शनिबार, फाल्गुन १०,२०८१ 09:53:38
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:53:38
IME remit
Global IME Bank Limited

दर्जनौं कम्पनीको सेयरमूल्य अंकितमूल्य नजिक, कुन-कुनमा छ खरीद अवसर ?(सूचीसहित)

Hyundai Nepal
दर्जनौं कम्पनीको सेयरमूल्य अंकितमूल्य नजिक, कुन-कुनमा छ खरीद अवसर ?(सूचीसहित)
Nabil Bank Limited

काठमाण्डौ । सत्ता समीकरण परिवर्तनसँगै सोमबार बजार परिसूचकमा उछाल आएको छ । सेयर बजार खुलेदेखि नै अत्यधिक माग आएपछि नेप्सेले तीनपटक सर्किट लगाउनुपर्ने अवस्था बन्यो र बजार निकै ठूलो अंकले बढेर बन्द भयो ।  

बजारमा एकाएक उछाल आएसँगै कतिपयले यसलाई बुलको सुरुवात पनि भनेका छन् । हुन पनि लामो समयदेखि घटेको बजार तल्लो विन्दूमा छ । कतिपय कम्पनीहरुको सेयरमूल्य निकै तल आइसकेको छ । बजार लगातार घटेको बेला नै हो खरीद गर्ने अवसर पनि । यस्तो अवसर फेरि फेरि नआउन पनि सक्छ । लगातार बजार घटिरहेका कारण दर्जनौ कम्पनीको मूल्य आईपीओ मूल्य नजिक छ । आफ्नै पूँजी हुनेहरुले यसबेला सस्तोमै सेयर उठाएर होल्ड गर्न सके केही महिनाकै अन्तरालमा नसोचेको रिटर्न बुक गर्न सक्छन् । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २७१ कम्पनी सूचीकृत छन् ।

सूचीकृत कम्पनीहरुमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५८.६ प्रतिशत रहेको छ । साथै हाइड्रोपावर कम्पनीहरुको हिस्सा १५.३ प्रतिशत र लगानी कम्पनीको हिस्सा ७.७ प्रतिशत छ ।

बजार पुँजीकरणको ठूलो हिस्सा रहेका कम्पनीहरुकै सेयरभाउ पछिल्लो समय अंकित मूल्यकै हाराहारीमा पाइन थालेको छ । नेपाल धितोपत्र बोर्डको प्रचलित नियमअनुसार साधारण सेयरको अंकित मूल्य साधारणत १०० रुपैयाँ रहेको छ ।  

सेबोनबाट साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति पाएर अंकित मूल्य १०० रुपैयाँमा सेयर जारी गरेका केही कम्पनीहरुको सेयरभाउ यतिबेला आईपीओकै मूल्य नजिक पुगेको छ ।  

प्रतिकित्ता १०० रुपैयाँमा लगानी गरेको कम्पनीको सेयरभाउ सय रुपैयाँकै हाराहारीमा पुग्दा लगानीकर्ताले लामो समयसम्म गरेको लगानी ‘हात लाग्यो सुन्ना’ भनेजस्तो भएको छ ।  

सूचीकृत कम्पनीहरुमध्ये अधिकांश कमर्सियल बैंक र हाइड्रोपावर कम्पनीका सेयर अंकित मूल्यकै हाराहारीमा छ । सय रुपैयाँमै लगानी गरेको कम्पनीको सेयरभाउ वर्षौ वर्ष बितिसक्दा पनि सो मूल्यकै हाराहारीमा पुग्दा लगानीकर्ताहरुले रिटर्न पाउन सकेका छैनन् । लगानीकर्ताको लगानी सो खालका कम्पनीका स्टकमा होल्ड भएको छ ।  

सेयरभाउ घट्दा वा अंकित मूल्यकै आसपासमा पुग्दा लगानी गर्न उचित रहने लगानीकर्ताहरुले बताएपनि सो कम्पनीको अधिकतम सेयरभाउ कति पुगेको छ त्यो हेरेर लगानी गर्नुपर्ने बजार जानकारहरु बताउँछन् ।  

नेप्सेमा १९ वटा वाणिज्य बैंकहरु सूचीकृत छन् । जसमा ९ वटा बैंकको सेयरभाउ अंकित मूल्यकै हाराहारीमा छ । सबैभन्दा सस्तो कुमारी बैंकको सेयर प्रतिकित्ता १५० रुपैयाँमै पाइएको छ ।  

