डबल आईजीन कार्यान्वयन हुन नदिन सेबोनका अध्यक्ष र सञ्चालक सक्रिय, लगानीकर्ताले दिए आन्दोलनको चेतावनी
TRENDING
काठमाण्डौ । झण्डै ३२ महिना लामो अनुसन्धानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको विवादास्पद आईपीओ प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । अनुसन्धान सकिएसँगै धितोपत्र बोर्ड (सेबोन) का उच्च तहका अधिकारीहरू तानिने संकेत देखिएपछि बोर्डभित्र खैलाबैला मच्चिएको छ ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि रिलायन्स स्पिनिंग मिल्स लिमिटेडको आईपीओ निष्कासन प्रक्रियामा गम्भीर अनियमितता गरेको आरोप लागेको छ । केही सक्रिय सेयर लगानीकर्ताले श्रेष्ठले कानुन उल्लङ्घन गरी कम्पनीका सञ्चालकहरूको प्रभावमा परी सार्वजनिक हित विपरीत निर्णय गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको आईपीओ स्क्यामको विषयमा अर्थमन्त्रालयको निर्देशनपछि सुरु भएको भनिएको छानबिन अलपत्र परेको छ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि रिलायन्सको आईपीओ कानूनविपरीत अगाडि बढाउने क्रममा करोडौं रुपैयाँ घूस लिएको संगीन आरोप लागेपछि र त्यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै उजुरी दर्ता भएपछि...
काठमाण्डौ । मंसिर पहिलो साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालका सबै नियामक तथा अनुसन्धान गर्ने निकायलाई छलफलमा बोलाएका थिए । सो छलफलमा स्पष्ट निर्देशन थियो: सम्पत्ति शुद्धीकरणबारे अन्तर्राष्ट्रिय निगरानी गर्ने निकाय ‘फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)’ ले नेपाललाई केही महिनाअघिदेखि ‘ग्रे लिस्ट’मा राखेको छ। यो लिस्टबाट...
काठमाण्डौ । सेयर लगानीकर्ता तथा कारोबारी दीपेन्द्र अग्रवाललाई नेपाल धितोपत्र बोर्ड(सेबोन)को सिफारिसमा प्रहरीले पक्रेपछि सामाजिक सञ्जाल शुक्रबार साँझदेखि तातेको छ । सेयरबजारकै चर्चितदेखि नयाँ र गुमनाम लगानीकर्ता समेत आ–आफ्नो तर्कसहित सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् । बजारमा धेरैले फलो गर्ने लगानीकर्ताहरु(जसलाई ठूला, विज्ञ वा यस्तै यस्तै उपनाम दिइन्छ)...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा सन्तोषनारायण श्रेष्ठ अध्यक्ष भएर आएपछि सामूहिक निर्णयमा आफ्नो विश्वास देखाउने गरेका छन् । भरसक विवादमा नपरियोस् भनेर उनले सानोभन्दा सानो विषयलाई पनि सञ्चालक समितिमा प्रवेश गराएर, आवश्यक सबै प्रक्रिया पूरा गरेर मात्र अगाडि बढाउने गर्छन् । धितोपत्र बोर्डको विभागका प्रमुखदेखि सञ्चालकहरुलाई समेत कन्भिन्स गरेपछि मात्रै अगाडि बढेकै कारण...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको विवादास्पद आईपीओको रोकिएको प्रक्रिया पुनः सुरु गर्न धितोपत्र बोर्डबाट भएको शंकास्पद कामको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि अर्थमन्त्रालयसम्म उजुरीहरु परेका पाइएको छ । त्यसरी विभिन्न निकायमा धितोपत्र बोर्डको निर्णय प्रक्रियाप्रति गम्भीर प्रश्न उठाउँदै तथा अध्यक्ष सन्तोषनारायण श्रेष्ठको व्यक्तिगत प्रतिष्ठामै आँच...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निश्कासन प्रक्रिया तत्काल रोक्नुपर्ने लगायतका माग राख्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) पुगेका सेयर बजारका जेनजी लगानीकर्ताहरुले अध्यक्ष छलफलमा नआए अनिश्चितकालीन धर्ना थाल्ने चेतावनी दिएका छन् ।सेबोन कार्यालय परिसरबाट बिजशालाको सम्पर्कमा आएका जेनजी लगानीकर्ताहरुले आफूहरुले विभिन्न माग राखी छलफल गर्न खोज्दा पटक–पटक सेबोन...
