बुधबार, जेष्ठ १३,२०८३ 04:06:31
Bizshala
  • बुधबार, जेष्ठ १३,२०८३ 04:06:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिटी होटलको ‘आईजीन गेम’ माथि सेबोनको छानबिन

संस्थापक सेयर मिसाइएको विवादमा नेप्सेसँग तीन दिनभित्र जवाफ माग

Laxmi Sunrise Bank Limited
सिटी होटलको ‘आईजीन गेम’ माथि सेबोनको छानबिन
Shivam Cement

काठमाण्डौ । सिटी होटल लिमीटेडको आईपीओ निष्कासनसँग जोडिएको ‘आईजीन’ (ISIN) विवादमा नियामक निकायले औपचारिक छानबिन सुरु गरेको छ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले दुई दिनअघि Nepal Stock Exchange (नेप्से)लाई पत्र पठाउँदै सिटी होटललाई दिइएको आईजीन नम्बर, त्यसको निर्णय प्रक्रिया तथा संस्थापक सेयर मिसाइएको विषयमा विस्तृत विवरण माग गरेपछि यो प्रकरणले नयाँ मोड लिएको हो ।

सेबोन स्रोतका अनुसार बोर्डले नेप्सेसँग तीन दिनभित्र सम्पूर्ण फाइल, निर्णय प्रक्रिया र संलग्न अधिकारीहरुको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । विशेषगरी साधारण सेयर (पब्लिक शेयर)का लागि दिइएको आईजीनमा संस्थापक समूहको सेयर समेत मिसिएको विषयलाई बोर्डले गम्भीर रूपमा लिएको बताइएको छ ।

Bizshala
New Office
CG Motors

बोर्डले पठाएको पत्रमा ‘कसले, कुन कानुनी आधारमा र किन यस्तो निर्णय गर्यो ?’, ‘निर्णय प्रक्रियामा को–को सहभागी थिए ?’, ‘आईजीन जारी गर्दा के–कस्ता कागजात र आधार प्रयोग गरियो ?’ भन्ने विषयमा स्पष्ट जवाफ मागिएको स्रोतको दाबी छ ।

यो प्रकरण लामो समयदेखि बजारमा विवादको विषय बन्दै आएको थियो । सिटी होटलका प्रमुख संस्थापक तथा लगानीकर्ताले लक–इन अवधि नसकिँदै घुमाउरो ढंगले सेयर बिक्री गरेको आशंका सार्वजनिक भएपछि लगानीकर्ता वृत्तमा तीव्र प्रश्न उठेको थियो ।

धितोपत्र बजारमा सूचीकृत कम्पनीका संस्थापक सेयर निश्चित समयसम्म ‘लक–इन’ अवधिमा राख्नुपर्ने कानुनी व्यवस्था छ । यस्तो व्यवस्था कम्पनीप्रति संस्थापकको दीर्घकालीन उत्तरदायित्व सुनिश्चित गर्न बनाइएको हो । तर सिटी होटल प्रकरणमा संस्थापक समूहले साधारण सेयरको संरचनाभित्रै प्रवेश गरेर अप्रत्यक्ष कारोबार गरेको आरोप लाग्दै आएको छ ।

यसअघि पनि बजारमा सिटी होटलको आईजीन नम्बर र सेयर संरचनालाई लिएर व्यापक चर्चा भएको थियो । केही लगानीकर्ता तथा बजार विश्लेषकहरूले “संस्थापक र सर्वसाधारण सेयरबीचको सीमारेखा नै धमिलो बनाइएको” आरोप लगाएका थिए । तर नियामक निकायले त्यसबेला औपचारिक रूपमा सार्वजनिक प्रतिक्रिया दिएको थिएन ।

Garima Development Bank
Shivam Cement
Bizshala

अब भने सेबोन स्वयंले नेप्सेसँग विस्तृत स्पष्टीकरण मागेपछि प्रकरण केवल बजार हल्ला वा आशंकामा सीमित नरहेको संकेत देखिएको छ । स्रोतका अनुसार बोर्डभित्रै पनि “यो प्रकरण सामान्य प्राविधिक त्रुटि मात्र हो वा नियामकीय कमजोरीमार्फत गरिएको योजनाबद्ध सेटिङ ?” भन्ने विषयमा गम्भीर छलफल भइरहेको छ ।

यदि छानबिनबाट संस्थापक समूहलाई अनुचित लाभ पुग्ने गरी आईजीन संरचना मिलाइएको पुष्टि भएमा यसले केवल सिटी होटल मात्र होइन, नेप्सेको आन्तरिक नियमन प्रणालीमाथि समेत गम्भीर प्रश्न उठाउनेछ ।

बजारका जानकारहरूका अनुसार यो प्रकरण नेपालको पूँजी बजार इतिहासमै “लक–इन सेयर व्यवस्थामाथि गरिएको सबैभन्दा जटिल घुमाउरो खेल” का रूपमा स्थापित हुन सक्ने जोखिम देखिएको छ ।

यता, नेप्से र सिटी होटल दुवैले यो विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । तर सेबोनले मागेको विवरणपछि पूँजी बजार वृत्तमा पुनः हलचल बढेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.