शनिबार, श्रावण २,२०८३ 08:41:54
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:41:54
Bizshala
Global IME Bank Limited

सेयर बजारमा टर्निङ प्वाइन्ट: २ खर्ब गुमेपछि ३४ अर्बको रिकभरी, ‘रिलिफ र्‍याली’ कि वास्तविक सुधार?

सेयर बजारमा टर्निङ प्वाइन्ट: २ खर्ब गुमेपछि ३४ अर्बको रिकभरी, ‘रिलिफ र्‍याली’ कि वास्तविक सुधार?
New Office

काठमाण्डौ । केही दिनअघि ५० खर्ब रुपैयाँ नाघेको नेपाली सेयर बजारको कुल बजार पूँजीकरण (मार्केट क्याप)मा आएको तीव्र गिरावटपछि लगानीकर्ताले करिब २ खर्ब रुपैयाँ बराबरको सम्पत्ति गुमाएका छन्। यद्यपि, सोमबारसम्मको लगातार गिरावटपछि मंगलबार बजार बन्द हुने अन्तिम समयमा आएको सुधारले डूबेकोमध्ये करिब ३४ अर्ब रुपैयाँ फिर्ता आएको देखिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार २०२६ मार्च २६ मा कुल बजार पूँजीकरण करिब ५० खर्ब ९ अर्ब रुपैयाँ पुगेको थियो। त्यसपछि घट्दो क्रममा रहेको बजार ३० मार्चसम्म आइपुग्दा ४८ खर्ब १३ अर्ब रुपैयाँमा झरेको थियो। बुधबार भने बजारमा सुधार देखिँदै कुल बजार पूँजीकरण बढेर ४८ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ।

यस अवधिमा सेन्सेटिभ मार्केट क्यापिटलाइजेसनतर्फ पनि समान प्रवृत्ति देखिएको छ। २६ मार्चमा करिब २ खर्ब २५ अर्ब रहेको यो सूचक ३० मार्चमा घटेर २ खर्ब १५ अर्बमा झरेको थियो। बुधबार भने पुनः सुधार हुँदै २ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ।

त्यस्तै, फ्लोट मार्केट क्यापिटलाइजेसन २६ मार्चमा १ खर्ब ६९ अर्ब रुपैयाँबाट घटेर ३० मार्चमा १ खर्ब ६२ अर्बमा झरेको थियो। बुधबार भने यो सूचक पनि बढेर १ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। सेन्सेटिभ फ्लोट मार्केट क्यापिटलाइजेसनसमेत ८६ अर्बबाट बढेर ८७ अर्ब रुपैयाँ माथि पुगेको छ।

विश्लेषकहरूका अनुसार ५० खर्बको मनोवैज्ञानिक स्तर पार गरेपछि बजारमा नाफा सुरक्षित गर्ने (प्रोफिट बुकिङ) प्रवृत्ति बढ्दा तीव्र गिरावट आएको थियो। साथै, तरलता अवस्था, ब्याजदर र नीतिगत अन्योलले पनि बजारमा दबाब सिर्जना गरेको देखिन्छ।

बुधबारको अन्तिम समयमा आएको सुधारलाई भने तल्लो विन्दुमा खरीद (बटम फिसिङ) र ठूला कम्पनीहरूमा बढ्दो आकर्षणका रूपमा हेरिएको छ। सेन्सेटिभ र फ्लोट सूचकहरूमा देखिएको सुधारले सक्रिय लगानीकर्ताहरू पुनः बजारमा फर्किन थालेको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।

यद्यपि, यो सुधार दिगो हुने वा छोटो अवधिको ‘रिलिफ र्‍याली’ मात्र हुने भन्ने विषयमा अझै स्पष्टता छैन। आगामी दिनमा ठूला कम्पनीहरूको प्रदर्शन, बजारमा तरलता र लगानीकर्ताको मनोविज्ञानले नै बजारको दिशा निर्धारण गर्ने देखिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.