सोमबार, श्रावण १८,२०८३ 10:14:14
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 10:14:14
Bizshala
Global IME Bank Limited

साउन १ गतेदेखि आउने भो ब्रोकरको आफ्नै टिएमएस, लगानीकर्ताले पाउनेछन् बग्रेल्ती फिचर्स र सुविधा

साउन १ गतेदेखि आउने भो ब्रोकरको आफ्नै टिएमएस, लगानीकर्ताले पाउनेछन् बग्रेल्ती फिचर्स र सुविधा
New Office

काठमाण्डौ । डीजी हबले आर्थिक वर्षको साउन महिनादेखि नयाँ टीएमएस लाइभ जाने तयारी गरेको छ । यससँगै चार वर्षभन्दा बढीको रस्साकस्सी पछि अन्नतः लगानीकर्ताहरुले नयाँ टीएमएस चलाउन पाउने निश्चित भएको छ ।  

डीजी हबका सञ्चालक तथा नयाँ टीएसएका नेतृत्व गरिरहेका राजन घिमिरेले आगामी साउनदेखि नयाँ टीएमएसको सुरुवात हुने जानकारी दिएका हुन् ।

उनका अनुसार अहिले नेप्से र ब्रोकरहरुमा डेमो कारोबार भइरहेको छ । खासगरी सेक्योर्ड सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३६) बाट काम भइरहेको छ ।  

'साउन १ गतेदेखि नै हरेक दिन एक एक ब्रोकर थप गरेर लाइभ जाने छौ । हामीसँग अहिले नयाँ तथा पुराना गरी ३६ वटा ब्रोकर कम्पनी जोडिएका छन् ।' उनले बिजशालासँग भने-'नयाँ टीएसमएसमा धेरै नयाँ फिचरहरु रहेका छन् । जसमा मोबाइल एपबाट नै सेयर किनबेच गर्न सकिनेछ ।'  

नयाँ टिएमएसको डेक्सटप भर्जन पनि एड्भान्स रहेको उनले जानकारी दिए ।  

बजारमा कारोबार हुँदा नै स्टकहरुको मूभमेन्टदेखि नेप्सेको चार्ट पनि हेर्न सकिने सुविधा समेत उपलब्ध छ । अब लगानीकर्ताहरुले नेप्सेको चार्ट हेर्न छुट्टै पोर्टलमा जानुपर्ने छैन ।  

एकैपटक मल्टिपल विण्डो पनि खोल्न सकिनेछ । यसको साथै ब्रोकरहरुले टीएमएसबाट नै ब्राण्डिङ पनि गर्नसक्ने छन् । आफ्ना ग्रहाकहरुसँग टीएमएसबाट नै कुराकानी पनि गर्नसक्ने छन् ।  

घिमिरेले सीडीएसीसँग समन्वय गरेर क्लोजआउटको समस्या पनि कम गर्ने गरी सेटअप तयार गर्ने काम भइरहेको बताए ।  

अहिले चलिरहेको टीएमएसमा बग्रेल्ती समस्या र लगानीकर्ताको असन्तुष्टि देखिएपछि ब्रोकरहरुले आफ्नै टीएमएस ल्याउने प्रक्रिया अगाडि बढाएका थिए । २०७७ साल माघ महिनामा नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाले एपीआई पोलिसी पास गरेर नयाँ टीएमएस ल्याउने ढोका खोलिदिएका थिए । प्रक्रिया सुरु भएको ४ वर्ष पूरा भएपछि मात्र नयाँ टिएमएस आउने निश्चित भएको हो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.