बुधबार, चैत्र २०,२०८१ 02:17:12
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:17:12
IME remit
Global IME Bank Limited

निगरानी बढेपछि कोड भाषाबाट हुन थाल्यो सेयर बजारमा चलखेल, खेलाडीका अनेक जुक्ति

Hyundai Nepal
निगरानी बढेपछि कोड भाषाबाट हुन थाल्यो सेयर बजारमा चलखेल, खेलाडीका अनेक जुक्ति
Nabil Bank Limited

काठमाण्डौ । सामाजिक सञ्जालहरुमा कम्पनी(स्क्रिप्ट)को नामै तोकेर सेयर बजारमा चलखेल तीव्र भएपछि नियामक निकायले निगरानी बढाएको छ ।  

नामै तोकेर चलखेल गर्न खोज्ने तथा लगानीकर्ताको खरीदबिक्रीको निर्णय प्रभावित पार्न खोज्नेहरुलाई निगरानीमा राख्न थालेको सूँइको पाएपछि खेलाडीहरुले निर्देशित र भित्री कारोबारको मोडालिटी परिवर्तन गरेका छन् ।  

अब क्लबहाउसदेखि फेसबुकसम्मका सामाजिक सञ्जालहरुमा कोड भाषा प्रयोग हुन थालेको छ । निश्चित संख्याका लगानीकर्ताको ग्रुप बनाएर त्यहाँ घण्टौसम्म भोलिपल्ट किनबेच गर्नुपर्ने कम्पनी अघिल्लो दिन नै तोक्ने काम जारी छ । 

Shivam Cement
Bizshala
CG Motors

निर्देशित कारोबारमा पछिल्लो समय बद्नामी कमाएका केही ठूला खेलाडीहरु पनि कोड भाषामा कुरा गरिरहेका भेटिन्छन् ।  

फेसबुकमा लगानीकर्ताहरुले नेपाल फाइनान्स(अर्थात एनएफएस)लाई नट फर सेलको नामबाट प्रचार प्रसार गर्न थालेका छन् । नट फर सेल(अर्थात एनएफएस) राखेर लगानीकर्ताहरुले कोड भाषामा नेपाल फाइनान्स किन्न वा बिक्री गर्न उक्साइरहेको दैनिक भेट्न सकिन्छ । 

फाइनान्स समूहकै अन्य कम्पनीको नामहरुमा चलखेल गर्नेहरुले पनि कोड भाषा प्रयोग गर्न थालेका छन् । जस्तो: पोखरा फाइनान्सको विषयमा चलखेल गर्नुछ भने क्लब हाउसमा पोखरा जानुपर्छ भन्ने गरिएको छ । ‘अब भोलिदेखि पोखरा गएर रमाइलो गर्ने हो । पोखरा त पोखरा नै हो नि ।’ केही साताअघि क्लब हाउसमा लगानीकर्ताले पोखरा फाइनान्सले यसरी प्रचार प्रसार गरेका थिए । प्रचार प्रसार गरेको भोलिपल्टदेखि पोखरा फाइनान्सको सेयरमूल्य बढ्न थालेको थियो ।  

लगानीकर्ताहरुले गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सको प्रचार प्रसार गर्नुपरेमा ‘गुहेश्वरी गएर पूजा गर्नुपर्छ, राम्रो प्रतिफल प्राप्त हुन्छ भन्ने गरेका छन् ।  

प्रभू बैंकको सेयरको विषयमा निर्देशित कारोबार गर्नेहरुले ‘प्रभूले चाहनुभयो भने हामी सबैको कल्याण हुन्छ’ जस्ता भाषा प्रयोग गर्ने गरेका भेटिएको छ ।  

गुड्विल फाइनान्सको कुरा गर्दा ‘हामी लगानीकर्ताहरुले बजार र आफ्नै गुडविल पनि जोगाउने बेला भएको छ’ भन्ने गरिएको छ । 

मञ्जुश्रीको कुरा गर्नुपर्दा खेलाडीले ‘साथीहरुले मञ्जुश्रीको आँट र साहसको  कथा त सुन्नुभएकै होला, हो बजारबाट कमाउने हो भने मञ्जुश्रीकै जस्तो साहस चाहिन्छ’ भन्ने गरिएको छ ।  

हिमालयन डिस्टीलरीको सेयरले डूबाएको विषयमा क्लब हाउसमा पटक–पटक कोड भाषामै कुरा हुने गर्छ । ‘रक्सी धेरै खाएर हानी नै गर्ने रहेछ, अब रक्सीको पछि लाग्नु हुँदैन’ भन्ने खालका कोड वाक्य लगानीकर्ताले प्रयोग गर्ने गरेका छन् ।  

किन चल्न थाल्यो कोड भाषा ?

लगानीकर्ताहरुका अनुसार पछिल्लो समय धितोपत्र बोर्डले गुपचुप रुपमा ठूला र बजारका चर्चित लगानीकर्ताको गतिविधिप्रति चासो बढाउन थालेको छ । उनीहरुको सामाजिक सञ्जालमा निगरानीदेखि लिएर उनीहरुले गर्ने कारोबारमा समेत चासो दिन थालिएको छ । यतिसम्म कि केही लगानीकर्ताहरुले त प्रयोग गर्ने टिएमएसको आईपी ठेगानादेखि लिएर ब्रोकरहरुसँग उनीहरुले कारोबार गर्ने आफन्तका आइडी, तिनीहरुमा उपलब्ध गराइएको लिमीट, उधारो कारोबार लगायतका विषयमा समेत कडाई गर्दै आएको छ ।  

एकाएक सामाजिक सञ्जालमा हुने खुलेआम प्रचारप्रसार निगरानीमा पर्न थालेपछि चलाख लगानीकर्ताले कोड भाषा प्रयोग गर्ने क्रमलाई तीव्रता दिएका हुन् ।  

कोड भाषाबाट भन्न नसकिने स्क्रिप्टहरुको प्रचार प्रसार भने लगानीकर्ताहरुले फेक फेसबुक आइडी बनाएर खुलेआम प्रचारप्रसार गर्दै आएका छन् ।  

सामाजिक सञ्जालहरुमा यसरी लगानीकर्ताको स्वविवेकी निर्णय प्रभावित पारी चलखेल गर्ने समूहरु तीव्र रुपमा सक्रिय भएपछि यस्ता गतिविधिलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा  पछिल्लो समय धितोपत्र बोर्डमा छलफल हुने गरेको छ ।  

बोर्डका एक अधिकारी भन्छन्–‘हामीले निगरानी त बढाएका छौं । तर अझै पुगेन भन्नेछ । हामी अन्तरनिकाय समन्वय गरी सामाजिक सञ्जालमार्फत हुने इन्साइडर तथा सर्कुलर ट्रडिङ लगायतका विकृतिहरुमाथि नियन्त्रणको प्रयास जारी राख्नेछौं । गलत ढंगले लगानीकर्ताको निर्णय र बजार प्रभावित पार्नेहरुलाई अब कारबाही नगरिए सोझा लगानीकर्ता डूब्ने खतरा बढेको छ।’ 

ती अधिकारीले पछिल्लो समय केही फाइनान्स कम्पनीमा यस्तै प्रवृति देखिएको र अहिले सामान्य लगानीकर्तामा रुवाबासी भएको उल्लेख गर्दै सेयर बजारको विषयमा सचेतना अभियान नै सञ्चालनको आवश्यकता रहेको उल्लेख गरे ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.