शनिबार, श्रावण २,२०८३ 08:44:37
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:44:37
Bizshala
Global IME Bank Limited

अन्तिम १५ मिनेटको विषयमा नेप्सेले गर्‍यो यस्तो निर्णय, शनिवार बस्ने सेबोनको बोर्डबाट हट्दै

अन्तिम १५ मिनेटको विषयमा नेप्सेले गर्‍यो यस्तो निर्णय, शनिवार बस्ने सेबोनको बोर्डबाट हट्दै
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले सेयर बजारको अन्तिम १५ मिनेटको औसतका आधारमा सूचक गणना गर्ने विषयमा आवश्यक निर्देशन दिन प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)लाई अनुरोध गर्ने निर्णय गरेको छ ।  

नेप्सेको बिहीबार साँझ बसेको बोर्ड बैठकले अन्तिम १५ मिनेटको औसतको विषयमा निर्देशन जारी गर्न अनुरोध गर्ने निर्णय गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । 

अब धितोपत्र बोर्डले यस विषयमा आवश्यक निर्देशन दिनेछ । धितोपत्र बोर्डले समेत अन्तिम १५ मिनेटको औसत सम्बन्धी हालको व्यवस्था हटाउनका लागि आवश्यक निर्णय गर्न  शनिवार(भोलि) सञ्चालक समितिको बैठक बोलाएको छ ।  

नेप्सेबाट जाने लिखित अनुरोध सो बैठकमा पेश हुने र सोही आधारमा बोर्डले अन्तिम १५ मिनेटको औसत सम्बन्धी नियम हटाउन नेप्सेलाई आवश्यक निर्देशन दिनेछ । 

लगानीकर्ताहरुले अन्तिम १५ मिनेटको औसत सम्बन्धी नियमका कारण आफूहरुको मनोबल खस्किएको भन्दै हटाउन माग गर्दै आएका छन् । यो विषयमा केही समयअघि धितोपत्र बोर्डले पनि एक अध्यन समिति समेत बनाएर काम गरिरहेको थियो ।  

जेनजी आन्दोलनका कारण केही दिन बन्द भई हिजो(बिहीबार) खुलेको बजार एकपछि अर्को नेगेटिभ सर्किट लाग्दै ६ प्रतिशतले घटेपछि चाँडै बन्द भएको थियो । केही मिनेटको अन्तरालमा नेप्से १६०.३३ अंकले घटेको थियो भने लगानीकर्ताले २ खर्ब बढी सम्पत्ति गुमाएका थिए ।  

यो दिन बजारका लगानीकर्ता बढी नै अत्तालिएका कारण खरीद गर्ने अत्यन्त न्यून र बिक्री गर्नेको लहर नै देखिएको थियो ।  

बजारमा प्यानिक अवस्था आएपछि लगानीकर्ताहरुले १५ मिनेट सम्बन्धी नियम तत्काल खारेज हुनुपर्ने भन्दै धितोपत्र बोर्ड पुगेर धर्ना दिएका थिए ।  

त्यहाँ पुगेका लगानीकर्तालाई सोबेला अर्थमन्त्रालयमा रहेका धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले माग सम्बोधन हुने वचन दिएपछि उनीहरु फर्किएका थिए ।

अध्यक्ष श्रेष्ठले लगानीकर्ताहरुलाई सम्बोधन गर्दै भनेका थिए ः आइतबार बजार खुल्नुअघिसम्म १५ मिनेटसम्बन्धी अहिलेको व्यवस्था हट्छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.