Bizshala
  • शनिबार, पुष १९,२०८२ 10:56:57
Bizshala
Global IME Bank Limited

सेयर कारोबार चाँडै खोल्ने/नखोल्ने विषयमा निर्णय गर्न सेबोनले मंगलबार बोलायो बोर्ड बैठक

'बजारमैत्री अर्थमन्त्री आउँदा हिजोको सहमतिबाट ब्याक हुनुपर्ने भयो, लगानीकर्ताको मनोबल बढेपछि ठूलो क्षति नहोला कि ?'

Hyundai Nepal
सेयर कारोबार चाँडै खोल्ने/नखोल्ने विषयमा निर्णय गर्न सेबोनले मंगलबार बोलायो बोर्ड बैठक
Shivam Cement

काठमाण्डौ ।  अर्थतन्त्रको अन्तरकुन्तरको विषयमा राम्रो ज्ञान भएका र पूँजीबजारलाई समेत नजिकबाट बुझेका अर्थविद् डा. रामेश्वर खनाल अन्तरिम सरकारको अर्थमन्त्री बनेपछि सेयर बजारका लगानीकर्ताको मनोबल समेत बढ्न थालेको देखिएको छ ।  

उनी अर्थमन्त्री बन्नुअघि र पछिको लगानीकर्ताको मनोबलमा निकै ठूलो परिवर्तन देखिएको भन्दै सेयर बजारका नियामक निकायहरु समेत चाँडै कारोबार खुल्ला गर्दा यसअघि आफूहरुले गरेको विश्लेषणजस्तो ठूलो क्षति व्यहोर्नु नपर्ने नयाँ निश्कर्षमा पुगेका छन् ।  

अर्थमन्त्रीमा बजार बुझेका डा. खनालको नियुक्ति, सपथ र पदभार ग्रहणसँगै उनले निजी क्षेत्र उकास्न गरेको प्रतिबद्धता, सरकारको फजूल खर्च नियन्त्रणका लागि दिएको कडा निर्देशन र लगानी तथा लगानीकर्ताको विषयमा देखाएको सद्भावका कारण सेयर बजार समेत उत्साहित भएको प्रारम्भिक विश्लेषण गरिएको छ । 

CG Motors
Bizshala
Garima Development Bank

यहीकारण अर्थमन्त्री नै बजारमैत्री आइसकेपछि अब लामो समयसम्म सेयर कारोबार बन्द गर्न नहुने भन्दै लगानीकर्ताहरुबाट समेत तीव्र दवाब सिर्जना भएसँगै नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्जका उच्च अधिकारीहरुले चाँडै बजार खोल्ने विषयमा सोमबार दिउँसोदेखि छलफल थालेका बुझिएको छ ।  

'हिजोसम्म हामी आफैं पनि डराएका थियौं र असोज ५ गतेदेखि मात्र बजार खुलाउनेमा सहमत थियौं । तर २४ घण्टाको अवधिमा वातावरणमा ड्यास्ट्रिक चेञ्ज भयो, जसका कारण हामीले सोंचेजस्तो सेयर बजार खुलाउँदा ठूलो क्षति हुनेजस्तो अवस्था देखिएन ।' नेपाल स्टक एक्सचेञ्जका एक उच्च अधिकारीले भने- 'त्यसकारण हामीले प्रमुख नियामक धितोपत्र बोर्डलाई पछिल्लो अवस्थाको विश्लेषणसहित असोज ५ गतेअघि नै बजार खुलाउन सकिने सम्भावनाको विषयमा छलफल गरी आवश्यक निर्णयसहितको निर्देशनका लागि अनुरोध गरेका छौं ।'

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पनि नेप्से र लगानीकर्ताहरुबाट बजार चाँडै खोल्नुपर्ने दवाब निरन्तर आएको उल्लेख गर्दै त्यस विषयमा आफूहरु पनि सकारात्मक नै रहेको पुष्टि गरे । 'तर असोज ५ गतेअघि नै बजार खुलाउने भन्ने विषयमा धितोपत्र बोर्डले हालसम्म कुनै निर्णय गरिसकेको छैन ।' अध्यक्ष श्रेष्ठले बिजशालासँग भने -'नेप्सेको अनुरोध र लगानीकर्ताहरुको मागअनुसार बजार असोज ५ गतेअघि नै खुलाउन सकिने सम्भावनाका विषयमा छलफल गर्न मंगलबार धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक बोलाएको छु । त्यहीँबाट आवश्यक निर्णय हुनेछ ।'  

सरकारले असोज १ गते जेन-जी आन्दोलनमा हत्या गरिएकाहरुको शोक मनाउन सार्वजनिक विदा दिएका कारण सेयर कारोबार खुलाउँदा नै पनि यो साता एकदिन मात्र खुलाएर असोज ५ गतेदेखि नियमित गर्ने निर्णय आउनसक्ने देखिन्छ । 

New Office
Laxmi Sunrise Bank Limited
IME remit

तर, यो विषयमा समेत आवश्यक छलफलपछि मात्र भन्न सकिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।  

'असोज २ गते एकदिन बजार खुलाउने वा त्यो दिन पनि नखुलाई हिजो हामी सहमत भएजस्तै एकैचोटि असोज ५ गतेदेखि नै कारोबार थाल्ने भन्ने विषयमा समेत सेबोनको बोर्डले भोलि निर्णय गर्छ ।'-उनले प्रष्ट पार्दै भने ।  

यस्तै, राजनीतिक अवस्थामा सुधार देखिएको र लगानीकर्ताको मनोबल समेत बढेको देखिएकोले सुरुवाती दिनहरुमा बजार २ घण्टा मात्र खुलाउने वा पूरा समय नै छाडिदिने भन्ने विषयमा पनि सेबोन बोर्डले मंगलबार नै निर्णय गर्ने भएको छ ।  

यस्तै, तीव्र उतारचढावको अवस्था नआउने वातावरण बनेको अवस्थामा सर्किट ब्रेकर सम्बन्धी हालको व्यवस्थालाई यथावत राख्ने वा हिजो सहमति भएजस्तो पहिलो एकघण्टामा बजार ३ प्रतिशतले बढेमा वा घटेमा सर्किट ब्रेकर लगाएर कारोबार स्थगन गर्ने भन्ने विषयमा समेत भोलि(मंगलबार) नै छलफल भई ठोस निर्णय आउने अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.