आईतवार, कार्तिक १,२०८३ 05:12:03
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 05:12:03
Bizshala
Global IME Bank Limited

जेनजी लगानीकर्ताको नियन्त्रणमा सेबोनः रिलायन्ससम्बन्धी अर्थको पत्र खोसे, खरानी बनाइदिने धम्की आएको भन्दै वरिष्ठ कर्मचारी भागे

Bizshala
जेनजी लगानीकर्ताको नियन्त्रणमा सेबोनः रिलायन्ससम्बन्धी अर्थको पत्र खोसे, खरानी बनाइदिने धम्की आएको भन्दै वरिष्ठ कर्मचारी भागे
New Office

काठमाण्डौ । सेयर बजारका जेनजी लगानीकर्ताले रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको आईपीओ निश्कासनको क्रममा भएको गडबडीको विषयमा नेपाल धितोपत्र बोर्ड(सेबोन)का कार्यालयमा गएर खानतलासी गरेका छन् । अहिले सेबोन उनीहरुले आफ्नो नियन्त्रणमा लिएका छन् ।  

सेबोनका विभिन्न विभागमा गएर उनीहरुले रिलायन्सलाई के आधारमा आईपीओ निश्कासन गर्न दिएको हो ? त्यसलाई सपोर्ट गर्ने प्रमाण तथा अन्य कागजात के–के छन् ? भन्दै कोठाचोटा चाहार्दै कागजातहरु खोज्ने काम गरेका कर्मचारीहरुले दाबी गरेका छन् । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

'उनीहरुले हामीले खोजेको कागजात दिएनौं भने धितोपत्र बोर्ड खरानी बनाइदिन्छौं भन्दै धम्की दिएपछि आधाभन्दा बढी कर्मचारी निस्किएर हिँडिसकेका छन् । अधिकांश कार्यकारी निर्देशक र उच्च तहका कर्मचारी पनि सुटुक्क कार्यालय छाडिसक्नुभएको छ ।' ती कर्मचारीले दाबी गर्दै बिजशालासँग भने- 'आधाजसो कर्मचारी कार्यालयभित्रै छन् । उनीहरुले बारम्बार धम्की दिइरहेका छन् । हाम्रो सुरक्षाका लागि आवाज उठाइदिनुपर्यो ।'  

जेनजी लगानीकर्ताहरुले धितोपत्र बोर्डलाई रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निश्कासन प्रक्रिया, त्यसमा करोडौंको डिल भएको भन्ने आरोप लगायतका विषयमा अर्थमन्त्रालयले लेखेको पत्र खोजेका स्रोतको दाबी छ । 'अर्थमन्त्रालयबाट आएको पत्र उनीहरुले नियन्त्रणमा लिएका छन् ।'-ती कर्मचारीले भने ।  

अर्थमन्त्रालयले मंसिर २९ गते नै रिलायन्सको आईपीओ निश्कासन प्रक्रियाको विषयमा गडबडी भएको भन्दै छानबिन गर्न सेबोनलाई एक पत्र लेखेको थियो । सेबोनले सो पत्र अहिलेसम्म लुकाएको थियो । 

हाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यसँग सेबोनको बोर्ड रुममा केही जेनजी लगानीकर्ताहरुले वार्ता गरिरहेका छन् । उनीहरुले रिलायन्सको आईपीओमा भएको गडबडी सच्याउनुपर्ने, यो कम्पनीलाई द्रूत गतिमा आईपीओ दिने कार्यमा संलग्नहरुमाथि कडा कारबाही हुनुपर्र्ने माग गरेका छन्। 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सेबोनको गेटबाहिर भित्र गएकाभन्दा ठूलो संख्यामा जेनजी लगानीकर्ता छन् ।  

बोर्डका अधिकांश इडीहरुले कार्यालय छाडिसकेका छन् भने बिहानैदेखि धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ भने मन्त्रालयका बैठकहरुमा सहभागी छन् ।  

यसैबीच, जेनजी लगानीकर्ताहरुले भने धितोपत्र बोर्डका कर्मचारीहरुले लगाएको आरोप गलत रहेको बताए । आफूहरु भ्रष्टाचारमा चुर्लुम्म डूबेको सेबोन जोगाउनलाई आएको, सबै पत्रकार, लगानीकर्ता संगठन, सरोकारवालाहरुलाई यही बोलाएर छलफल गरी निकास निकालेरै छाड्ने उद्घोष गरेका छन् । 'हाम्रो पहिलो माग भनेको घूस खाएर दिइएको रिलायन्सको आईपीओ प्रक्रिया रोक्नुपर्यो भन्ने हो । यसको ताजा वित्तीय विवरणका आधारमा कटअफ मूल्य तोक्ने काम गर्नुपर्छ र लगानीकर्तालाई ठगिनबाट जोगाइनुपर्छ ।' लगानीकर्ता मदन लिम्बूले बिजशालासँग भने-'त्यसपछि धितोपत्र बोर्डमा आईपीओ निश्कासनको काममा भएको चरम भ्रष्टाचार अन्त्य हुनुपर्यो । सेबोन अध्यक्षले राजीनामा दिई निश्कलंक व्यक्तिलाई जिम्मेवारी दिएर यहाँ ल्याइनुपर्छ ।' 

यसैबीच, जेनजी लगानीकर्ताहरुले आह्वान गरेपछि अहिले धितोपत्र बोर्डमा सेयर बजारमा स्थापना भएका विभिन्न लगानीकर्ता संघ संगठनका नेता तथा प्रतिनिधिहरु पनि पुगिरहेका छन् । जेनजीहरुले सबै पक्षको प्रतिनिधि राखेर आफ्ना माग आजै पूरा हुनुपर्ने अडान छाडेका छैनन् । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.