काठमाण्डौ । रिलायन्सको आईपीओमा भएको गडबडीको विषयमा यथाशीघ्र छानबिन थाल्न अर्थमन्त्रलायले निर्देशन दिएको छ । अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले पुस १ गते धितोपत्र बोर्डलाई एक पत्र लेख्दै रिलायन्स स्पिनिंग मिल्सको सेयर बुक बिल्डिंग प्रक्रियाबाट निश्कासन गर्ने सम्बन्धमा भएका काम कारबाही तथा अन्य गडबडीहरुको विषयमा समेत विभिन्न...
काठमाण्डौ । सर्वोच्च अदालतले रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको पक्षमा उच्च अदालत पाटनले विगतमा गरेका दुई फैसलासँग सम्बन्धित फाइल तथा प्रमाण मिसिलहरु मगाएको छ । खगेन्द्रराज कँडेलले अर्थमन्त्रालय, धितोपत्र बोर्ड लगायतलाई विपक्षी बनाई दायर गरेको मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चको मुद्दा तथा रिट महाशाखाले ललितपुरको, हरिहरभवनस्थित उच्च अदालत पाटनलाई एक पत्र...
काठमाण्डौ । पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष यतिबेला बग्रेल्ती आरोपहरुको भूमरीमा परेका छन् । विभिन्न प्रकरणमा करोडौं घूस खाएको संगीन आरोपसहित उनीविरुद्ध अख्तियारदेखि अर्थमन्त्रालय, प्रधानमन्त्री कार्यालय लगायतमा उजुरीहरु परेका छन् । ती उजुरीहरुको सामना गर्न छाडेर उनी विदा लिएर अहिले सम्पर्कविहीन अवस्थामा छन् । सेबोनको नेतृत्व गर्ने...
काठमाण्डौ । पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)मा बुधबार बिहान १० बजेदेखि प्रदर्शन गर्ने घोषणा गरेका जेनजी आन्दोलनकारी त्यहाँ जाँदै गएनन् । साढे ११ बजेसम्म पनि त्यहाँ एकजना लगानीकर्ता समेत पुगेका छैनन् । जेनजी आन्दोलनकारीहरु अन्य बेलाभन्दा आज बढी अराजक हुने योजनाको विषयमा सूचना पाएपछि प्रहरीको ठूलो समूहले भने सेबोनको गेटमै बिहान १० बज्नुअघिदेखि नै...
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको आईपीओ निश्कासनको प्रक्रिया पुनः सुरु गर्नुअघि धितोपत्र बोर्डमा योजना नै बनाइएको खुलेको छ । यही विषयका कारण अहिले बोर्डभित्रका कर्मचारीबीच तीव्र असन्तुष्टि देखिएको छ । सेबोनस्थित उच्च स्रोतकाअनुसार रिलायन्स स्पिनिङ मिल्सको आईपीओलाई फास्ट ट्रयाकमा पुनः अगाडि बढाउनुअघि आन्तरिक रुपमा योजना बुनिएको थियो । आफू जोखिममा पर्ने...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को पछिल्लो भूमिकाबारे तीन पूर्व अध्यक्षहरुले कडा आपत्तिसहित गम्भीर प्रश्न उठाएका छन् । सेबोन नेतृत्व एकपछि अर्को विवादमा तानिन थालेपछि बोर्ड हाँकेका तीन अध्यक्षहरुले गम्भीर चासो व्यक्त गर्दै सेबोनको इन्टीग्रिटी र प्रतिष्ठा जोगाउनका लागि आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीहरुले अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग्दै पुनः पुरानै शैलीमा आन्दोलन चर्काउने भएका छन् । कर्मचारीहरुसँग भएको सहमति कार्यान्वयनमा बोर्ड अध्यक्ष श्रेष्ठले ठोस पहल तथा समन्वयकारी भूमिका खेलेको नदेखिएको भन्दै उनको अबिलम्ब राजीनामा माग्दै पुनः सबै काम ठप्प पारी आन्दोलन थाल्ने घोषणा गरेका हुन् ।
काठमाण्डौ । सेयर बजारका चर्चित प्राविधिक विश्लेषक तथा चार्टर्ड फाइनान्सियल एनालिस्ट(CFA) विष्णुप्रसाद बस्यालले नेपाल धितोपत्र बोर्डले रिलायन्सको आईपीओ पुरानै विवरणका आधारमा तय मूल्यमा निश्कासन गर्न दिएर बजारको निश्पक्षतालाई बली चढाएको टिप्पणी गरेका छन् । सेयर बजारमा निकै धेरैले फलो गर्ने प्राविधिक विश्लेषकको रुपमा चिनिएका बस्यालले आफ्नो धारणा सार्वजनिक गर्दै...
