शनिबार, श्रावण २,२०८३ 08:49:06
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:49:06
Bizshala
Global IME Bank Limited

नेप्सेमा सूचकांक गणना विधि ५ महिनाअघिकै अवस्थामा: आज परीक्षण, कार्यान्वयन चाहिँ मंगलबारदेखि

नेप्सेमा सूचकांक गणना विधि ५ महिनाअघिकै अवस्थामा: आज परीक्षण, कार्यान्वयन चाहिँ मंगलबारदेखि
New Office

काठमाण्डौ । धितोपत्र बोर्डको सञ्चालक समितिले शनिवार सेयर कारोबारको अन्तिम १५ मिनेटको औसतका आधारमा नेप्से सूचक तथा कारोबार मूल्य गणना गर्ने विधि स्थगन गरेको थियो । यो व्यवस्थाको आज प्राविधिक परीक्षण हुने र असोज ७ गतेदेखि मात्र पूर्ण कार्यान्वयनमा ल्याइने भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले एक सूचना प्रकाशित गर्दै यस्तो जनाएको हो ।  

'नेपाल धितोपत्र बोर्डको मिति २०८२/०६/०४ को पत्रमार्फत धितोपत्र सम्बन्धी ऐन २०६३ दफा ८७ को उपदफा(१) बमोजिम प्राप्त निर्देशनअनुसार धितोपत्र कारोबार सञ्चालन विनियमावली(चौथो संसोधन) २०८१ को विनियम ११(७)मा उपविनियम (१)को खण्ड (ख) बमोजिमको सत्रमा २ः४५ बजेदेखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औषत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिनेछ । यस अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिनेछ भन्ने व्यवस्थालाई स्थगन गरी अन्तिम कारोबार मूल्यका आधारमा सूचकांक गणना गर्ने व्यवस्था मिलाइएको छ ।' नेप्सेले आफ्नो सूचनामा भनेको छः 'परिवर्तित व्यवस्थाको आज मिति २०८२/०६/०५ मा प्राविधिक परीक्षण गरी मिति २०८२/०६/०६ मा सार्वजनिक विदा परेको हुँदा तत्पश्चातको कारोबार दिनदेखि लागू गरिने व्यहोरा अनुरोध छ ।' 

योसँगै २०८१ चैत ७ गतेदेखि कार्यान्वयनमा ल्याइएको अन्तिम १५ मिनेटको औसतका आधारमा नेप्से सूचक तथा कारोबार मूल्य गणना गर्ने विधि तत्कालका लागि हटेको छ ।

यसअघि प्रकाशित समाचार:

अन्तिम १५ मिनेटको नियम स्थगन, सूचक गणना विधि सुधार्न अध्ययन गरिने

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.