बिहीबार, आश्विन २९,२०८३ 08:49:16
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 08:49:16
Bizshala
Global IME Bank Limited

सबै प्यानिक बन्दा एउटा कम्पनीका लगानीकर्ता मालामाल !

पहिरो खसेको बजारमा गुमाउनेको लर्को, ट्रेडिङ समूहलाई अझ ठूलो झट्का

Bizshala
सबै प्यानिक बन्दा एउटा कम्पनीका लगानीकर्ता मालामाल !
New Office

काठमाण्डौ । जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल निकै कमजोर भएकै अवस्थामा चौतर्फी दवाबपछि खोलिएको सेयर बजार एकपछि अर्को गर्दै लगातार तीनवटा सर्किट लागेर केही मिनेटमै बन्द हुन पुगेको छ ।  

कारोबार सुरु भएको २ मिनेटमे ४ प्रतिशतले, त्यसपछि सुचारु भएको बजार १ मिनेटमै ५ प्रतिशतले र त्यसको ४० मिनेटपछि पुनः खोलिएको बजार केही मिनेटमै ६ प्रतिशतले घटेपछि नेप्सेले नेगेटिभ सर्किट लगाएर आजका लागि कारोबार बन्द गरेको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

साताको अन्तिम कारोबार दिन रहेकोले आज बजारका लगानीकर्ताबीच हाहाकार मच्चिएको छ । अधिकांश कम्पनीतर्फ खरीद गर्नेहरु कोही पनि थिएनन् । बिक्री गर्नेहरुको लर्को थियो।

यही दिन २२ वटा कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ भने १० वटा कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ ।  

यो दिन छोटो समयमा ७३ करोड हाराहारीमा सेयर कारोबार भयो भने २२६ कम्पनी कारोबारमा आएकोमा २१७ को मूल्य घटेको छ भने ९ कम्पनीको मात्र बढेको छ ।  

रोचक त के भने अधिकांश कम्पनीका लगानीकर्ताहरु सम्पत्ति गुमाएर पुर्पुरोमा हात राखिरहेकै बेला हिमस्टार उर्जा कम्पनी लिमीटेडको मूल्यमा पनि पोजिटिभ सर्किट लागेको छ ।  

आईपीओ सूचीकृतपछि केही दिनअघिदेखि कारोबार सुरु भएका कारण यो कम्पनीको मूल्य योजनाबद्ध रुपमा बढाइराखिएको थियो ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

आन्दोलनपछि बन्द भएको सेयर बजार आज खुल्दा समेत मूल्य बढाउने त्यो क्रम उस्तै रह्यो र अरु आफ्नो सम्पत्ति गुमाएर प्यानिक हुँदा हिमस्टारका लगानीकर्ता भने मख्ख देखिए ।  

यसबाहेक अभियान लघुवित्त, रावा इनर्जीको मूल्य पनि २ प्रतिशतले बढ्न पुग्यो । नेशनल लघुवित्त, मेघा म्युचुअल फण्ड १, एशियन हाइडोपावर, सामुदायिक लघुवित्त, खानीहोला हाइडोपावरको मूल्य २ प्रतिशत हाराहारीमा बढ्यो ।

गणपति लघुवित्त र लक्ष्मी लघुवित्तको सेयरमूल्यमा झिनो मात्र बढोत्तरी भयो ।  

यो दिन सबैभन्दा बढी व्यापार समूह ९.३४ प्रतिशतले घट्यो । इन्भेष्टमेन्ट, होटल तथा टुरिजम तथा अन्य समूहमा ७ प्रतिशतभन्दा बढीको गिरावट देखियो । निर्जीवन बीमा समूह ५.४२, बैंकिंग समूह ५.५२ प्रतिशत, विकास बैंक समूह ५.१३ प्रतिशतले घट्न पुगे ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.