बिहीबार, आश्विन २९,२०८३ 08:48:29
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 08:48:29
Bizshala
Global IME Bank Limited

सूचीकृत कम्पनीलाई नेप्सेको निर्देशनः ५% बढी सेयर कसैले लिए तुरुन्तै सूचना दिनुपर्ने, लाभांशको सूचनामा समेत कडाईं

Bizshala
सूचीकृत कम्पनीलाई नेप्सेको निर्देशनः ५% बढी सेयर कसैले लिए तुरुन्तै सूचना दिनुपर्ने, लाभांशको सूचनामा समेत कडाईं
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुले अब तोकिएको ढाँचा र समयमा तोकिएको माध्यम (नट्स लगइन) मार्फत विवरणहरु बुझाउनुपर्ने भएको छ ।  

नेप्सेले एक सूचना जारी गर्दै धितोपत्र सूचीकरण नियमावली २०७५ को विनिमय २२ तथा धितोपत्र सूचीकरण सम्झौतामा उल्लिखित शर्तबमोजिम विभिन्न सूचना तथा जानकारीहरु नट्स लगइनबाट खुलाउनुपर्ने व्यवस्था भएको जानकारी दिएको हो । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेप्सेका अनुसार लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षणको प्रतिवेदन आर्थिक वर्ष सकिएको ५ महिनाभित्र नट्समार्फत नै उपलब्ध गराउनुपर्नेछ ।  

साथै प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रतिसेयर खुद सम्पत्तिको मूल्य, प्रतिसेयर कुल सम्पत्तिको मूल्य, तरलता अनुपात सम्बन्धी विवरणसहितको त्रैमासिक प्रतिवेदन प्रत्येक त्रैमास सकिएको ३० दिनभित्र, बुकक्लोज हुने सम्बन्धी सूचना बुकक्लोज हुनुभन्दा कम्तिमा ७ दिन अगाडि, धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि (१०ः३० बजे भन्दा अगावै) अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।  

यसका साथै नगद लाभांश, बोनस सेयर, हकप्रद सेयर वा थप सेयर निष्कासनसम्बन्धी निर्णय भएमा सो निर्णय हुनेबित्तिकै सञ्चालक समितिको बैठक बसेको समय समेत उल्लेख गरी उपलब्ध गराउनुपर्नेछ । यस्तो सूचना पनि निर्णय भएको दिन वा भोलिपल्ट कारोबार खुल्नु अगावै १०ः३० अगावै नेप्सेलाई उपलब्ध गराउनुपर्नेछ ।  

त्यस्ता कम्पनीहरुले सो खालको सूचना जानकारीका लागि लाभांश दिन लागिएको सम्बन्धित आर्थिक वर्ष तथा दाखिला खारेज बन्द मिति, अनुपात तथा सेयर कित्ता वा रकम समेत खुलाउनुपर्नेछ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

साथै सूचीकृत धितोपत्रको बाजर मूल्यमा असर पार्नसक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तुरुन्त दिनुपर्नेछ ।  

त्यस्तै, १० करोड वा सोभन्दा माथिको सम्पत्ति खरिद वा बिक्री सम्बन्धी निर्णय भएमा सोको जानकारी पनि नट्समार्फत दिनुपर्नेछ र सञ्चालक समिति, लेखा परीक्षण समिति, प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव, लेखा विभाग प्रमुख र लेखा परीक्षकका हेरफेर भएमा सोको जानकारी र १० करोड रुपैयाँ वा सोभन्दा माथिको दायित्व बहन गर्नुपर्ने सम्भावना भएको मुद्दा अदालतमा दायर भएमा सो विवरण पनि नट्स मार्फत बुझाउनुपर्नेछ ।  

यसका साथै सूचीकृत संस्थाको सञ्चालक समितिले संस्था गाभ्ने, गाभिने वा बिलय हुने वा खरिद गरी लिने वा टुक्रिने निर्णय गरेमा त्यस्तो निर्णय गरेकै दिन वा भोलिपल्ट कारोबार हुनु अगावै नेप्सेलाई जानकारी गराउनुपर्नेछ र बुझाउनुपर्ने वार्षिक शुल्क आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र बुझाउनुपर्नेछ ।  

एउटै व्यक्ति वा संस्थाले संगठित संस्थाको पाँच प्रतिशत वा सो भन्दा बढी हुने गरी सेयर लिएमा त्यस्तो जानकारी नेप्सेलाई तुरुन्तै गराउनुपर्ने र संगठित संस्थाले कुनै संचालक वा अन्य कुनै व्यक्ति वा संस्थालाई नगदको सट्टा कुनै सेयर दिएको छ भने त्यसको जानकारी पनि नेप्सेलाई तुरुन्त गराउनुपर्नेछ ।  

त्यस्तै, संगठित संस्थाले वार्षिक साधारणसभा वा विशेष सभामा पेश गरिने वार्षिक प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब तथा अन्य जानकारी विवरण र छलफलका विषय सूचि अनिवार्य रुपमा उपलब्ध गराउनुुपर्ने र सभामा पेश भएका प्रस्ताव, छलफल भएका विषय तथा निर्णय सम्बन्धी विवरण पनि एक महिनाभित्र नेप्सेमा उपलब्ध गराउनुपर्नेछ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.