शनिबार, फाल्गुन २,२०८२ 07:07:55
Bizshala
  • शनिबार, फाल्गुन २,२०८२ 07:07:56
Bizshala
Global IME Bank Limited

प्रभूमा रमिता: निलम्बन फुकुवा नहुँदै सीईओ शेरचनको दबङ्ग शैलीमा बैंक प्रवेश, दैनिक कार्यसम्पादनमा हस्तक्षेप

प्रभूमा रमिता: निलम्बन फुकुवा नहुँदै सीईओ शेरचनको दबङ्ग शैलीमा बैंक प्रवेश, दैनिक कार्यसम्पादनमा हस्तक्षेप
Shivam Cement

काठमाण्डौ । प्रभू बैंकका निलम्बित प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शेचरन कानूनविपरीत बैंकमा प्रवेश गरी दैनिक कार्यसम्पादन गर्न थालेका छन् ।  

उनलाई केही दिनअघि उच्च सरकारी वकिलको आदेशपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले हिरासतमुक्त गरेको थियो । हिरासतमुक्त गर्दा सरकारी वकिलले उनलाई बाहिरै राखेर अनुसन्धान गर्न मिल्ने दलिल पेश गरेको थियो । अहिलेसम्मको अवस्थामा शेरचनमाथि अनुसन्धान भइरहेको छ । उनी न निर्दोष साबित भइसकेका छन् न त दोषी नै । यसरी अनुसन्धानको प्रक्रिया नसकिँदै र त्यसको मुद्दा नटुङ्गिँदै शेरचन भने आफू निर्दोष भएको शैलीमा गैरकानूनी ढंगले बैंक प्रवेश गरेका हुन् । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

प्रभु बैंक घोटालामा अनुसन्धान गरिरहेको सीआईबीले हिरासतमा राख्न माग गरे पनि सरकारी वकिलको कार्यालयले बयान सकिएको र स्वास्थ्य कमजोर रहेको दाबी गर्दै शेरचनसहितका आरोपीलाई हिरासतमुक्त गर्न भनेको थियो । स्वास्थ्य कमजोर रहेको आधारमा छुटेका शेरचन भने निकै 'हट्टाकट्टा शैली'मा सुरक्षागार्डसहित बैंक प्रवेश गरी जबरजस्ती सीईओकै शैलीमा काम गर्न थालेका हुन् ।  

बैंकिङ कसूर र फौजदारी अभियोग समेत लागी सीआईबीको नियन्त्रणमा पुगेका सीईओ शेरचन छुटेपछि आइतबारदेखि बैंक आउन थालेका छन् ।  

उनी सुरक्षागार्डसहित बैंकको बिजुलीबजारस्थित मुख्य कार्यालयमा प्रवेश गरेका थिए ।  त्यसपछि सोझै उनी छैठौं तलामा रहेको आफ्नो(सीईओ)को कार्यकक्षमा प्रवेश गरी बैंकको दैनिक कार्यसम्पादनमा हस्तक्षेप गर्न थालेका स्रोतको भनाई छ ।

निलम्बनमा रहेको अवस्थामै बैंकमा प्रवेश गरी सीईओको कार्यकक्ष समेत प्रयोग गरेको विषयमा केही कर्मचारी आश्चर्यचकित छन् भने बैंक सञ्चालक समितिका अध्यक्ष किशोरजंग कार्की समेत दैनिकजसो त्यहीँ पुगेर शेरचनलाई सहयोग गरिरहेका आरोप लागेको छ ।  

'बैंक सम्हाल्न आइदिनुपर्यो भनेर मैले भने उहाँलाई बोलाएको हुँ ।' कार्कीले आफूहरुलाई भनेको कुरा उद्धृत गर्दै निकट स्रोतले बिजशालासँग भन्यो-'शेरचन बैंक आएको दिन पनि उहाँ नै स्वागत गर्न पुग्नुभएको रहेछ । त्यसपछि केही उच्चपदस्थ कर्मचारीले प्रश्न उठाउँदा उहाँले त्यसको प्रतिवाद गर्दै शेरचन निर्दोष साबित हुने दलिल समेत पेश गर्नुभएको रहेछ ।'  

