बुधबार, माघ २३,२०८१ 12:35:47
IME remit
  • बुधबार, माघ २३,२०८१ 12:35:47
IME remit
Global IME Bank Limited

बजारमा बढ्दैछन् हुस्सु लगानीकर्ता, सेयर बेचेपछि इडीआइएस नगर्दा दुई महिनामै तिरे ५ करोड बढी जरीवाना

Hyundai Nepal
बजारमा बढ्दैछन् हुस्सु लगानीकर्ता, सेयर बेचेपछि इडीआइएस नगर्दा दुई महिनामै तिरे ५ करोड बढी जरीवाना
Nabil Bank Limited

काठमाण्डौ । सीडीएसीको पछिल्लो तथ्याङ्कअनुसार आथिर्क वर्ष २०८१/८२ को २ महिनामा लगानीकर्ताहरुले ५ करोड १२ लाख रुपैयाँ क्लोजआउटबापतको जरीवाना तिरेका छन् । यसबाट सेयर कारोबारमा लगानीकर्ता अझै पनि सचेत छैनन् वा उनीहरुसम्म प्रभावकारी ढंगले सेयर शिक्षा पुगेको छैन भन्ने देखिन्छ ।  

गएको २ महिनमा नै ५ करोड जरिवना निकै धेरै हो । यस्तो जरिवाना गएको बर्षभरिमा २०८०/८१ मा लगानीकर्ताहरुले जाम्मा ६ करोड ६५ लाख २७ हजार रुपैयाँ मात्र तिरेका थिए । हुन त, यो दुई महिनामा कारोबार पनि धेरै भएका कारण समेत क्लोजआउटबापत तिरिएको रकमको आकार बढेको हो । तर, बजारमा लगानीकर्ता बढ्दै जाँदा उनीहरुलाई कारोबारको विषयमा पूर्ण ज्ञान नहुँदा यस्तो समस्या आएको सहजै आँकलन गर्न सकिन्छ । यसले कारोबार वा बजारको पूर्ण ज्ञान प्राप्त नै नगरी लगानीकर्ता बजार छिरिरहेका छन् भन्ने पक्षलाई पनि उजागर गरिदिएको छ । 

Bizshala
CG Motors
Sagarmatha Cement

आर्थि वर्ष २०७९/८० मा लगानीकर्ताले समयमै ईडीआईएस नगर्दा २० प्रतिशत जरिवानास्वरुप ४ करोड १७ हजार रुपैयाँ तिरेका थिए । यो रकमको २५ प्रतिशत आकस्मिक जरिवाना कोषमा जाने गर्छ भने बाँकी किन्ने लगानीकर्तालाई ब्रोकरहरुले दिने गर्छन ।  

सीडीएसीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा क्लोजआउटबापत लगानीकर्ताहरुले १५ करोड ३४ लाख रुपैयाँ बढी तिरेका थिए । यस्तै आर्थिक वर्ष २०७८÷७९ मा भने क्लोजआउटबापत ९ करोड ७८ लाख ९४ हजार रुपैयाँबराबरको रकम लगानीकर्ताले जरिवाना स्वरुप तिरेका थिए ।  

आर्थिक वर्ष २०७९/८० मा भने लगानीकर्ताले तिर्ने क्लोजआउट बापत जरिवाना आधाभन्दा बढीले घटेको सीडीएससीको तथ्याङ्कले देखाउँछ ।  

विभिन्न कारणले बिक्री गरेको सेयर समयमै हस्तान्तरण नहुँदा प्रायः लगानीकर्ता क्लोजआउट पर्ने गर्छन् । सेयर बेचेको २४ घन्टाभित्र अनिवार्य रुपमा ‘मेरो सेयर’मा गएर ईडीआईएस गर्नुपर्छ । तर, धेरै नयाँ लगानीकर्तालाई अहिले पनि सेयर बेचेपछि आफ्नो काम सकिएको र ‘मेरो सेयर’मा गएर अनिवार्य रुपमा ईडीआएस गर्नुपर्छ भन्ने थाहा नभएको पाइन्छ ।  

त्यसैले ‘मेरो सेयर’ आफ्नो सेयर फ्री रहेको छ वा छैन भन्ने यकिन गर्न पनि लगानीकर्ताहरु चुक्ने गरेका छन्। जसका कारण सेयर हस्तान्तरण नहुँदा लगानीकर्ताहरु क्लोजआउटको जरीवानामा पर्ने गरेका छन् ।

अहिले बजार पूर्ण रुपमा प्रविधिमैत्री पनि बनेको छ ।  ९० प्रतिशत लगानीकर्ताले अहिले अनलाइन प्रणालीबाटै कारोबार गरिरहेका छन्।

सेयर बजारमा आकर्षण बढेसँगै क्लोजआउटको समस्या भने यथावत नै रहेको छ। प्रविधिमैत्री बजारमा क्लोजआउटको समस्या कम हुँदै जानुपर्ने तर्क भइरहेकै बेला विभिन्न कारणले यो समस्या रही नै राखेको देखिन्छ।  

Muktinath Bikas Bank Limited

कसरी जोगिने ?  

खासगरी क्लोजआउट हामीले सेयर बेचेपछि समयमै ईडीआईएस (सेयर हस्तान्तरण) नगर्दा तिर्नुपर्ने जरिवाना हो। अहिले सीडीएससीले टी प्लस वानको सेटलमेन्ट व्यवस्था गरेको छ । यो नियमअनुसार हामीले आज सेयर बेचेको भोलिपल्ट दिउँसो ३ बजेसम्म मेरो सेयरमा गएर सेयर हस्तान्तरण गर्नुपर्छ । अन्यथा, बेचेको सेयरको कुल मूल्यमा २० प्रतिशतले जरिवना तिर्नुपर्ने हुन्छ । तर, तोकिएको समयमै बेचेको सेयर हस्तान्तरण गरियो भने क्लोजआउटबाट बच्न सकिन्छ ।  

सबैभन्दा पहिले मेरो सेयरमा भएको ब्यालेन्सअनुसार नै सेयर बेच्ने गर्नुपर्छ । टीएमएसमा भएको डीपी होल्डिङमा यथार्थ रेकर्ड नहुन सक्छ । अहिले क्लोजआउटमा पर्नुको मुख्य कारण टीएमएको डीपी होल्डिङको त्रुटि नै हो । यसै त्रुटिलाई लगानीकर्ताले ख्याल नगर्दा धेरै लगानीकर्ता क्लोजआउटमा पर्ने गरेको देखिन्छ ।

क्लोजआउटबाट बच्ने दोस्रो उपाय भनेको यदि ठूलो कारोबार गरेको खण्डमा दैनिक एउटा नोट बनाउनु हो । हरेका दिन दिउँसो ३ बजेपछि आफ्नो नोटमा बेचेको सेयरको हिसाब राख्न र सोही दिन साँझ ६ बजेपछि तुरुन्त ईडीआईएस गर्न भुल्न हुँदैन   

तेस्रो भनेको आफ्नो ब्रोकरलाई चुस्तदुरुस्त राख्नुपर्छ । आफ्नो हरेका कारोबारको मोबाइलमा अनिवार्य म्यासेज पठाउन ब्रोकरलाई आग्रह गर्न सकिन्छ । यदि कोहि  विदेशमा छ भने अनिवार्य आफ्नो कारोबारलाई ईमेल गर्न लगाउन सकिन्छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.