शनिबार, श्रावण २,२०८३ 08:40:44
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:40:44
Bizshala
Global IME Bank Limited

पूँजीबजार सुधार कार्यदलको सुझाव अक्षरंश कार्यान्वयन गर्ने सेबोन अध्यक्षको घोषणा

पूँजीबजार सुधार कार्यदलको सुझाव अक्षरंश कार्यान्वयन गर्ने सेबोन अध्यक्षको घोषणा
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पूँजीबजार सुधार कार्यदलको प्रतिवेदनलाई आफूले अक्षरंश कार्यान्वयनमा ल्याउने घोषणा गरेका छन् ।  

बिजशालासँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले अर्थमन्त्रीले गठन गरेको पूँजीबजार सुधार कार्यदलले सुझाएका सुझावहरुमध्ये धितोपत्र बोर्डको कार्यक्षेत्रमा पर्ने सबै विषयलाई अक्षरंश कार्यान्वयन गर्ने घोषणा गरेका हुन् । 

'पूँजीबजार सुधार कार्यदलले दिएका सुझावहरुमध्ये हाम्रो कार्यक्षेत्रमा पर्ने विषयलाई हुबहु कार्यान्वयनमा ल्याइनेछ ।' उनले भने- 'कार्यदलले सुझाएका तत्कालन गरिहाल्नुपर्ने कामहरुमध्ये धेरै अगाडि बढिसकेको छ । हामीले ती सुझावहरुको कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना नै बनाइसकेका छौं ।' 

बोर्डको उच्च व्यवस्थापनले तयार गरेको कार्यान्वयन कार्ययोजनालाई बैधता दिने गरी आइतबार बोलाइएको बोर्ड बैठकमा समेत पेश गर्ने तयारी भएको छ । आइतबारको बोर्डमा सुधार कार्यादलले सुझाएका सबै खालका सुझावहरु कार्यान्वयनको अजेण्डा समेत राखिने श्रेष्ठले खुलाएका छन् ।  

यसअघि प्रकाशित सम्बन्धित समाचार:

बजार सुधार कार्यदलको सुझाव कार्यान्वयन गर्दै सेबोन, तयार भयो विस्तृत कार्ययोजना

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.