बुधबार, चैत्र २०,२०८१ 02:39:42
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:39:42
IME remit
Global IME Bank Limited

अलटाईम हाईलाई ब्रेक गर्ने दिशामा बजार, एकैदिन बने फेरि तीन नयाँ रेकर्ड

Hyundai Nepal
अलटाईम हाईलाई ब्रेक गर्ने दिशामा बजार, एकैदिन बने फेरि तीन नयाँ रेकर्ड
Nabil Bank Limited

काठमाण्डौ । अलटाइम हाईलाई ब्रेक गर्ने दिशातर्फ अगाडि बढेको बजारमा आज फेरि केही नयाँ रेकर्डहरु बनेका छन् ।  

नेप्से परिसूचकले ३ वर्षपछि ३००० माथिको यात्रा तय गर्दा साताको अन्तिम कारोबार दिन बिहीबार करिब ३० अर्बको सेयर कारोबार भएको छ ।  

नेप्सेमा आज ३३४ कम्पनीका ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर ३ लाख ११ हजार ५३६ वटा कारोबारमार्फत किनबेच भएको हो ।

Shivam Cement
Bizshala
CG Motors

यो दिन एकैदिन सबैभन्दा बढी सेयर कारोबार, सबैभन्दा धेरै कित्ता कारोबार भएको र सबैभन्दा धेरै कारोबार भएको लगायत तीनवटा रेकर्ड बनेको हो ।  

नेप्सेमा एकैदिन सेयर कारोबार २९ अर्ब ९५ करोड ८५ लाखमाथि भएको यो नै पहिलोपटक हो । दुई दिनअघि नेप्सेमा २७ अर्ब हाराहारीमा कारोबार भएको थियो ।  

बजारमा पछिल्लो समय लगानी थपिने क्रम बढ्दो छ । नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ को विन्दूमा पुगेको दिन पनि नयाँ लगानी भित्रिएको हो । बिक्री गर्नेभन्दा किन्नेहरु बढी भएपछि नेप्से परिसूचकसँगै कारोबारमा पनि उछाल देखिएको छ ।  

यो दिन १०६ कम्पनीको सेयरमूल्य बढेको छ भने १३६ कम्पनीको सेयरमूल्य घटेको छ । एउटाको मूल्य भने स्थिर देखिएको छ ।  

यो दिन सेयर बजारमा सबैभन्दा बढी हिस्सा ओगट्ने बैंकिंग समूहको उपसूचक ५.६५ प्रतिशतले बढेको छ । यसले समेत कमाउने कम्पनीको तुलनामा गुमाउने बढी हुँदा पनि बजार परिसूचक र कारोबार बढेको देखिएको हो ।  

इन्भेष्टमेन्ट र म्युचुअल फण्ड समूहको उपसूचक क्रमशः २.६९ र २.२८ प्रतिशत बढेको यो दिन विकास बैंक समूहमा १.२८ प्रतिशतको बढोत्तरी देखिएको छ ।  

अरुबेला चम्किने गरेको फाइनान्स समूह चाहि यो दिन सबैभन्दा बढी ३.०५ प्रतिशतले घटेको छ । साताको अन्तिम कारोबार दिन भएकोले फाइनान्समा प्रफिट बुकको लहर चल्दा यस्तो अवस्था देखिएको हो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.