आईतवार, असार १४,२०८३ 12:19:11
Bizshala
  • आईतवार, असार १४,२०८३ 12:19:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेको चार्टमा बन्यो स्पिनिङ टप क्याण्डल, अबको सम्भावना कस्तो ?

Laxmi Sunrise Bank Limited
नेप्सेको चार्टमा बन्यो स्पिनिङ टप क्याण्डल, अबको सम्भावना कस्तो ?

काठमाण्डौं । आज बजारमा दिनभर उत्तारचढाव रह्यो । आज नेप्सेमा करिब ६० अंकको उत्तारचढाव रह्यो ।  

अघिल्लो दिनको तुलनामा आज नेप्सेमा कारोबार पनि बढ्यो ।  

प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा नेप्सेको चार्टमा आज स्पिनिङ टप प्रकृतिको क्याण्डल बनेको छ । यदि सेयर तथा सूचकको सुरु तथा अन्तिम मूल्य एउटै भएर तलमाथि धागो निस्केमा स्पिनिङ टप क्याण्डल बन्ने गर्छ । 

New Office
CG Motors
Garima Development Bank

यो क्याण्डल आफैंमा अनिर्णयको क्याण्डल हो । यदि लामो समयको बढ्दो बजार तथा घट्दो बजारमा यस्तो क्याण्डल बनेमा बजारले ट्रेन्ड रिभर्सलको संकेत गर्छ । तर यसको निश्चितताका लागि भने अब बन्ने क्याण्डल महत्वपूर्ण हुनसक्छ ।  

आज २८३० मा बन्द भएको बजार आगामी कारोबारमा यदि आज बनेको क्याण्डलको उच्च विन्दु २८६० भन्दा माथि टिकेर कारोबार भएको खण्डमा बजारले अपट्रेन्ड र आजको क्याण्डलको न्यून विन्दु २८०० भन्दा तल कारोबार भएको खण्डमा बजारले डाउन ट्रेन्ड लिन पनि सक्छ ।  

बोलिङ्गर ब्याण्डमार्फत आजको बजारलाई नियाल्दा बजारले आज मध्यब्याण्डमा प्रतिरोधको सामना गरेको छ । म्याक्डीमा यसअघि बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ । यद्यपि हिस्टोग्राम नेगेटिभ रहेता पनि केही फिक्का भएको छ ।  

आरएसआई न्यूट्रल जोनबाट फर्केर हाल ५७ को तहमा पुगेको छ । समग्रमा तीनवटै इण्डिकेटरबाट नियाल्दा बजारमा अबको कारोबार महत्वपूर्ण हुनसक्ने देखिन्छ ।  

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस होइन ।)  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.