काठमाण्डौ । नेपालको बढ्दो आईपीओ बजारमा बहुचर्चित र विवादित रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई आर्थिक अपारदर्शिताको गम्भीर आरोप लागेको छ। कम्पनीको आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अनअडिटेड रिपोर्ट ९आषाढ ३२, २०८२ वा जुलाई १६, २०२५ मा समाप्त० मा नेपाल विद्युत प्राधिकरण(NEA)लाई तिर्नुपर्ने लगभग रु. ७५ करोड रुपैयाँ बक्यौता उल्लेख छैन। यो रिपोर्ट गरिएको दायित्व, समर्पित र...
काठमाण्डौ । अदालतको आदेशको अपव्याख्या गरी रिलायन्स स्पिनिङ मिल्सलाई २ वर्षअघिको वित्तीय विवरणमा आधारित भई सोही बेला तोकिएको निकै महङ्गो मूल्यमा आईपीओ निश्कासनको प्रक्रिया सुरु गर्न स्वीकृति दिएको नेपाल धितोपत्र बोर्ड(सेबोन)मा बबण्डर मच्चिएको छ । घटना शुक्रबारको हो । केही लगानीकर्ताहरुले रिलायन्सको आईपीओको नाममा सर्वसाधारण नेपालीको पैसा जोखिममा पार्ने खेल भएको...
काठमाण्डौ । उच्च अदालत पाटनको आदेशपछि धितोपत्र तथा विनिमय बोर्ड (सेबोन) ले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको बुक बिल्डिङ प्रक्रियामार्फत जारी हुने आईपीओ फेरि अघि बढाउने अनुमति दिएको छ। तर सेबोनले कम्पनीको वित्तीय अवस्था पूरै उल्टिएको वास्तविकतालाई बेवास्ता गर्दै दुई वर्षअघिकै कटअफ मूल्य ८०२ रुपैयाँ कायम राखेर प्रक्रिया खुलाउने निर्णय गरेको छ। यो कदमले पूँजीबजारमा ठूलो...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले निकट भविष्यमै नयाँ क्षेत्रका कम्पनीहरुलाई समेत पूँजीबजारमा भित्र्याउने निर्णयसहित पूर्व तयारी थालेको छ । हालसम्म विभिन्न कारणले पूँजीबजारमा समेटिन नसकेका क्षेत्रहरुलाई समेत आईपीओ निश्कासन गर्न दिने विषयलाई अगाडि बढाउँदै सेबोनको सञ्चालक समितिको बैठकले पूर्व तयारी सुरु गर्न व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको हो ।...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को सञ्चालक समितिको बैठक भर्खरै सकिएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले आइतबार बिहान कर्मचारीसँग भएको सहमतिलाई आधिकारिता दिंदै औपचारिक निर्णय गरेको छ। बैठकले अर्थ मन्त्रालयले सेबोनको कर्मचारी कल्याणकोष र सुरक्षणकोष खारेजीका लागि असोज २ गते पठाएको पत्र(निर्देशन)मा पुनर्विचारका लागि आवश्यक अध्ययन गर्ने उद्देश्यले एक कमिटी...
