शनिबार, फाल्गुन १०,२०८१ 10:07:33
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:07:33
IME remit
Global IME Bank Limited

बजारमा लाग्यो दोश्रो सर्किट, सेयर लगानीकर्तामा अभूतपूर्व उत्साह

Hyundai Nepal
बजारमा लाग्यो दोश्रो सर्किट, सेयर लगानीकर्तामा अभूतपूर्व उत्साह
Nabil Bank Limited

काठमाण्डौ । पन्ध्र मिनेट स्थगित भएर खुलेको बजारमा फेरि अर्को सर्किट लागेको छ ।  

पहिलो सर्किटपछि खुलेको बजार ५ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेञ्जले दोश्रोपटक सर्किट ब्रेकर लगाई ४० मिनेटका लागि पुनः कारोबार रोकेको हो ।  

यसअघि बजार खुलेको १ मिनेटमै अपर सर्किट लागेको थियो । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

हाल नेप्से परिसूचक १०२.६८ अंकले बढेर २१५६.०७ को विन्दूमा पुगेको छ ।  

दोश्रो सर्किट लाग्दासम्म बजारमा २३३ कम्पनीको सेयर कारोबार भएको छ । २३२ कम्पनीको सेयरको मूल्य बढेको छ ।  

कुल १४ करोड १७ लाख बढीको कारोबार भएको देखिएको छ ।  

दोश्रो सर्किट लाग्दासम्म एनआईसी एशिया बैंक, युनिभर्सल पावर कम्पनी, हिमालयन डिस्टीलरी, मनकामन स्मार्ट लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी, नेपाल बैंक, इन्फिनिटी लघुवित्त, मन्दाकिनी हाइडोपावर लगायतका कम्पनीको मूल्य सर्किट लेभलमा पुगेको छ ।  

कांग्रेस एमालेको सत्ता समीकरण बन्ने निश्चित भई अर्थमन्त्रीको रुपमा सेयरबजारमैत्री नेता विष्णु पौडेलको पुनरागमन हुने भएसँगै लगानीकर्ताहरुमा उत्साहको अवस्था देखिएको हो ।

बजारले कांग्रेस एमालेबीचको सत्ता सहकार्यलाई हरियो कार्पेट बिछ्याएर स्वागत गरेको रुपमा आजको बजारको उछाललाई हेरिएको छ ।  

नेप्सेमा कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा २० मिनेटसम्मका लागि कारोबार स्थगित हुने नियम छ।  

पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ४० मिनेटका लागि कारोवार स्थगित हुनेछ।  

त्यसपछि ६ प्रतिशतसम्म बजार घट्न वा बढ्न सक्नेछ। परिसूचकमा ६ प्रतिशतको अन्तरपछि त्यस दिनका लागि नै कारोबार स्थगित हुनेछ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.