शनिबार, श्रावण २,२०८३ 08:40:33
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:40:33
Bizshala
Global IME Bank Limited

मार्जिन कल आउन थालेपछि लगानीकर्ता अत्तालिए, सिंहदरबारको दक्षिणीगेटमा बोलाइयो आकस्मिक भेला

मार्जिन कल आउन थालेपछि लगानीकर्ता अत्तालिए, सिंहदरबारको दक्षिणीगेटमा बोलाइयो आकस्मिक भेला
New Office

काठमाण्डौ । बालेन शाह नेतृत्वमा सरकार गठन भएपछि लगातार घटिरहेको बजार दैनिक प्यानिक बन्दै गएपछि अत्तालिएका लगानीकर्तालाई बैंकहरुले मार्जिन कल गर्न थालेका छन् । 

बैंकबाट सेयरधितो कर्जा लिई बजारमा लगानी गरेकाहरुलाई नेप्सेमा दैनिकजसो पहिरो गई क्र्यासको बाटोतर्फ अग्रसर भएपछि लोन दिएका बैंकहरुले समेत मार्जिन कल गर्न थालेका हुन् ।  

सरकारको बजारप्रतिको अस्पष्ट नीतिका कारण अन्यौलमा परेका लगानीकर्ताहरु बैंकहरुले तीव्र रुपमा बढाएका मार्जिन कलले थप प्यानिक बन्न पुगेका छन् । 

आफ्ना समस्याहरु सम्बोधनका लागि पटक पटक प्रयास गर्दा समेत नयाँ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चासो नदिएपछि र सेयर बजारप्रति अनुदार नीति लिएको निश्कर्षसहित लगानीकर्ताहरुले भावी रणनीतिको विषयमा छलफल गर्ने भएका छन् ।  

अगुवा लगानीकर्ता तिलक कोइरालाका अनुसार मार्जिन कल र सरकारको अस्पष्ट नीतिका कारण दैनिक अरबौं गुम्ने अवस्था भएपछि आफूहरुले भविष्यमा चाल्नुपर्ने कदमको रणनीति बनाउन आज-आइतबार) अपरान्ह ३ बजेपछि लगानीकर्ताको भेला बोलाइएको छ ।  

'सिंहदरबारको दक्षिणी गेटमा लगानीकर्ताहरुलाई भेलामा सहभागिताका लागि आह्वान गरिएको छ ।' कोइरालाले भने-'सो भेलामा छलफल गरी लगानीकर्ताहरुको अबको रणनीति पनि सार्वजनिक गर्ने हाम्रो योजना छ ।'  

(समाचारमा प्रयोग गरिएको फाइल फोटो हो।)

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.