आईतवार, असार १४,२०८३ 03:43:08
Bizshala
  • आईतवार, असार १४,२०८३ 03:43:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बजारले अस्वीकार गरिदियो रिलायन्सको महङ्गो सेयर, लगानीकर्ताको ९० करोड बढी सम्पत्ति दुई दिनमै स्वाहा !

Laxmi Sunrise Bank Limited
बजारले अस्वीकार गरिदियो रिलायन्सको महङ्गो सेयर, लगानीकर्ताको ९० करोड  बढी सम्पत्ति दुई दिनमै स्वाहा !

काठमाण्डौ । बुक बिल्डिङ विधिमार्फत जारी गरिएको रिलायन्स स्पिनिंग मिल्सको आईपीओले दोस्रो बजारमा प्रवेश गरेको दुई दिनमै ठूलो मूल्य क्षति बेहोर्दा लगानीकर्ताको करिब ९० करोड ५८ लाख रुपैयाँ डुबेको छ। 

प्रतिकित्ता ९१२ रुपैयाँमा संस्थागत र ८२०.८० रुपैयाँमा सर्वसाधारणलाई बिक्री गरिएको सेयर दोस्रो बजारमा झरेर ३२८ रुपैयाँमा कारोबार हुन पुगेपछि आईपीओ मूल्यको ६० प्रतिशतभन्दा बढी मूल्य गुमेको हो।

सोमबार पहिलो कारोबार दिन अधिकतम ३३० रुपैयाँ पुगेको सेयर मंगलबार कारोबार खुलेसँगै ओरालो लाग्यो। यो समाचार तयार पार्दासम्म रिलायन्सको मूल्य २ रुपैयाँ घटेर ३२८ प्रतिकित्तामा रोकिएको छ । । बजारको यो चालले एउटा सन्देश स्पष्ट दिएको छः चलखेल र सेटिंग गरेर तय गरिएको उच्च मूल्यमा गरिएको बुक बिल्डिङलाई बजारले अस्वीकार गरिदियो । यसरी लगानीकर्ता र सर्वसाधारणको पैसा चलाउने संस्थागत लगानीकर्ताहरुलाई डूबाउने खेलका योजनाकार र सहयोग(नियामक लगायत राज्यका सबै निकाय)माथि कडा कारबाही हुनुपर्छ । 

New Office
CG Motors
Garima Development Bank

हिसाब गर्दा संस्थागत लगानीकर्ताले ९१२ रुपैयाँमा खरिद गरेको ७ लाख ७० हजार ६४० कित्ता सेयर हालको बजार मूल्यमा झर्दा प्रतिकित्ता ५८४ रुपैयाँ घाटा व्यहोरेका छन्, जसअनुसार कुल घाटा करिब ४५ करोड ५ लाख रुपैयाँ पुग्छ। यस्तै, सर्वसाधारण लगानीकर्ताले ८२०.८० रुपैयाँमा खरिद गरेको ९ लाख २४ हजार ७६८ कित्ता सेयरमा प्रतिकित्ता ४९२.८० रुपैयाँ घाटा हुँदा उनीहरूको कुल घाटा करिब ४५ करोड ५७ लाख रुपैयाँ पुगेको छ। यसरी केवल दुई दिनमै कुल घाटा ९० करोड ५८ लाख रुपैयाँभन्दा बढी भएको देखिन्छ।

आईपीओमा लगानी गरेको केही महिनामै लगानीकर्ताले आफ्नो लगानीको ठूलो अंश गुमाउनुपरेको यो घटनाले बजारमा थप चासो र असन्तोष पैदा गरेको छ। पहिलो कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अधिकतम ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकेपछि सेयर मूल्य सुरुदेखि नै दबाबमा परेको थियो। संस्थागत लगानीकर्ताले ९१२ रुपैयाँमा किनेको सेयर ३०० रुपैयाँमा खुल्दा नै प्रतिकित्ता ६१२ रुपैयाँ घाटाबाट कारोबार सुरु भएको थियो भने सर्वसाधारण लगानीकर्ता पनि ठूलो घाटाबाटै दोस्रो बजार प्रवेश गर्न बाध्य भएका थिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सेयर मूल्य ३३० रुपैयाँसम्म पुगे पनि पुनः घटेर ३२८ रुपैयाँमा झर्नुले बजारले यस आईपीओको उच्च मूल्यांकनलाई स्वीकार नगरेको संकेत गरेको छ। यससँगै बुक बिल्डिङ प्रक्रियामा ९१२ रुपैयाँसम्मको बोलकबोल कसरी सम्भव भयो, कम्पनीको वास्तविक मूल्यांकन के हो, नेप्सेले ३०० रुपैयाँमै ओपनिङ किन तोक्यो र संस्थागत लगानीकर्ताले यति उच्च मूल्यमा किन लगानी गरे भन्ने प्रश्नहरू उठ्न थालेका छन्।

हाल रिलायन्स स्पिनिंग मिल्सको सेयर ३२८ रुपैयाँमा कारोबार भइरहेको छ। आगामी दिनमा मूल्य घट्ने कि स्थिर हुने भन्नेमा अन्योल कायम रहँदा, दुई दिनको कारोबारले आईपीओमा लगानी गरेका लगानीकर्तालाई ठूलो आर्थिक क्षति पुगेको यथार्थ भने स्पष्ट भइसकेको छ।

कम्पनीले यो उच्च मूल्यांकनलाई आफ्नो वित्तीय प्रक्षेपण र सम्भावनामा आधारित भएको दाबी गरेको थियो । तर नेप्सेको नयाँ ओपनिङ रेन्ज नियमले लगानीकर्तालाई सुरुमै ठूलो मूल्य ह्रास बेहोर्न बाध्य बनाएको छ । यस नियमको व्यापक आलोचना भइरहेको छ किनकि पुरानो अभ्यासअनुसार ओपनिङ दायरा २५०.८० देखि ७५२.४० रुपैयाँसम्म हुन्थ्यो ।

कारोबारको भोल्युम पनि निकै कम छ- पहिलो दिन मात्र १३० कित्ता ट्रेड भएको थियो । यो घटनाले बुक बिल्डिङ प्रक्रियाको विश्वसनीयता, संस्थागत बोलकबोलको आधार र नेप्सेको मूल्य निर्धारण नीतिमाथि गम्भीर प्रश्न उठाएको छ । लगानीकर्ताहरूले अब थप मूल्य घट्ने डरले सेयर बिक्री गर्न हिचकिचाइरहेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.