त्यस्तै, प्रभु बैंकको १५१.९० रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १६९ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १६७ रुपैयाँ, माछापुच्छ्रे बैंकको १८६.१० रुपैयाँ, एनएमबी बैंकको १८४.९० रुपैयाँ, ग्लोबल आइएमई बैंकको १९५.८० रुपैयाँ, हिमालयन बैंकको १९०.५० रुपैयाँ र प्राइम कमर्सियल बैंकको १९५.९० रुपैयाँ रहेको छ ।  

बजारमा कम्पनीका स्टकहरु सस्तिदै जाँदा लगानीको लागि उचित समय हुन सक्ने बजार जानकारहरु बताउँछन् । बजारमा कम्पनीको वित्तीय अवस्थाले सेयरमूल्यमा प्रत्यक्ष प्रभाव पार्न सक्छ । यदि कुनै कम्पनीको सूचीकृत सेयर संख्या बढी छ भने त्यो कम्पनीको सेयर सस्तोमा पाइन सक्छ ।  

सेयर संख्या बढी भएपछि बजारमा आपूर्ति बढी हुन जाँदा सो खालका कम्पनीको सेयरभाउ कम मूल्यमा झर्न सक्ने बजार जानकारहरु बताउँछन् । दोस्रो बजारमा वाणिज्य बैंकहरुको सेयर संख्या अन्य कम्पनीको तुलनामा बढी छ यसकारण पनि प्राय कमर्सियल बैंकको सेयरभाउ अंकित मूल्यको आसपास पुगेको छ ।  

साथै दोस्रो बजारमा हाइड्रोपावर सेक्टरका कम्पनीहरु सर्वाधिक सूचीकृत छन् । नेप्सेका अनुसार ९१ वटा कम्पनी सूचीकृत छन् । पछिल्लो केही समययता हाइड्रोपावर कम्पनीहरुकै सेयर बढी कारोबारमा आउने गरेका छन् । अल्पकालीन लगानीकर्ताहरुले हाइड्रो कम्पनीहरु नै छोटो अवधीका लागि रोजेका हुन्छन् । बजारमा हाइड्रोपावर कम्पनीहरु धेरै हुनु र वित्तीय अवस्था समेत अन्य कम्पनीको दाँजोमा कमजोर हुनु सेयरभाउ कम पुगेको लगानीकर्ताहरु बताउँछन् ।  

नेप्सेका अनुसार ९ वटा हाइड्रोपावर कम्पनीको सेयरभाउ यतिबेला अंकित मूल्यकै हाराहारीमा पाइन्छ । सबैभन्दा सस्तो हिमाल दोलखा हाइड्रोपावरको सेयरभाउ १५० रुपैयाँ छ । त्यस्तै, घलेम्दी हाइड्रोको १५८.७० रुपैयाँ र नेशनल हाइड्रोपावरको १६६ रुपैयाँ छ ।  

त्यस्तै, सूचीकृत रहेका म्युचुअल फण्डहरुको अवस्था पनि उस्तै छ । लगानीकर्ताले जुनसुकै मर्चेण्ट बैंकिङ्गले ल्याएको योजना अर्थात् म्युचुअल फण्डहरुमा प्रतिइकाई १० रुपैयाँ लगानी गरेका हुन्छन् ।  

तर पछिल्लो समय दोस्रो बजारमा अधिकांश म्युचुअल फण्डको इकाई मूल्य १० रुपैयाँ भन्दा तल छ । म्युचुअल फण्डहरुको इकाई मूल्यलाई फण्डको न्याभ, खुद नाफाले प्रभाव पार्छ । फण्डहरुको न्याभको अवस्था १० रुपैयाँभन्दा माथि नै रहेपनि इकाई मूल्य भने सबैको १० रुपैयाँभन्दा तल छ ।

दोस्रो बजारबाटै १० रुपैयाँभन्दा थोरैमा म्युचुअल फण्डहरुको इकाई किन्ने पाईएपछि पछिल्लो समय मर्चेण्ट बैकिङ्गहरुले नयाँ–नयाँ योजना ल्याएपनि बिक्री हुन धौ–धौ परेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.