तिलक कोइरालाको ३० बुँदे सुझावः पूँजीबजार सुधारका लागि सरकारसँग करदेखि नेप्से पुनःसंरचनासम्मका माग
काठमाण्डौ । विगतका पूँजीबजार सुधार अभियानका अगुवा तिलक कोइरालाले सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै पूँजीबजार सुधार तथा विस्तारसम्बन्धी ३० बुँदे सुझाव सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सुझावमा कर प्रणालीको पुनरावलोकनदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनःसंरचना, गैरआवासीय नेपाली (एनआरएन) लाई दोस्रो बजारमा प्रवेश, बुक बिल्डिङ...