आइतबार समेत प्रभू बैंकको सीईओकै कार्यकक्षमा दिनभरजसो शेरचन र अध्यक्ष कार्की थिए । सो क्रममा उनले बैंकको टिमलाई दैनिक कार्यसम्पादनका महत्वपूर्ण विषयहरुमा निर्देशन दिने काम गरेका थिए । दैनिक कामकाजका लागि पनि खटाइएको थियो ।  

'दिनभरजसो शेरचनलाई सीईओको रुपमै कमब्याक भएको शैलीमा कर्मचारीहरुले लाइन लागेर भेटे, स्वागत गरे ।' उच्च स्रोतले भन्यो-'प्रहरी अनुसन्धानमा रहेको व्यक्तिले यसरी पब्लिकको लगानी भएको बैंकमा जबरजस्ती गर्दा समेत नियामक नेपाल राष्ट्रबैंक टुलुटुलु हेरेर बस्यो । कानूनको धज्जी उड्दा समेत नियामक चूप बस्नु अझ रहस्यमय बन्यो ।' 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बैंककै एक उच्च अधिकारीले आरोपीको रुपमा अनुसन्धानमा रहेको व्यक्ति बैंकमा सोझै आएर पुरानै कार्यभार सम्हाल्नतिर लाग्नु, कार्यकक्ष कब्जा गरी दैनिक कार्यसम्पादनमा हस्तक्षेप गर्नु आदि गतिविधि प्रहरीको जारी अनुसन्धान प्रक्रिया कमजोर बनाउने रबैया हुनसक्ने दाबी गरे । 'बैंकमा सीईओकै रुपमा आएपछि उहाँमाथि अनुसन्धान भएका कतिपय विषयहरुको फाइल गायब हुनसक्ने भए । बचेखुचेका प्रमाणहरु नष्ट हुने भए ।'-ती कर्मचारीले भने ।

बैंकका अध्यक्ष किशोरजंग कार्कीसँग यो विषयमा बुझ्दा खोज्दा कुरा गर्न अस्वीकार गरे ।  

शेरचन निलम्बनपछि कामू सीईओको जिम्मेवारी पाएका निरज लम्सालले हिजो(आइतबार) उनी अफिस आएका पुष्टि गरे । 'हिरासतबाट छुटेपछि उहाँको हिजो पहिलो दिन हो । आउनुभएको थियो । पुरानै कार्यकक्षमा बस्नुभएको पनि सत्य हो । उहाँ बैंकमा आउनै नपाउने भन्ने कुरा पनि हुँदैन होला । आएपछि उभिइरहने भन्ने पनि हुन्न होला ।' लम्सालले भने-'उहाँले हिजो आएर सबै ब्रिफिङ लिनुभयो । के हो, कसो हो, बुझ्ने काम गर्नुभयो ।'  

लम्सालले यो विषयमा आफूलाई भन्दा पनि सञ्चालक समितिका जिम्मेवार अधिकारीहरुलाई थाहा हुने दाबी गरे । 'बोर्डसँग केही अण्डरस्ट्याण्डिङ भएकै होला । त्यही भएर आउनुभएको होला । सबै कुरा मलाई जानकारी छैन । म मेरै कार्यकक्षमै छु ।' उनले थपे ।  

नेपाल राष्ट्रबैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले समग्रमा कुनै संस्थाले कसैलाई केही कारणले निलम्बन गरेको भए त्यो कारबाही विधिवत फुकुवा नहुँदासम्म जबरजस्ती रुपमा पदभार ग्रहण गर्ने,  जिम्मेवारी सम्हाल्ने लगायतका काम गर्नु कानूनविपरीत हुने प्रष्ट पारे । प्रभू बैंकको विषयमा भने आफूलाई केही जानकारी नआएको र सम्बन्धित विभागलाई समेत त्यस्तो जानकारी रहेको आफूलाई थाहा नभएको उनको प्रष्टोक्ति छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.