आईतवार, कार्तिक १,२०८३ 05:08:34
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 05:08:34
Bizshala
Global IME Bank Limited

उधारो सेयर कारोबार बन्द बारे बोले सेबोन अध्यक्ष, भन्छन्-'यो तत्काल कार्यान्वयन हुँदैन, लङटर्मका लागि हो'

Bizshala
उधारो सेयर कारोबार बन्द बारे बोले सेबोन अध्यक्ष, भन्छन्-'यो तत्काल कार्यान्वयन हुँदैन, लङटर्मका लागि हो'
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आर्थिक बर्ष ०८२/८३ को नीति तथा कार्यक्रममार्फत दोस्रो बजारमा धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भएपश्चात मात्रै कारोबार हुने ब्यवस्था गर्ने मंगलबार घोषणा गर्यो ।  

बोर्डको वार्षिक नीति तथा कार्यक्रममा समेटिएको यो विषयले बजार तरगिंत देखिएको छ । यो नीतिका विषयमा बजारका लगानीकर्तादेखि विज्ञसम्म विभाजित देखिएका छन् । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यो व्यवस्था कार्यान्वयन भएको अवस्थामा लगानीकर्ताको बैंक खाता र डिम्याट खाता इन्टिग्रेसन गरेर पैसा भए/नभएको यकिनपछि मात्रै सेयर कारोबार सम्भव हुन्छ । तर, के यो व्यवस्था तत्कालै कार्यान्वयन हुने अवस्था हो ? धितोपत्र बोर्डले के उद्देश्यले यो व्यवस्थालाई आफ्नो नीति तथा कार्यक्रममा समेटेको हो त ?  

नीति तथा कार्यक्रममा आएको र धेरै लगानीकर्ताको चासो बनेको यो विषयलाई धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले थप प्रष्ट पारेका छन् ।  

बुधबार साँझ बिजशालासँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले उधारो कारोबार बन्द गर्ने भनी घोषणा गरिएको यो व्यवस्था तत्काल लागू नहुने प्रष्ट पारे । 'यो नीति लङटर्मका लागि हो । बजारलाई दिगो र बलियो बनाउनका लागि अलिक पछि मात्र यो व्यवस्था कार्यान्वयनमा जाने वातावरण बन्ला ।' उनले भने-'तर बजारमा हल्ला चलेजस्तो नीति तथा कार्यक्रममा आउनेबित्तिकै यो व्यवस्था तत्कालैबाट कार्यान्वयनमा जाने होइन । यही विषयका कारण लगानीकर्ता प्यानिक बनिरहनुपर्ने म कुनै कारण देख्दिँन।'

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

उनले यो व्यवस्था नीति तथा कार्यक्रममा आएकै विषय  भएको, बजारलाई दिगो र बलियो बनाउनका लागि पछि उपयुक्त माध्यम हुनसक्छ भन्ने सोंचको रुपमा मात्र समेटिएको उल्लेख गर्दै भने-'नीति तथा कार्यक्रममा आउनेबित्तिकै सबै कुरा लागू भइहाल्छ भन्ने पनि होइन । घोषित कार्यक्रमहरु आवश्यकताअनुसार लागू हुँदै जाने हो ।'  

उनले बजार सुदृढ बनाउनका लागि दीर्घकालमा भने यो व्यवस्थातर्फ जानैपर्ने आवश्यकता समेत औंल्याए । 'पूर्ण रुपमा मार्जिन लेण्डिङमा गइसकेपछि त यो व्यवस्था कार्यान्वयन गर्नैपर्छ । ब्रोकरहरुको सुरक्षाका लागि समेत यसतर्फ उन्मुख हुनुपर्छ ।' उनले थपे-'लगानीकर्ताको नाममा सबै कुरालाई लुज छाड्न सकिन्न ।'

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.