काठमाण्डौ । अर्थ मन्त्रालयले बोलीमा स्वायत्त भने पनि व्यवहारमा नेपाल धितोपत्र बोर्ड(सेबोन)लाई कुन हदसम्म झरेर माइक्रो म्यानेज गर्छ भन्ने कुरा एकपटक फेरि प्रमाणित भएको छ । अर्थमन्त्रालयबाट एक सहसचिवलाई सञ्चालकको रुपमा पठाउने गरेको अर्थ मन्त्रालयमा मन्त्री बनेर आउनेहरुले स्वायत्त निकायलाई समेत आफूअनुकुल प्रयोग गर्न खोज्छन् । इतिहासका केही अर्थमन्त्रीहरुले स्वायत्त...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफूले गरेको गल्ती देखाइदिए सच्चिन तयार रहेको उद्घोष गरेका छन् । बिजशालासँगको कुराकानीमा अर्थमन्त्री रामेश्वर खनालले सेबोन अध्यक्ष सुध्रिनुपर्छ भनेपछि त्यसको प्रतिउत्तरमा सेबोन अध्यक्ष श्रेष्ठले आफू बिग्रिएको ठाउँ र गरेको गल्ती देखाइदिए सुध्रिन तयार भएको प्रतिक्रिया दिएका हुन् ।
काठमाण्डौ । नेपालको पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीहरुले कर्मचारी कल्याणकोष र सुरक्षणकोष खारेजीका लागि अर्थ मन्त्रालयले असोज २ गते पठाएको चिठी फिर्ता हुनुपर्ने र आफूहरुको हकहितको सुरक्षाको ग्यारेण्टी गरिनुपर्ने माग राख्दै कामकाज ठप्प पारी आन्दोलन थालेको एक महिना हुन लागिसक्यो । कर्मचारीहरुको निरन्तरको पेनडाउनका कारण पूँजीबजारको...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले अर्थमन्त्रीले गठन गरेको पूँजीबजार सुधार कार्यादलको प्रतिवेदन कार्यान्वयन गर्ने औपचारिक निर्णय गरेको छ । सेबोनको आइतबार खुमलटारमा बसेको सञ्चालक समितिको बैठकले पूँजीबजार सुधार कार्यदलबाट आएको प्रतिवेदनलाई शीघ्र कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठका अनुसार व्यवस्थापनबाट सो...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पूँजीबजार सुधार कार्यदलको प्रतिवेदनलाई आफूले अक्षरंश कार्यान्वयनमा ल्याउने घोषणा गरेका छन् । बिजशालासँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले अर्थमन्त्रीले गठन गरेको पूँजीबजार सुधार कार्यदलले सुझाएका सुझावहरुमध्ये धितोपत्र बोर्डको कार्यक्षेत्रमा पर्ने सबै विषयलाई अक्षरंश कार्यान्वयन गर्ने घोषणा...
काठमाण्डौ । कर्मचारी आन्दोलनका कारण लामो समयदेखि ठप्प बनेको धितोपत्र बोर्ड खुलाउने प्रयास सुरु गरिएको छ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पछिल्लो समय कर्मचारी आन्दोलनमा आईसब्रेक गरी लामो समयदेखि ठप्प रहेको कामकाज सुचारु गराउने प्रयासलाई तीव्र पारेका हुन् ।
काठमाण्डौ । अर्थमन्त्रीले गठन गरेको पूँजीबजार सुधार कार्यदलले सुझाएका सुधारका उपायमध्ये प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)को कार्यक्षेत्रमा पर्ने विषयहरुको शीघ्र कार्यान्वयनका लागि विस्तृत कार्ययोजना बनाइएको पाइएको छ । सेबोनस्थित उच्च स्रोतकाअनुसार तत्कालै गर्नुपर्ने कामहरुलाई शीघ्र कार्यान्वयनमा ल्याउने गरी स्पष्ट कार्ययोजना तयार भएको हो । ...
काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालको चेतावनीलाई बेवास्ता गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीहरुले कामकाज ठप्प पारी मंगलबार पनि प्रदर्शनलाई जारी राखेका छन् । सेबोनका कर्मचारीहरुले मंगलबारदेखि काम सुचारु नगरे उनीहरुलाई कडा कारबाही हुने सोमबार बिजशालासँग कुरा गर्दै अर्थमन्त्री खनालले चेतावनी दिएका थिए । उनले धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ...
काठमाण्डौ । लगानीकर्ताको चर्को विरोध र प्रदर्शनपछि पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डले कारोबारको अन्तिम १५ मिनेटको औसत नियम तथा कारोबार प्रणालीमा रहेको एमकेटी अप्सनको विषय अध्ययन थालेको छ। धितोपत्र बोर्डको सुपरीवेक्षण विभागअन्तर्गत एउटा कमिटी गठन गरेर अन्तिम १५ मिनेट औसत सम्बन्धी नियम तथा टिएमएसमा रहेको एमकेटी अप्सन, यी दुई फिचर्सले दोश्रो बजारमा...
काठमाण्डौ । नेपाल सेयर बजार लगानीकर्ता संघका पदाधिकारीहरू र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठबीच आज पूँजीबजारका समसामयिक विषयमा गहन छलफल सम्पन्न भएको छ।संघका अध्यक्ष डा. केशव श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पूँजीबजारमा देखिएका वर्तमान चुनौतीहरू र तिनको समाधानका लागि धितोपत्र बोर्डले निर्वाह गर्नुपर्ने भूमिकाबारे आफ्नो धारणा स्पष्ट...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आर्थिक बर्ष ०८२/८३ को नीति तथा कार्यक्रममार्फत दोस्रो बजारमा धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भएपश्चात मात्रै कारोबार हुने ब्यवस्था गर्ने मंगलबार घोषणा गर्यो । बोर्डको वार्षिक नीति तथा कार्यक्रममा समेटिएको यो विषयले बजार तरगिंत देखिएको छ । यो नीतिका विषयमा बजारका लगानीकर्तादेखि विज्ञसम्म विभाजित देखिएका छन्...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेटवर्थ ९० भन्दा कम रहेका कम्पनीहरुले आईपीओका लागि दिएको आवेदनलाई पाइपलाइनको सूचीबाट हटाएको छ । बोर्डले नेटवर्थ ९० रुपैयाँ भन्दा कम रहेका १४ कम्पनीहरुलाई आईपीओको पाइपलाइनबाट हटाएको हो । यो सूचीमा यसरी नेटवर्थ नै नपुगी विभिन्न शक्तिकेन्द्रहरुको दवाब र प्रभावको सहयोगमा आईपीओ स्वीकृत गराउने प्रयास गरिरहेका हाइड्रोपावर कम्पनीहरु धेरै...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेको छ । आईपीओ स्वीकृतिको पाइपलाइनमा रहेका कम्पनीहरुको विषयमा विवरण माग्दै धितोपत्र बोर्डलाई लेखिएको चिठी लिएर अख्तियारका ३ कर्मचारी धितोपत्र बोर्ड पुगेका हुन् ।
काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई मनोबल उच्च राखेर पूँजीबजारमा थालेको सुदृढीकरण र शुद्धिकरणको अभियानलाई निरन्तर गर्न निर्देशन दिएका छन् । आफ्नो विषयमा पछिल्लो समय केही उर्जा उत्पादकहरुले नियोजित रुपमा खेदो खनेपछि र मिडियाबाजी गरेपछि सो विषयमा आफैं ब्रिफिङ गर्न बुधबार १२ बजेतिर अर्थमन्त्रालय...
काठमाण्डौ । विभिन्न व्यवसायिक घरानाहरुबीचको टक्करका कारण सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अन्तिम प्रतिवेदनमै नयाँ स्टक एक्सचेञ्ज ल्याउन नदिने गरी चलखेल भएको छ । आयोगमा सदस्यको रुपमा काम गरेका निजी क्षेत्रका प्रतिनिधिहरुले नयाँ स्टक एक्सचेञ्जको आवश्यकताको विषयमा कुनै चर्चा नै नगरी भएकै संरचनालाई बलियो बनाउनेसहितका सुझाव समेटिएको अन्तिम...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफूले कुनै पनि ठूला लगानीकर्ताको कारोबार विवरण वा कुनै कम्पनी विशेषमा देखिएको ठूलो माग लगायतका विषयमा कुनै जानकारी नमागिएको दाबी गरेका छन् । बजारका केही ठूला लगानीकर्ताहरुले धितोपत्र बोर्डले अनावश्यक रुपमा आफूहरुको कारोबार विवरण, दैनिक रुपमा बजारमा कुनै कम्पनी विशेषको सेयरमा सिर्जना भएको अधिक...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले सेयर बजारलाई नयाँ उचाईमा पुर्याउने बताएका छन् । काठमाण्डौमा आयोजित स्टक ब्रोकर एशोसियसनको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले सेयरबजारका सम्पूर्ण गलत क्रियाकलापलाई रोकेर नयाँ उचाईमा पुर्याउने बताएका हुन् ।
काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघको कार्यसमिति पदाधिकारीहरुको टोलीले मंसिर १३ गते नेपाल धितोपत्र बोडका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । ललितपुर खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा आयोजना गरिएको उक्त भेटघाट कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजयलाल...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैलले अध्यक्ष श्रेष्ठलाई सपथ ग्रहण गराएका हुन् ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा आफ्नो प्रतिनिधिलाई नियुक्त गराउन बिचौलिया समूहको लामो समयदेखिको चलखेल सार्थक बनेको छ । पुष्पकमल दाहालले नेतृत्व गरेको अघिल्लो सरकारकै पालामा बिचौलियाहरुले नियुक्त गर्न ठीक्क पारेका पात्र सन्तोषनारायण श्रेष्ठलाई नै धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय सोमबार सरकारले गरेको छ । केहीबेरअघि सकिएको मन्त्रिपरिषद बैठकले...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.