बुधबार, चैत्र २०,२०८१ 02:44:05
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:44:05
IME remit
Global IME Bank Limited

कांग्रेस बैठकमा नेताहरुलाई सेयर बजारविरुद्ध बोल्न रोक लगाउने प्रस्ताव

अजय शिवाकोटीले भने-'प्रधानमन्त्री नै बजार उत्साहित बनाउन लागिरहँदा हाम्रा नेताले चाहिँ संसदमा किन बोलेको ?'

Hyundai Nepal
कांग्रेस बैठकमा नेताहरुलाई सेयर बजारविरुद्ध बोल्न रोक लगाउने प्रस्ताव
Nabil Bank Limited

काठमाण्डौ । सत्ता गठबन्धन र संघीय संसद अन्तरगत प्रतिनिधिसभाको प्रमुख दल नेपाली कांग्रेसको संघीय राजधानी काठमाण्डौमा जारी केन्द्रीय समिति बैठकमा सेयर लगानीकर्ताहरुलाई भड्काउने र बजारमा देखिएको उत्साहमाथि प्रहार गर्ने गरी नेताहरुले जथाभावी बोल्ने काम बन्द हुनुपर्ने माग उठेको छ ।  

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बैठकमा प्रस्तुत प्रस्तावमाथि आफ्नो धारणा राख्दै पार्टीका केही नेताले सेयर बजारविरोधी अभिव्यक्ति दिंदा त्यसले समग्र पार्टीप्रति नकारात्मक धारणा बन्ने अवस्था बनेको र नेपाली कांग्रेस बजारको विरोधीजस्तो सेयर बजारमा छाप पर्न खोजेको भन्दै यसलाई तत्काल रोक्नुपर्ने बताएका हुन् । 

Shivam Cement
Bizshala
CG Motors

‘अहिले विश्वासको वातावरण बनाउनु पर्ने आवश्यकता छ । सरकार बनेदेखि नै प्रधानमन्त्री सहित कतिपय मन्त्रीहरु यसका लागि लाग्नु भएको अनुभूति नागरिक तहबाट गरिएको छ । यो सरकारको कामलाई राम्रोसँग जनताको बीचमा लैजान पाइयोस् भन्ने हाम्रो पनि चाहना छ । सरकारले भरोसा दिलाएका कारण निजी क्षेत्र, सेयर बजार उत्साहित भयो । बजारमा सामान्य चहलपहल देखिन पनि थाल्यो ।’ शिवाकोटीले भने–‘प्रधानमन्त्री र अर्थमन्त्री आफैं बजारलाई उत्साहित बनाउने गरी लागिरहँदा हाम्रै पार्टीका जिम्मेवार साथीहरुले संसदमा बजारलाई निरुत्साहित गराउने अभिव्यक्ति दिंदा सेयरबजार एक्कासी तल झर्यो  । लाखौं लगानीकर्ताहरुले हाम्रा पार्टीका नेताहरुलाई गाली गरिरहेका छन् । बजारले करेक्सन खोजेको थियो, हुन्थ्यो पनि । तर बेला न कुबेला संसदमै प्वाक्क बोल्दा त्यसको अपजस पार्टीले पनि उठाउनु परिरहेको छ । पार्टी बजार विरोधी जस्तो छाप पर्न खोजेको छ । आज नेपाली कांग्रेसको यो बैठकलाई लाखौं लगानीकर्ता हेरेर बसेका छन् । हामीले उनीहरुलाई विश्वास र भरोसा दिलाउने कि नदिलाउने ? प्रधानमन्त्रीसहित सहयात्री दलका नेताहरु बजारलाई उत्साहित गराउन लाग्ने अनि हाम्रा नेताहरु भड्काउन लाग्दा विश्वासको वातावरण बन्छ कि बिग्रन्छ ? सोचौं ।’  

उनले विगतमा पनि सत्ता सहयात्रीका बीचमा कुन–कुन परिस्थितिमा विश्वासको संकट पैदा भई वातावरण बिग्रिएको थियो, त्यो पनि हेक्का राख्नुपर्नेमा जोड दिए । विश्वासको आर्जन विगतमा उठाइएका कुरालाई कार्पेटमुनि छोपेर मात्र प्राप्त नहुने बताउँदै उनले आम नागरिकमा सरकार र राज्यका संचालकहरुप्रति गुम्दै गएको विश्वासको संकटको परिपूरण कसरी हुन्छ, बैठकले पहिल्याउनुपर्ने धारणा राखे ।  

‘खासमा विश्वास र भरोसा सत्तासहयात्रीहरुमा जति जरुरी छ त्यो भन्दा पनि बढी नागरिक तहमा दिलाउन जरुरी छ । बिजुली बालेको बिल खुरुखुरु तिरेको नागरिक अर्बौ रुपैयाँ बक्यौता नतिर्ने भनिएका संस्था र प्राधिकरणको जुहारी सुनेर रुष्ट छन् ।’ शिवाकोटीले थपे ।  

उनले जलविद्युतसहितका अन्य आयोजनाहरुबाट प्रभावित स्थानीय जनतालाई दिइँदै आएको शेयर ती आयोजनाको प्रमोटरलाई जस्तै ३ बर्षसम्म लकिङ पिरियडमा राख्दा उनीहरुले कारोवार गर्न नपाइरहेका समस्या समेत उठाएका छन् । ‘आयोजनाका कारण समस्या झेल्नुपर्ने स्थानीय तर अन्य सर्वसाधारणले झैं लाभ लिन बर्षौ कुर्नुपर्ने यो विभेदकारी नीतिले पनि अहिले हजारौं आयोजनाप्रभावित रुष्ट छन् । यसमा तत्काल नीतिगत संसोधन गर्न पनि यो बैठकले सरकारमा रहेका सम्बन्धित मन्त्रीलाई निर्देशन देओस् ।’ उनले अगाडि भनेका छन्–‘देशैभरका अन्य आयोजनाको विद्युत हिउँदमा ८ः४० पैसामा किन्ने प्राधिकरणले माथिल्लो तामाकोशी आयोजनालाई हिउँद र बर्खामा एउटै दर ४ रुपैयाँ मात्र दिएर यसका लगानीकर्तालाई पनि रुष्ट पारेको छ । अहिले माथिल्लो तामाकोशीको पीपीए पुनरावलोकन हुनुपर्ने मागको सम्बोधनका लागि पनि निर्णय होस् ।’    

राष्ट्रिय परिचयपत्र लिने क्रममा हजारौं सर्वसाधारणले अनेक झण्झट वेहोर्नु परेको, नागरिकता साथमा हुँदा हुँदै बनाउन लगाउनेदेखि अनेक दुख दिने काम भएका कारण नागरिक रुष्ट बनेका उल्लेख गर्दै शिवाकोटीले संघदेखि स्थानीय तहसम्म कर बुझाउन जाने सर्वसाधारण पनि खुसी भन्दा रुष्ट हुँदै फर्कने अवस्था बनेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.