देखाएको नेप्सेका एक कर्मचारी दाबी गर्छन् ।  

लाभांश वा कुनै पनि कम्पनीको सेयरमूल्यमा प्रभाव पर्ने खालको सूचनाको विषयमा निर्णय गरिसकेपछि यथासक्य चाँडो बजारको फ्रन्टलाइन रेगुलेटर नेप्सेलाई जानकारी गराउनुपर्छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

निर्णय भएको समयमा कार्यालय लागेको भए लगत्तै र नलागेको भए भोलिपल्ट पहिलो प्रहरमै त्यसको लिखित जानकारी गराउनुपर्छ । सोहीआधारमा नेप्सेले पनि महत्वपूर्ण सूचनाको विषयमा लगानीकर्तालाई जानकारी गराउँछ ।  

सूचना समयमै दिनुपर्ने विषयमा हदैसम्मको लापरबाही गरेको बोटलर्स नेपाललाई नेप्सेले कारबाही गर्दै सेयर कारोबार निलम्बन गरेको छ । योसँगै नेप्सेले कम्पनीलाई ३ दिने स्पष्टीकरण समेत सोधेको छ ।  

नेप्सेकाअनुसार कम्पनीबाट आउने जवाफमाथि छानबिन गरी आवश्यक निर्णय हुनेछ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.