आईतवार, श्रावण ३१,२०८३ 06:37:49
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 06:37:49
Bizshala
Global IME Bank Limited

बुलिस ट्रेण्डको करामत: १३ दिनमै लगानीकर्ताको सम्पत्तिमा ५ खर्बको बढोत्तरी

Prabhu Bank Limited
बुलिस ट्रेण्डको करामत: १३ दिनमै लगानीकर्ताको सम्पत्तिमा ५ खर्बको बढोत्तरी
New Office

काठमाण्डौ । जब सेयर बजारमा बुलिस ट्रेण्ड सुरु हुन्छ, लगानीकर्ताहरुले सेयरमा खन्याएको सम्पत्ति समेत रकेटको गतिमा बढ्न थाल्छ । नेपाली सेयर बजारमा कांग्रेस एमाले गठबन्धनको सरकार बन्ने निश्चित भएदेखि नै सुरु भएको बुलिस यात्रा तीव्र गतिमा बढिरहेको छ । फलस्वरुप लगानीकर्ताको सम्पत्ति समेत रकेटमा गतिमा बढ्न थालेको छ ।  

नेप्से परिसूचक विगतमा ४ दिनको अवधिमा तीन दिन उछालको गतिमा दौडिएको छ । एकदिन सामान्य करेक्सन आएको बजारमा पछिल्लो दुई दिनले त उत्साह नै जगाइदिएको छ । पछिल्लो दुई दिन मंगलबार र बुधबार मात्रै नेप्से परिसूचक क्रमशः ७० र ५४ अंकले बढेको छ । कारोबार रकम पनि क्रमशः ९ अर्ब माथि र १२ अर्ब माथि पुगेको छ । 

CG Motors

यसरी तीव्र गतिमा दौडिएको परिसूचकसँगै टर्नओभर समेत उसैगरी बढ्दा लगानीकर्ताको सम्पत्ति हेर्दा हेर्दै रकेटको गतिमा बढ्न थालेको छ ।  

सोमबार बजार बन्द हुँदा कुल बजार पूँजीकरण ३५ खर्ब ५३ अर्ब रुपैयाँ थियो । मंगलबार एकैदिन पूँजीकरण बढेर ३६ खर्ब ६६ अर्ब पुग्यो । बुधबार अझ बढेर ३७ खर्ब ५१ अर्ब पुग्यो ।  

यसरी हेर्दा सोमबारको तुलनामा मंगलबार लगानीकर्ताहरुको सम्पत्ति एकैदिन १ खर्ब १३ अर्बले बढेको छ । यो क्रमले बुधबार अझ तीव्र पायो । मंगलबारको तुलनामा बुधबार सेयर लगानीकर्ताको सम्पत्ति एकैदिन ८५ अर्बले बढ्न पुग्यो ।  

जुलाई महिनाभर बजार बुधबार समेत जोडी कुल १३ दिन खुलेको छ । १३ दिनअघि अर्थात जुलाई १ मा बजार बन्द हुँदा नेप्सेको कुल पूँजीकरण ३२ खर्ब ५६ अर्ब रुपैयाँ थियो । यसरी १३ कारोबार दिनको अन्तरमा कुल बजार पूँजीकरण झण्डै ५ खर्बले बढेको देखिएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.