शनिबार, फाल्गुन १०,२०८१ 10:02:37
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:02:37
IME remit
Global IME Bank Limited

प्रधानमन्त्रीको विश्वासपात्र अर्थमन्त्री भएका कारण अर्थतन्त्र र सेयर बजारमा तीव्र सुधार हुने लगानीकर्ताको अपेक्षा

Hyundai Nepal
प्रधानमन्त्रीको विश्वासपात्र अर्थमन्त्री भएका कारण अर्थतन्त्र र सेयर बजारमा तीव्र सुधार हुने लगानीकर्ताको अपेक्षा
Nabil Bank Limited

काठमाण्डौ । अर्थमन्त्री बन्ने सम्भावित पात्रको विषयमा देखिएको अन्यौलको छायाँ आजको सेयर बजारमा समेत देखियो । अर्थमन्त्रीमा विष्णु पौडेल वा वर्षमान पुन भन्ने विषयमा अन्यौलमा लगानीकर्ता समेत फसेका देखिए । फलस्वरुप बजारमा उतारचढाव र अन्यौल छायो ।  

नेपाली कांग्रेस नेतृत्वको पुरानो गठबन्धन भत्किएर एमालेसहितको नयाँ गठबन्धन बनेदेखि नै लगानीकर्तामा अर्थमन्त्री को हुने भन्ने विषयमा सर्वाधिक चासो रहेको देखियो । नयाँ सत्ता समीकरण बनेदेखि नै लगानीकर्ताहरु अर्थमन्त्री बन्ने पात्रको तीव्र पर्खाईमा देखिए । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

बुधबार पनि लगानीकर्ता दिनभरजसो नै अलमलमै देखिए । विभिन्न मिडियाहरुबाट सूचना संकलनमै उनीहरु व्यस्त देखिएका थिए । कारोबार समय सकिन करिब १ घण्टा बाँकी छँदा अर्थमन्त्रीमा माओवादीका वर्षमान पुनको नियुक्ति हुने पक्का भयो । यो समाचारले केहीबेर रातो भएको बजार बन्द हुँदा चाहिँ सामान्य अंकले बढ्यो ।  

आज बजार एक बजेपछि करिब २५ अंकभन्दा बढीले बढेर २०३६ को विन्दुसम्म पुग्यो ।  

केही ब्रोकरले नेकपा एमालेले सत्तामा गएर अर्थ लगायतका आकर्षक मन्त्रालय लिनुभन्दा कांग्रेस नेतृत्वको गठबन्धन भत्काउनु नै उपलब्धि ठानेका कारण आकर्षक मन्त्रालय छाडेको विश्लेषण गरे ।  

केहीले भने एमालेले कमजोर मन्त्रालय लिएर सरकारमा सहभागिता जनाएका कारण भित्रभित्रै अरु केही पाकिरहेको र नयाँ गठबन्धन पनि धेरै नटिक्नेसम्मको भविष्यवाणी गर्न भ्याए ।  

बिजशाला संवाददातासँगको भेटमा एक ब्रोकरल भने ‘जो अर्थमन्त्री भए पनि अब पूँजीगत खर्च पनि बढ्ने, आगामी महिना ब्याजदर पनि घट्ने जस्ता विषयले सेयरबजार तल जाने ठाउँ छैन ।’

एमालेको भागमा अर्थ मन्त्रालय नपरेता पनि एमाले सरकारमा सामेल भएकाले राष्ट्र बैंकसँगको ट्युनिङ पनि मिल्ने ती ब्रोकरको तर्क थियो ।  

नाम उल्लेख नगरिदिन आग्रह गर्दै आफ्ना कुरा राखेका ब्रोकरहरुमध्येका अर्का एकले अर्थमन्त्रालयमा माओबादीबाट वर्षमान पुन आउँदा पनि खासै फरक नपर्ने तर्क गरे । उनले भने, ‘जनार्दन शर्मा आँउदा केही फरक पर्ला तर बर्षमान पुन आँउदा भने खासै फरक पर्दैन । जो अर्थमन्त्री बनेता पनि पूँजीबजारको बिषयमा नकारात्मक नबोले बजारलाइ फरक पर्दैन । बजार आफ्नै लयमा चल्छ ।’

अर्को एक ब्रोकरले भने अहिलेको सत्ता गठबन्धनले विश्वासको मत पाउने बिषयमै शंका व्यक्त गरे । ‘मधेशबादी नेताहरुको भारततर्फ धेरै झुकाव छ । चीन नजिक रहेर बनेको भनिएको यो सरकारलाई भारतको सहयोग रहने सम्भावना न्यून छ । त्यसैले अहिले बनेको गठबन्धनले विश्वासको मत पाइहल्छ भनेर भन्न सकिन्न । अन्यौल झनै बढाउने काम मात्र भएको छ।’

केहीले भने हिजोको दिनमा अर्थमन्त्रालय फरक पार्टीको हुँदा चाहेर पनि काम गर्न नसकिएको प्रधानमन्त्रीले पटक पटक भनेका स्मरण गर्दै अब भने अर्थतन्त्र सुधारको पक्षमा युद्धस्तरमा काम हुने र यसले सेयरबजारमा सकारात्मक माहौल सिर्जना गर्ने दाबी गरे । 'हिजो कांग्रेसका अर्थमन्त्री हुँदा अर्थतन्त्रमा गर्न खोजिएको तीव्र गतिको सुधार सम्भव भएन भनेर प्रधानमन्त्रीले पटक पटक भनेका छन् ।' उनले भने-'अब प्रमकै विश्वासपात्र अर्थमन्त्री बनेका छन् । अब प्रचण्डले भनेजस्तो कि त अर्थतन्त्रमा आमूल सुधार भएर जान्छ, वा प्रचण्डको अरु दलको अर्थमन्त्री हुँदा काम गर्न पाइएन भन्ने विषय झूठो सावित भएर जानेछ ।'

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाको विचारमा बजार कुनै पनि व्यक्तिलाई हेरेर चल्न हुँदैन । 'कुनै व्यक्ति आउँदैमा ठूलो उथलपुथल हुने होइन । व्यक्ति विशेषको अनुहारको भरमा बजार चल्नु भनेको लगानीकर्तामा चेतनाको कमी रहेछ भन्ने पनि देखाउँछ ।' उनले भने-'यो घटनाक्रमले अहिले घटेको मनोबल उकास्यो भने त्यो राम्रै हुनेछ ।'  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.