काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा आज सेयर कारोबार बन्द हुनेछ ।
नेपाल सरकारले उधौली पर्व र योमरी पुन्हीको अवसरमा सार्वजनिक विदा दिएका कारण नेप्से पनि आज बन्द हुने भएको हो ।
सोमबारदेखि भने सेयर बजार खुल्लै रहनेछ ।
सार्वजनिक विदाका कारण सेयर बजार मात्र नभई बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सार्वजनिक र सरकारी संस्थानहरु समेत आज बन्द हुनेछन् ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् ।
किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ ।