बुधबार, माघ २३,२०८१ 12:38:17
IME remit
  • बुधबार, माघ २३,२०८१ 12:38:17
IME remit
Global IME Bank Limited

एकदिन पनि टिकेन बैकिङ्गको उछालः सेक्टर फेर्दै कुस्त कमाउँदै, नेप्सेको अलटाइम हाई चाँडै ब्रेक हुने विज्ञको अनुमान

Hyundai Nepal
एकदिन पनि टिकेन बैकिङ्गको उछालः सेक्टर फेर्दै कुस्त कमाउँदै, नेप्सेको अलटाइम हाई चाँडै ब्रेक हुने विज्ञको अनुमान
Nabil Bank Limited

काठमाण्डौ । मौद्रिक नीति सार्वजनिक भएपछि सेयरबजारको बैकिङ्ग समूहको सूचकमा एकाएक उछाल आएको थियो । तर बजारमा आएको त्यो रौनक एकदिन पनि टिक्न सकेन । किन ?  

अघिल्लो दिन बजारमा ११३.४२ अंकको बृद्धि हुँदा बैकिङ्ग इन्डेक्स मात्रै ९.८९ प्रतिशतले बृद्धि भएको थियो । अधिकांश कमर्सियल बैंकहरुको सेयरमा सकारात्मक सर्किट लागेको थियो ।  

लामो समयपछि बैकिङ समूहमा आएको उछाल एकदिन पनि टिक्न नसक्दा आज बजार दोहोरो अंकले घट्न पुगेको छ । 

Bizshala
CG Motors
Sagarmatha Cement

सेयरबजारको इतिहास हेर्दा बैकिङ इन्डेक्स बढ्दा समग्र बजार नै बढेको हुन्थ्यो । अघिल्लो दिन बैकिङ समूहमा सकारात्मक सर्किट लाग्दा बजारमा उछाल नै आएको थियो । तर आज बैकिङ समूह ०.०३ प्रतिशतले घट्दा नेप्से इन्डेक्स नै २०.४६ अंकले घट्न पुगेको छ ।

आज फाइनान्स र हाइड्रोपावर समूह बढेका छन् भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । बजारमा सेक्टर रोटेसन हुने भएकाले आज बैकिङ समूह घटेको हुनसक्ने बजार जानकाहरुको भनाई छ ।  

एउटै सेक्टरमा पनि केही राम्रा कम्पनी र केही खराब हुने भएकाले लगानीकर्ताहरु बैंकको सेयरबाट नाफा बुक गरी अर्को सेक्टरमा सिफ्ट भएको हुनसक्ने बजार जानकार सरोज भट्टराई बताउँछन् ।  

‘बैंकहरुको सेयरभाउ लामो समयपछि ह्वात्तै बढेको छ, लामो समयसम्म होल्ड गरेर बसेका लगानीकर्ताले बैंकको सेयर फालेर अर्को सेक्टरमा सिफ्ट भएको हुनसक्छ’ उनले भने, ‘विगतको इतिहासलाई हेर्ने हो भने जुन दिन बैकिङ समूह चम्किन्छ, त्यसको भोलिपल्ट बजारमा करेक्सन आएकै हुन्छ, यसर्थ आज पनि त्यहि नै भएको हो ।’

साथै आजको मार्केटको अवस्था हेर्दा सप्लाई बढी भएको देखिन्छ । लगानीकर्ताहरुले बैंकको सेयरबाट २०÷३० प्रतिशतसम्म नाफा बुक गर्दा बजार घटेको हुनसक्ने भट्टराईको भनाई छ ।  

‘आजको बजार घट्नु मुख्य कारण पनि प्रफिट बुक हो, तर बजारलाई बलियो र दीर्घकालिन बनाउन यसरी करेक्सन पनि आउन जरुरी छ’ उनले भने, ‘लगानीकर्ताहरुमा बजार ३२ सयको विन्दु र २२ अर्बको कारोबार भन्ने मनोवैज्ञानिक प्रभाव परेकाले पनि बजारमा करेक्सन आउँदा आत्तिहाल्ने प्रवृत्ति छ, तर बजारलाई सस्टेनेबल बनाउन करेक्सन पनि आवश्यक छ ।’

बैंकिङ समूहपछि अब बजारमा बीमा समूह चम्किन सक्ने भट्टराई बताउँछन् ।  

मौद्रिक नीतिमा बैंकहरुले दिनहुँ सेयर किनबेच गर्न पाउने व्यवस्था  भएसँगै बैंकहरुले लामो समयका लागि बीमा कम्पनीहरुको सेयर किन्नसक्ने भट्टराईको अनुमान छ ।  

‘मौद्रिक नीतिमा बैंकहरुले अब दिनहुँ सेयर खरिदबिक्री गर्न पाउने व्यवस्था सिर्जना भएको छ, यसआधारमा पनि अब बैंकहरुले आधारभुत पक्ष बलिया भएका कम्पनीहरु छनोट गर्न सक्नेछन्, जसमा बीमा कम्पनीहरु पर्न सक्छन्’ उनले भने, ‘बैंकहरुले बैंककै सेयर किन्न नपाउने भएकाले दीर्घकालिनका लागि बैंकले लाभांश दिनसक्ने बीमा कम्पनीहरु छान्न सक्छन ।’

साथै अबको बजारमा लगानीकर्ताहरुले भने राम्रा हाइड्रो कम्पनी चलाउन सक्ने उनले बताए । ‘छोटो समयमै प्रतिलफ पाउन सक्ने सम्भावना हुँदा अबको बजारमा लगानीकर्ताहरुले हाइड्रो सेक्टर चलाउन सक्छन्’ उनले भने, ‘बुलिस ट्रेन्डमा चलेको बजारमा लगानीकर्ताले लो क्याप भएका कम्पनीभन्दा पनि आधारभुत पक्ष बलिया भएका कम्पनी छनोट गर्न सक्नेछन् ।’

साथै बैकिङ समूह नै पनि फेरी चल्नसक्ने भट्टराईको भनाई छ । ‘आज करेक्सन आउँदैमा बैकिङ समूहको सम्भावना सकियो भन्न मिल्दैन’ उनले भने, ‘यहि रफ्तारमै बजार चल्ने हो भने फेरी बैकिङ इन्डेक्समा उछाल आउनसक्छ, तर यसमा लगानीकर्ताहरुले ध्यान दिनुपर्छ ।’

त्यस्तै, अर्का बजार जानकार बिरेन्द्र विष्ट पनि अबको बजारमा लगानी समूह र हाइड्रो समूह चम्किनसक्ने बताउँछन् ।  

‘अबको बजारमा हाइड्रो र इन्भेष्टमेन्ट समूह चम्किनसक्ने सम्भावना बढी छ, यस्ता कम्पनीहरुको प्रफिट कतिसम्म हुन सक्छ भनेर क्याल्कुलेट गर्न सकिन्छ’ उनले भने, ‘लगानी समूहका कम्पनीहरुमा लगानी गर्दा कति समयमा कति प्रतिशतसम्म प्रतिफल पाउन सकिन्छ भनेर अनुमान गर्न सकिन्छ, यसआधारमा यो समूह पनि बढ्दो बजारमा चम्किन सक्छ ।’

साथै हकप्रद सेयरका कारण अबको समयमा हाइड्रो समूह पनि चम्किनसक्ने विष्टको भनाई छ । बैकिङ समूहमा एकैदिन करिब १० प्रतिशतसम्म बृद्धि हुँदा टिक्न नसकेको उनी बताउँछन् । ‘बैंकहरुको सेयरभाउ ओभरभ्यालु भएकाले पनि टिक्न नसकेको हो, एकैदिन सबै बैंकहरुको सेयर सर्किट लागेको मैले पहिलो पटक नै देखेको हो’ उनले भने, ‘यसरी अप्रत्यासित ढंगबाट सेयरमूल्य बढ्दा कम्पनीको सेयरभाउ टिक्न भने सक्दैन ।’

अर्का बजार जानकार छोटेलाल रौनियार भने बैंकिङ समूह घटेपनि यो सामान्य नै रहेको बताउँछन् ।  

‘केही समययता हेर्दा बजारमा बैंकिङ समूह राम्रै बढ्दै आइरहेको छ, हिजोको तुलनामा आज बैंकहरुको सेयर केही घट्न पुगेको छ तर यसलाई टिक्नै नसकेको र अब घट्दै जाने भन्न मिल्दैन’ उनले भने, ‘बैकिङ समूह घटेपनि केही बैंकहरुको सेयरमूल्य आज पनि बढेको छ, यसमा हतोत्साहित बनिहाल्नुपर्ने अवस्था छैन ।’

मौद्रिक नीति सेयरबजारका लागि सकारात्मक भएकाले लगानीकर्ताहरु आत्तिहाल्नुपर्ने अवस्था नरहेको रौनियार बताउँछन् ।

‘ओली सरकार आएपछि बजार ५ सय अंकले बढीसकेको छ, केन्द्रीय बैंक र सरकारको ट्युनिङ मिलेको छ, यसकारण सेयरबजार करेक्सन हुँद माथि उक्लिने बढी सम्भावना छ’ उनले भने, ‘आजको मार्केटको अवस्था हेर्ने हो भने कारोबार रकम पनि बढेको छ, यसलाई सकारात्मक रुपमा लिनुपर्छ, लगातार बजार बढ्दा पनि लगानीकर्ताको लागि राम्रो हुँदैन, बजारमा करेक्सन पनि जरुरी छ ।’

बजार यसरी नै करेक्सपछि बढ्दै जाने हो भने सबै सेक्टरका कम्पनी चल्दै जाने रौनियारले बताए । ‘सबै कुरा सकारात्मक छ, बजार बढ्नसक्ने आधारहरु थुप्रै छन्, करेक्सन हुँदै बजार अघि बढ्यो भने मार्केट दीर्घकालिन र बलियो बन्नसक्छ’ उनले भने, ‘बैंकहरुमा पनि तरलता फालाफाल छ, जबसम्म बजारमा लगानी गर्ने पैसा छ बजार ह्वात्तै घट्ने सम्भावना न्यून हुन्छ, यहि आधारमा बजार बढ्दै जाने हो भने बजारले ३२ सयको रेकर्ड तोड्ने पक्का छ ।’

कारोबारको आधारमा अबको बजारमा बीमा, माइक्रोफाइनान्स र हाइड्रो समूहहरु चल्नसक्ने रौनियार बताउँछन् । ‘बढ्दो बजारमा कारोबार पनि बढिरहेको छ, यसरी नै बजार बढ्दै जाने हो भने सबै सेक्टर चल्नसक्छ’ उनले भने, ‘कारोबारको आधारमा हेर्ने हो भने अब बीमा समूह, हाइड्रो र माइक्रोफाइनान्स समूह पनि चम्किन सक्ने सम्भावना छ ।’

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.