'अबैध पत्र' लेखाएर धितोपत्र बोर्डमा आन्दोलन सुरु गराएका अर्थमन्त्री अन्ततः गले !
काठमाण्डौ । अर्थ मन्त्रालयले बोलीमा स्वायत्त भने पनि व्यवहारमा नेपाल धितोपत्र बोर्ड(सेबोन)लाई कुन हदसम्म झरेर माइक्रो म्यानेज गर्छ भन्ने कुरा एकपटक फेरि प्रमाणित भएको छ । अर्थमन्त्रालयबाट एक सहसचिवलाई सञ्चालकको रुपमा पठाउने गरेको अर्थ मन्त्रालयमा मन्त्री बनेर आउनेहरुले स्वायत्त निकायलाई समेत आफूअनुकुल प्रयोग गर्न खोज्छन् । इतिहासका केही अर्थमन्त्रीहरुले स्वायत्त...

