शनिबार, फाल्गुन १०,२०८१ 09:40:04
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:40:04
IME remit
Global IME Bank Limited

सेयर लगानीकर्ताद्वारा आन्दोलनको घोषणाः लगानी सम्मेलनमा बृहत प्रदर्शन गर्ने चेतावनी, भोलि माइतीघरमा डेमो

Hyundai Nepal
सेयर लगानीकर्ताद्वारा आन्दोलनको घोषणाः लगानी सम्मेलनमा बृहत प्रदर्शन गर्ने चेतावनी, भोलि माइतीघरमा डेमो
Nabil Bank Limited

काठमाण्डौं । विभिन्न लगानीकर्ताहरुको संघ तथा संगठनको आह्वानमा आज भृकुटी मण्डपमा सयौं सेयर लगानीकर्ताहरु भेला भएका छन्।  

भेलाले उपेन्द्र पाठकको नेतृत्वमा थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।  

विभिन्न बक्ताहरुले सरकारले स्वदेशी लगानीकर्ताहरुको लगानी सुरक्षा गर्न नसकेको आरोप लगाए ।  

अगुवा लगानीकर्ता तिलक कोइरलाले लगानीकर्ताहरुको लगानी दैनिक घटेर खरानी हुने अवस्था आउँदा पनि सरकार मूकदर्शक बनेको आरोप लगाए । कोइरालाले अर्थमन्त्रीले कसैको प्रभावमा परेर लगानीकर्ताहरुको माग ओझेलमा पार्ने काममा सक्रिय रहेका आरोप समेत लगाए । उनले थपे-'कि त हाम्रो माग सरकारले पूरा गर्नुपर्छ, होइन भने यो जूवाघर बन्द गरिनु पर्छ । बजार दैनिक घट्दा घट्दा लगानीकर्ता सडकमा आउनुपर्ने बनिसक्यो ।' 

Shivam Cement
CG Motors
Sagarmatha Cement

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले पटक पटक स्वदेशी लगानीकर्ताहरुले माग राख्दा बेवास्ता गरेको आरोप लगाए ।  

अर्थमन्त्रीका आर्थिक सल्लाहाकारले नै पूँजीबजार नबुझेको पनि पाण्डेले आरोप लगाए । उनले आफूहरुले सांकेतिक रुपमा विरोध गर्ने पनि जनाए ।  

सरकारले विदेशी लगानीकर्ताको सम्मेलन गरेर कूम्भ मेला गर्न थालेको आरोप लगाए । उनले भने-'सरकारले स्वदेशी लगानीकर्तालाई धोका दिएर विदेशी लगानीकर्ता च्याप्न थालेको छ । यो गलत रबैयाविरुद्ध हामी एकजुट हुनुपर्छ ।'  

अहिले स्वदेशी लगानीकर्तालाई धोका दिएको सरकारले पछि गएर बिदेशीलाई पनि धोका दिने उनको दाबी छ ।  

अपर तामाकोशी जलविद्युत कम्पनीका सञ्चालक तथा  लगानीकर्ता दीपक कार्कीले एउटै लगानीकर्ता महासंघ बनाउनुपर्नेमा जोड दिए ।  

लगानीकर्ता उपेन्द्र पाठकले आफ्नो लगानी घरमा बसेर सुरक्षित नहुने भन्दै सबै लगानीकर्ताहरुलाई आन्दोलनमा उत्रिन अपील गरे । उनले लगानीकर्ताले बुझाएको कार्ययोजना अर्थमन्त्रालयमा थन्काइएको र नियोजित रुपमा बजार प्रभावित पार्ने काम गरेको आरोप लगाए । स्वदेशी लगानीकर्ता मारेर विदेशी लगानीकर्ता भित्र्याउनुको कुनै अर्थ नरहेको पनि उनले आरोप लगाए ।  

पाठकले आन्दोलनले बजार घट्छ भनेर कतिपयले तर्क गर्ने गरे पनि त्यो सही नभएको दाबी गरे ।  बजारमा लगानी गर्नेहरुले नीतिगत अस्थिरता र सरकारी रबैयाका कारण गरीब बन्नुपर्ने अवस्था बनिरहने हो भने सेयर बजार र लगानीकर्ताले कारोबार गर्ने ब्रोकर हाउस सधैंका लागि बन्द गरिनुपर्ने उद्घोष गरे  

'ब्रोकर साथीहरु ब्रोकर कमिसन आफूहरुले गर्दा घटेको भनेर हामीसँग रिसाउनुको अर्थ छैन ।' उनले भने-'अहिले कमिशन भन्दा पनि ब्रोकरहरु कसरी टिक्ने भन्ने विषय महत्वपूर्ण छ ।'  

उनले आफूहरुका माग सम्बोधन नभए लगानी सम्मेलनमा विरोध प्रदर्शन गर्ने चेतावनी समेत दिए ।  

लगानीकर्ता ऋतुजंग जीसीले पनि एउटै लगानीकर्ता संघ बनाउनुपर्नेमा जोड दिए । लगानीकर्ता सुरज खड्काले पनि एउटै लगानीकर्ता संघ बनाउन माग गरे ।  

आजको भेलाले ११ सदस्यीय आन्दोलन परिचालन समिति पनि बनाएको छ । यही समितिको अगुवाईमा भोलि(शनिवार) १ बजे माइतीघर मण्डलामा विरोधको कार्यक्रम गर्ने योजना समेत रहेको पाठकले सुनाए ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.